
शम्भु सापकोटाको छायाँकन रहने सो चलचित्रमा राजबल्लभ कोईराला, निरज बराल, गरिमा पन्त, निर शाह, युवराज लामा, किरण केसी, राजाराम पौडेल, उत्तम केसी लगायतका कलाकारहरूले अभिनय गर्दैछन् । यहि चलचित्र मार्फत रेखा पौडेलले संगीतकारको रूपमा डेब्यू गर्दैछिन् । संजीत कुमार 'बब्लु', चन्द्र श्रेष्ठ, यमनाथ दनै, क्रन्दन मास्के र सुनिल श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र 'फूल' को कथा बिकास आचार्य र निर्देशक रेग्मीले लेखेका हुन् । चलचित्र 'फूल' को कथा नारी संवेदनामा आधारित रहेको बताउँदै निर्देशक रेग्मी भन्छन्, 'नारी एउटा फूल हो जसलाई हामीले मन लागेको बेला सुँघ्छौं र मन लागेकै बेला टिपेर फाली दिन्छौं पनि ।' चलचित्रको कथा बस्तुलाई अझ प्रस्ट पार्न गीतकार डा कृष्णहरी बरालले नारीलाई फूलसँग यसरी तुलना गरेका छन् ।

अरूकै लागी तिमीले सुवास छर्नु पर्छ
सक्छौ सहन कति तिमीले ए फूल
पूजा अरूको हुँदा तिमीले मर्नु पर्छ'
चलचित्रको युनिट 'फूल' को छायाँकनको लागी भोली चितवन प्रस्थान गर्दैछ । चितवन पछि चलचित्रको बाँकी भागको छायाँकन ईलाम र काठमान्डौमा गरिने निर्माण पक्षले जनाएको छ ।
0 comments:
Post a Comment