'पलपलमा' जबर्जस्त ओपनिङ


उकेश दाहाल निर्देशित 'पलपलमा'ले स्वदेशी बजारमा बलिउड चलचित्र 'दबङ'लाई चुनौति दिइरहेको छ । यसको पुष्टि हुने कारण हो -प्रदर्शनको तेस्रो दिनसम्म पनि मोफसलका मुख्य सिनेमा घरहरु हाउसफूल चलिरहेका छन् । पोखरा, बुटवलका सिनेमा घरका संचालकहरुका अनुसार 'पलपलमा'ले जबर्जस्त ओपनिङ गरेको छ । यो चलचित्र उपत्यका र बनेपामा दोस्रो सातामा मध्यम पिकअपका साथ प्रदर्शन भैरहको छ ।

शुक्रवारदेखि देशब्यापी रिलिज भएको 'पलपलमा' अहिले उपत्यकाबाहिरका १३ हलमा प्रदर्शनमा आएको छ । क्रमशः फिल्मलाई देशब्यापी तुल्याउने जानकारी निर्देशक दाहालले दिए । बुटवल सिनेमा घरमा तेस्रो दिनसम्म पनि चलचित्र हाउसफूल रहेको जानकारी संचालक प्रदीप उदयले दिए । पोखराको बाराही र विन्ध्यवासिनीमा पनि 'पलपलमा'ले कलेक्सन राम्रो गरिरहेको संचालकले बताए ।
फ्रायडको यौनमनोवादी धारालाई काठमाडौंको जीवनशैली ढालेर बनाइएको यो फिल्मलाई मोफसलमा पनि दर्शकहरुले रुचाएका छन् । 'प्रायः टीनएजको चाप उच्च छ' विन्ध्यवासिनी संचालक उत्तम द्वाले भने 'फिल्मले जबर्जस्त ओपनिङ गर् यो । कलेक्सन बुझ्न यो साता कुर्नुपर्छ । होल्डओभरको सम्भावना अधिक छ ।' यौन कथामा आधारित रहेकाले पनि दर्शकको कौतुहुलता बढेको छ । अहिले मोफसलमा दीपक श्रेष्ठको 'हिम्मत-टु' र गोविन्द गौतमको 'सिन्दुर'सँग 'पलपलमा'ले प्रतिस्पर्धा गरिरहेको छ । पहिलो साताको कलेक्सन हेर्दा 'हिम्मत-टु' र 'सिन्दुर'को कलेक्सन खुम्चिएको छ । कतिपय सिनेमा घरमा यी दुवैलाई 'पलपलमा'ले रिप्लेस गरेको अवस्था पनि छ । वितरक कृष्ण आचार्य देशब्यापी प्रदर्शनका लागि केही दिन कुर्नुपरिरहेको बताउँछन् ।

'पलपलमा'ले पहिलो साता उपत्यकामा ४३ लाख ग्रस बटुलेको थियो । दोस्रो सातामा फिल्मले पिकअप खासै लिन सकेको छैन । 'दोस्रो सातमा पिकअप घटेको छ' विश्वज्योति संचालक मोहन सर्राफले भने 'विदाका दिनबाहेक अरु दिनमा कलेक्सन न्यून छ ।' प्रदर्शन भैरहेका चलचित्रमा 'पलपलमा'को होल्डओभरपछि यो साता कुनैपनि नेपाली चलचित्र रिलिज भएनन् ।

0 comments:

Post a Comment