
यतिबेला स्क्रिप्टमा काम सकिइसकेको 'काठमाण्डू नाइट'मा आर्यनको भूमिका प्रमुख हुनेछ । 'यो फिल्मबाट आर्यनको परम्परागत रोल ब्रेक हुन्छ' निर्देशक तथा निर्माता खनालले भने 'दर्शकले यो फिल्मबाट आर्यनलाई भिन्न रुपमा पाउनुहुनेछ ।' अघिल्लो फिल्म 'द युगदेखि युगसम्म'मा दीपेन्द्रले राजेशलाई भिन्न लुक्स र रुप दिएका थिए । अब पृथक हुने पालो आर्यनको ।
आर्यनको पारिश्रमिक बढ्ने श्रृङ्खला रोकिएको छैन र उनी समकालिन नायकहरुमा सबैभन्दा महङ्गा बनेका छन् । अर्का महङ्गा हिरो बिराज भट्टको रेट पनि ६ लाख नै हो । रेटको कुरा जेजस्तो भएपनि दीपेन्द्रले यो फिल्मलाई आफ्नो 'ड्रीमप्रोजेक्ट' बताइसकेका छन् । उनी निर्देशित चलचित्र 'धर्मा' रिलिजको तयारीमा छ । भन्छन् 'यो फिल्मले नेपाली चलचित्रको धारलाई ब्रेक गर्छ ।'
0 comments:
Post a Comment