काममा फर्किइन् मनिषा


गत जुनमा नेपाली व्यवसायी सम्राट दाहालसँग विहे गरेपछिको लामो समय हनिमुनमा बिताएकी बलिउड अभिनेत्री मनिषा कोइराला काममा फर्किएकी छिन् । मनिषाले आफ्नो अपकमिङ चलचित्र 'आइएम'को सेप्टेम्बर १८ मा न्यूयोर्कमा हुने प्रीमियरमा सहभागी जनाउनेछिन् । उनी अभिनित दोस्रो नेपाली फिल्म 'धर्मा' पनि रिलिजको तयारीमा छ ।

चलचित्र 'आइएम'का निर्माता ओनीर भन्छन् 'मनीषाले उक्त फिल्मलाई वल्र्ड प्रीमियरका लागि अनुमति दिइसकेकी छिन् ।' विहेभन्दा पहिल्यै मनीषाले उक्त फिल्ममा आफ्नो भूमिकाको अभिनय सकिइसकेकी थिइन् । मनीषा अहिले दक्षिण भारतीय तलेगु चलचित्रहरुमा पनि व्यस्त छिन् ।मनीषा अभिनित दोस्रो नेपाली चलचित्र 'धर्मा'का निर्देशक दीपेन्द्र के खनाल चलचित्रको प्रीमियर र अडियो रिलिजका लागि मनीषा नेपाल आउने बताउँछन् ।

0 comments:

Post a Comment