मिस यू को सामाग्री चोरी

मलेसियमामा नेपाली चलचित्र मिस यू को छायांकनका क्रममा प्रयोगमा ल्याईएका करिव चार लाख रुपैया वरावरको सामाग्री चोरी भएको छ ।

शनिवार दिउसो पौने १ वजेको समयमा मलेसियाका निकै रमणिय स्थान मर्टेका पार्कमा छायांकन भैरहेको अवस्थामा अज्ञात समूहले विभिन्न सामाग्री चोरी गरेको निर्माण युनिटले जानकारी दिएको छ । अज्ञात समुहले दुई वटा ल्यापटप, सोनी कम्पनीको मिनि भिडियो क्यामराको साथमा अन्य विभिन्न स-साना उपकरणका साथै छायांकनमा आएका एक सहकर्मीको पासपोर्ट समेत चोरी भएको बताइएको छ ।

ल्यापटप भित्र कम्पनीको हिसाव तथा छायांकनको केहि स्क्रिप्ट र विभिन्न सामाग्री समेत रहेकाले निकै तनाव भएको निर्देशक सुरश दर्पण पोख्रेलले जानकारी गराए ।

0 comments:

Post a Comment