आर्यनको क्याप रहस्य



२४ घण्टामा झण्डै १८ घण्टा क्याप प्रयोग गर्ने नायक सिग्देल किन क्याप प्रयोग गर्छन त ? धेरैले रहस्यको रूपमा सो क्यापलाई हेर्दै आएपनि अन्तत: फिल्मीखबरले उनको क्याप रहस्य पत्ता लगाएको छ । रेखा थापाको चलचित्र किस्मतबाट डेब्यू गरेका नायक सिग्देलको सो चलचित्रमा कर्ली कपालमा देख्न सकिन्छ । तर उनको त्यो कपाल भने नक्कली हो । नुहाएपछि कपाल झर्ने समस्याबाट पिडित बनेका आर्यनको कपाल झर्ने समस्या यथावत रहेपछी उनले चलचित्रमा नक्कली कपाल प्रयोग गर्न थालेका हुन् । कपाल पातलिंदै गएपछि उनले प्राय चलचित्रमा नक्कली कपाल प्रयोग गरेका हुन् । तर सार्वजनिक कार्यक्रममा सहभागी हुँदा भने उनले नक्कली कपाल प्रयोग गर्दैनन् । पातलो कपाल छ भनेर सवैले थाहाँ पाउछन् भन्ने डरले उनले नक्कली कपालको प्रयोग गर्न थालेका हुन ।
कपाल झरेर ठूलो निधार भएपछी उनी टेनसनमा परे र त्यसपछी नक्कली कपाल व्हिग्ग प्रयोग गर्न थालेका आर्यनले सोही समय देखि व्हिग्गलाई र्झन नदिन क्याप प्रयोग गर्दा रहेछन् ।यस्तै कपाल विना सार्वजनिक स्थानमा जान लाज लागेपछी त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरको एक पसलबाट व्हिग्ग किन्ने गरेका आर्यनको बास्तविक कपाल पनि कर्ली छ ।हयाण्डसम नायकलाई कर्ली कपाल अनि ठूलो निधारमा देख्दा दर्शकले के महसुस गर्छन होला ? सायद त्यहि भएर आर्यनले नक्कली कपाल र क्यापलाई नछाडेका होलान । हैन त आर्यन जी ?

0 comments:

Post a Comment