पन्ध्र थिएटरमा होल्डओभर

प्रदर्शन भैरहेको उपत्यकाका सबै हलमा चलचित्र 'पलपलमा'ले होल्डओभर बचाएको छ । होल्डओभरपछि यो शुक्रवार कुनैपनि नेपाली चलचित्र रिलिज हुनेछैनन् । शुक्रवारदेखि मोफसलमा रिलिज हुने तर्खरमा गरिरहेको 'पलपलमा' उपत्यका र बनेपाका १५ थिएटरमा प्रदर्शन भैरहेको छ । यो चलचित्रले पहिलो साता राम्रो पिकअप गरिरहेको छ ।

प्रदर्शनको छैंठौं दिनसम्म 'पलपलमा'ले ४० लाख ग्रस कलेक्सन गरेको छ । सिङ्गलभन्दा मल्टिप्लेक्समा यसको रेभेन्यू कलेक्सन राम्रो छ । चलचित्रले जमलस्थित विश्वज्योति सिनेमा हलमा तीनदिनमै होल्डओभर कायम गर्दै यसको श्रृङ्खला जारी राखेको थियो । उक्त हलमा 'पलपलमा'ले पहिलो दिन १ लाख २५ हजार, दोस्रो दिन २ लाख ७५ हजार र तेस्रो दिन १ लाख २५ हजार कलेक्सन गरेको थियो ।

वितरक सुनिल मानन्धरले 'पलपलमा'का लागि दोस्रो साता चुनौतिपूर्ण रहने बताए । सेन्सर बोर्डले 'एडल्टु सर्टिफिकेट' दिएको यो फिल्म भिन्न विषयवस्तुमा आधारित रहेकाले पनि दर्शकहरुको आकर्षण बढेको छ । दोस्रो साता यो चलचित्रले हिन्दी चलचित्र 'अन्जाना अन्जानी'सँग स्वदेशी बजारमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । गत शुक्रवार रिलिज भएका दीपशिखा, हिम्मत-टु र सिन्दुरले मिश्रित गरिरहेको विवरण हामीलाई प्राप्त भएको छ ।

0 comments:

Post a Comment