हृयाप्पी बर्थडे जीवन

२०३८ साल भदौ २५ गते बिराटनगरमा जन्मिएका हयाण्डसम नायक जीवन लुइटेल आजबाट २९ बर्षका भएका छन् ।

मिस्टर हृयाण्डसम नेपालको उपाधी पाउदै तिर्खा नामक भिडियो फिल्मबाट डेब्यू रेका यि नायकले आफ्नो जन्मदिन भने सामान्य रूपमा मनाएका छन् । साथीभाई तथा शुभचिन्तकको एसएमस र फोन मार्फत आफनो २९ औ जन्म दिन मनाएका जीवनलाई श्रीमती अञ्जलीले फोनमार्फत पहिलो शुभकामना दिएकी थिइन् ।

यस्तै जीवनको फेसबुक वालमा उनका सयौ शुभचिन्तकहरूले बिहिबार बेलुकी देखिनै जन्मदिनको शुभकाना दिएका छन् । यस्तै जीवनले अभिनय गरेको चलचित्र 'दीपशिखा' लाई लक्षित गर्दै नायिका ऋचा घिमिरेले 'दीपशिखा' सुपर डुपर हिट होस ' भनेर शुभकामना दिएकी छिन् । यस्तै अर्का कलाकार आर पि पन्त, क्वेष्ट इन्टरटेनमेन्टका अध्यक्ष नकिम उद्दिन, विभिन्न पत्रकार लागतले उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।

निकै सानो उमेरमा पहिलो पटक बर्थडे मनाएका जीवनले पहिलो बर्थडे कतिबर्षको हुदा मनाएको भन्ने बारे आफुलाई याद नभएको बताए । यस्तै फिल्मीखबरसंग कुरा गर्दै जीवनले "बर्थडेमा कुनै गिफ्ट नपाएपनि नेपाली दर्शकहरूले आफुलाई माया गरेर दीपशिखा हेरिदिए त्यो नै आफ्नो लागि ठूलो गिफ्ट हुने" प्रतिक्रिया दिएका छन् । दीपशिखा शुक्रबारबाटै देश व्यापी प्रदर्शननमा आएको हो ।

ढिलै गरि उनको बर्थडे थाहाँ भएपनि द नेपाल रोमनियाको तर्फबाट जीवनलाई हार्दिक शुभकामना ।


यदि तपाई नायक जीवन लुइटेललाई जन्मदिनको शुभकामना दिन चाहानु हुन्छ भने तलको कमेन्ट बक्सम गएर शुभकामना सन्देश छाड्न सक्नु हुन्छ ।

0 comments:

Post a Comment