'पलपलमा' का कमजोरीहरूको हाईलाईटस्

साधारण खाना बनाउन पनि आधा घण्टा समय लाग्छ, कालो धन्दा गरेर धनी हुन पनि केही समय लाग्छ । तर चलचित्र 'पलपलमा' देखाइएका कति पय दृश्यमा रातारात धनी हुनु अनि छिन-छिनमा कयौ दृश्य अलटपलट हुनु अपाच्य बन्न सक्दछन् । समय अनुसारको कथालाई निर्देशक उकेश दाहालले सोच्न सक्नु राम्रो कुरा हो तर प्रस्तुतीमा कमजोरीपन धेरै भेटिएकाले चलचित्रलाई केही ठाँउ बाहेका दृश्यमा तारिफ गर्न सकिने अवस्था छैन ।

एडल्ट फिल्मकको सर्टीफिकेट पाएको सो चलचित्रमा त्यस्ता कुनै दृश्यहरू उत्तेजक र भडकिलो नदेखिएको कारण एडल्ट फिल्मको सर्टीफिकेट दिने सेन्सर बोर्ड माथि प्रश्न गर्ने ठाँउ पनि भेटिन्छन् । चलचित्रको प्रचार प्रसारका लागी एडल्ट सर्टिफिकेटको दुरूपयोग भएको भान पर्न जान्छ ।


चलचित्रमा मुख्य पात्रहरूको अभिनय राम्रो भएपनि केन्द्रीय पात्र सुजाता सिटौलाले क्यामेरामा धेरै हेरेका कारण उनीको अभिनय माथि प्रश्न गर्न सकिने ठाँउ छ । यस्तै अन्य कलाकार रमित ढुङ्गगाना, दिलिप रायामाझी, सुमन सिहँ, विक्रान्त बस्नेत, उषा पौडेल, रूपा राणाको अभिनय लाई त्यस्तो केही भनिहाल्नु पर्ने अवस्था छैन् । दीलिप रायामाझीको कमेडिपनले दर्शकलाई राम्ररी हसाउन सक्छ ।


चलचित्रको नामाकरण 'पललपलमा' जसरी जुर्राईएको छ, प्रस्तुतीकरण पनि सोही अनुसार जानु राम्रो कुरा हो तर नपच्ने बिषय बस्तुलाई चलचित्रमा देखाईन खोजिनु पलपलमाको मुख्य कमजोरी हो ।


जस्तै उदाहरण नम्बर १ : टेलिफोनको बिल साटिएपछी आदित्य (रमित ढुङगाना) लाई मोनिका (सुजाता सिटौला) ले फोन गर्छे, विल साट्न गएको आदित्यलाई मोनिकाले घरमै राख्न सफल हुन्छे । सात समुद्रपारी रहेको पतिको माया नपाएकी मोनिकाले तन्नेरी युवकलाई आफ्नो छेउ पाउनु उनको लागि तिर्खा लागेको बेला पानी पाउनु सरह हुन्छ । घटना एक दिनको हुन्छ । त्यही दिन उनीहरू सपिङ पनि जान्छन, रक्सीको नशामा आफैलाई भुलेर सहवास पनि गर्छन । अनि भोली पल्ट बिहान घर फर्किएको आदिको जीवन एका-एक धनाढय बाबुको छोरोको जस्तो देखिन्छ । धनी स्त्रीसंग केही दिनको सम्बन्धले पैसा अवश्य कमाईन्छ , तर मात्र एक रातको संगतले एक्कासी धनाढय बनेको आदिको प्रस्तुतीलाई दर्शकले नपचाउन सक्छन् ।
उदाहरण नम्बर २ : घरमा तरकारी समेत किन्न नसक्ने अवस्था रहेको आदित्यले मोनिकाको कार चलाउनु निर्देशकले ध्यान नपुर्‍याएको जस्तो देखिन्छ । त्यो कार स्वयम मोनिकाले चलाएको भए राम्रो हुन्थयो र दर्शकले पनि पचाउन सक्थे ।

उदाहरण नम्बर ३ : नायक दिलीप रायमाझीलाई दोहोरो भुमिकामा प्रस्तुत गर्न खोज्दा एकै पर्दाको बिच भागमा प्रस्ट कालो धर्सा र एकै स्थानमा दुई कलर देखिनु पनि यस चलचित्रको अर्को मुख्य कमजोरी हो ।

उदाहरण नम्बर ४ : यस्तै उता आदिको रूममेट राहुल दीलिप निकै अल्छी हुन्छ । समयमा नउठ्ने भएपछी आदित्यले ओछ्यानमै उसलाई पानी खनाईदिन्छ । सुत्ने एक मात्र डस्न भिजेपछी छतमा सुकाउन गएको राहुलले छिमेकी एक महिला रश्मिला (रूपा राणा) लाई देख्छ । सन्तान जन्मिन नसकेपछी पतिले छाडेकी रश्मिला पनि यौन र मायाको खोजीमा हुन्छे र यता राहुल महिलासंगको सम्बन्धले आफ्नो साथी आदिको जीवनमा आएको परिर्वतन सम्झदै रश्मिलालाई आकषिर्त गर्न खोज्छ र अन्तत् उनीहरूको पनि सम्बन्ध अगाडी बढ्छ । माया प्रेम गर्नु कुनै नौला कुरा भएन, चाहे त्यो बिवाहित होस वा अविवाहित तर एक छिमेमीले अर्को छिमेकीको छतमा गएर एका-एक कफि खान दिनु अर्को कमजोरी जस्तो देखिन्छ । बरू आफ्नै घरमा रश्मिलाले राहुललाई बोलाएर कफि खान दिएको भए राम्रो हुन्थयो ।


उदाहरण नम्बर ५ : साह्रै गरिब दुई युवा धनी स्त्रीको संसर्गमा पुगेपछी धनाढय हुनु स्वभाविक हो तर चलचित्रका केही पक्षमा कथाले एका-एक मोड लिदा दर्शकले निर्देशकलाई प्रश्न गर्न सक्छन, किन यस्तो भनेर ? बिवाह भएपनि पुरूषको साथ नपाएकी मोनिकाले यौन प्यास मेटाउन परपुरूषको संगत गर्छे, तर त्यो परपुरूष आदित्य एकाएक त्यो महिलालाई माया गर्न थाल्छ र बिवाह गर्ने सोचमा पुग्छ । तर आदिको त्यो प्रस्तावलाई मोनिकाले अस्वीकार गरिदिन्छे र सदाका लागि आफ्नो छोरो च्यापेर विदेश हानिन्छे । पैसाको प्यास मेटाउन महिलाको संगत गरेको आदि गहिरो प्रेममा फसेर उसको वियोगमा तडपिनु, स्लिपिंग टयाबलेट खाएर बेहोस हुनु अनि उपाचार पछि होसमा नर्फकनु ठिकै हो तर होस नफर्किको आदिलाई पागल खानमा भर्ना गरिदिएको दृश्य फेरी दर्शकलाई अपाच्य लाग्न सक्दछ् ।



उदाहरण नम्बर ६ : यस्तै उता राहुल र रश्मिलाको प्रेम पनि अघि बढिरहेको हुन्छ । तर राहुलले इमेलमार्फत प्रेम गरिरहेको युवती रश्मिलाको धर्म पुत्री भएको थाँहा पाउँछ तव उसमा एक प्रकारको बेचैनै सुरू हुन्छ । आमा-छोरीसंगको उसको त्यो प्रेमलापले उसलाई सताईरहेको हुन्छ । पतिको सन्तान उत्पादन क्षमता नभएका कारण समाजमा बाझी आईमाइको संज्ञा पाएकी रश्मिला राहुलको साहयताले गर्भवती हुन सफल हुन्छे र राहुल त्यो कुरा सुनेपछी एकाएक पागल हुन्छ , र पागल खानमा भर्ना पनि हुन्छ । कसैसंगको यौन संसर्गका कारण बच्चा भएको थाँहा भए गर्भपतन गर्न सकिन्थो, अथवा त्यो स्त्रीलाई छाडेर राहुल अन्त कतै जान सक्थयो तर एक्कासी उ पागल भएको दृश्यले दर्शकलाई खिन्नता तुल्याउन सक्छद ।


यस्ता किसिमका सामान्य कमजोरीहरू चलचित्रमा 'पलपलमा' धेरै देख्न सकिन्छ । माथिका कमजोरीहरू केबल हाईलाईट मात्र हुन । चलचित्रमा केही राम्रा केही पक्ष पनि छन् । अधिकाशं चलचित्रमा ४ वटा द्धन्द्धका दृश्य देखाईने चलन भएपनि यो चलचित्रमा कहिपनि द्धन्द्धका दृश्य दर्शकले हेर्न पाउदैनन् । द्धन्द्ध नभएका कारण दर्शकले यो चलचित्रलाई नयाँ फ्लेवरको संज्ञा पनि दिन सक्छन् । क्यामेरा पक्ष भने कमजोरी रहेको यस चलचित्रकको शिर्षगीतको नृत्यमा बाहेक अन्यमा स्टेपहरूमा नमिलेको छनक देखिन्छ । यहि चलचित्रबाट डेब्यू गरेका उकेशको निर्देशन र लेखन क्षमता देखिएपनि प्रस्तुतीकरणमा अझै सुधार गर्नु पर्ने देखिन्छ ।

0 comments:

Post a Comment