हिरो उड्न पाएनन्


सबै काम योजना अनुसार गरिएको भए यतिबेला हिरो राजवल्लभ कोइराला थाइल्यान्डको राजधानी बैंककमा हुन्थे । तर आफू जान लागेको चलचित्रका निर्माताले प्रकि्रया नपुर्‍याएपछि हिरो राजवल्लभ उड्न पाएनन् । उनीसहित चलचित्र 'मलाई मनपर्‍यो'को सुटिङ युनिटको बैंकक प्लान तत्कालका लागि क्यन्सिल भयो । फिल्मको दुईवटा गीतको सुटिङका लागि शनिबार त्यता जाने योजना थियो ।

भएछ के भने, सुटिङका लागि आवश्यक प्रोफेसनल क्यामेरा बैंकक लैजान थाइल्यान्डको दुतावासले निर्मातालाई अनुमति दिएन । निर्माता रमेशजङ रायमाझीले दुई हप्ता पहिले नै उक्त क्यामेरा लैजान दुतावासमा अप्लाइ गर्नुपर्ने थियो । तर अन्त्यमा अप्लाइ गरेपछि काउन्सिलरले स्वीकृति दिएन । उडान क्यन्सिल भएपछि अब टोली तिहारपछि बैंकक जानेछ ।

'पहिलोपटक यस्तो भएको हो' राजवल्लभले भने 'यो पाठ नेपाली फिल्मका सबै निर्माताहरुले सिक्नुपर्छ । विदेशमा चलचित्र सुटिङ गर्दा अपनाउनुपर्ने प्रकि्रया र योजनालाई हाम्रा निर्माताहरु अनुकरण गर्नुपर्छ ।' बिना क्यामेरा उड्न खोज्दा समस्या भएको उनको भनाई थियो । 'बैंककमै क्यामेरा भाडामा लिएर खिचौं कि भनेको निकै महंगो पर्ने भएपछि डिपार्चर सारेका हौं' उनले भने 'तर चार दिन क्यामेरा भाडामा लिएको २ लाख ८० हजार खर्च हुँदो रहेछ ।'

0 comments:

Post a Comment