
तर भैदियो अर्कै । सुटिङ सुरु हुनेबेला सुष्मा टाइफाइडले थलिएपछि उनको ठाउँमा रेजिनालाई ल्याउन निर्माणपक्ष बाध्य भयो । सुटिङलाई रोक्न नमिल्ने भएपछि निर्माणपक्षले हतार-हतार सुष्माको विकल्पमा रेजिनालाई अघि सारे । 'सुष्माजी विरामी हुनुभएपछि रेजिना बहिनीलाई ल्याएका हौं' निर्मात्री डा. दुर्गा पोखरेलले भनिन् 'नभए सुष्माजीले आइटम नाच्ने निधो थियो ।'अर्कोतर्फ फिल्मको उक्त गीतमा कोरियोग्राफर रिनशा राई पनि रिप्लेस भइन् । सुटिङ सुरु हुने बेला रिनशा अर्को प्रोजेक्ट 'ब्याच नम्बर १६'मा व्यस्त भएपछि निर्माताले हतार-हतार अर्को कोरियोग्राफर खोज्नुपर्यो । अन्ततः रिनशाको स्थानमा कृष्ण अछामीले आइटम डान्स नचाए । जे होस् दुईलाई दुईजनाले रिप्लेस गरेपछि मात्र गीत तयार भयो । दीपेन्द्र के. खनाल निर्देशित यो चलचित्र यो तिहारमा रिलिज हुँदैछ ।
0 comments:
Post a Comment