
हिरोइन गौरीलाई साथ दिएका छन् कलाकार प्रेमराजा महत, गायक यम बराल, रोशन गुरुङ, जगदिश समालदेखि बीसौं पटक सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी आरोही आप्पा शेर्पासम्मले । विहिबार राष्ट्रसंघको साधारण सभा भैरहँदा गौरीको नेतृत्वमा त्यहाँस्थित नेपालीहरुले राष्ट्रसंघ मुख्यालय बाहिर प्लेकार्ड प्रदर्शन गर्दै नाराहरु लगाए । 'हिमालको अस्तित्व खतरामा छ' गौरीले भनेकी छिन् 'नेपालजस्ता अतिकम विकसित मुलुकहरु ग्लोवल वामिङको मारमा छन् बेलैमा सुनुवाइ हुनुपर् यो ।'
वातावरण अभियानमा हिरोइन लागेपछि अन्य नेपालीहरु पनि उत्साहित छन् । 'साँच्चिकै गौरी दिदी हिरोइन मात्र नभएर सामाजिक अभियन्ता पनि हुनुहुन्छ' अमेरिकास्थित पत्रकार विष्णु पौडेल भन्छन् 'गौरी दिदीको सकि्रयताले अरुलाई पनि उत्साह थपेको छ ।' सो अवसरमा बोल्दै गौरीले आफूहरुको माग सुनुवाइ नभएसम्म अभियान नरोकिने बताएकी थिइन् ।
0 comments:
Post a Comment