दोहोरो भूमिकामा श्रीकृष्ण !


निर्देशक ऋषि लामिछानेले चलचित्र 'श्रीमान-श्रीमती'बारे एउटा कुरा गोप्य राख्न चाहे । फिल्मको शुभ मुहूर्तमा पनि उनले रहस्य खोलेनन् । श्रीमान-श्रीमतीको सम्बन्धबारे फिल्म निर्देशन गर्न लागेका ऋषिले कृष्णजन्माष्मीको छेकोमा अन्ततः कुरा खोले । चलचित्रमा उनले लिड हिरो श्रीकृष्ण श्रेष्ठलाई दोहोरो भूमिकामा खेलाउन लागेका रहेछन् । सुटिङ भैरहेको चलचित्रमा श्रीकृष्णले डबल रोल गर्दैरहेछन् । 'सरप्राइज दिन कुरा खोलेको थिइँन' उनले भने 'एउटा रोल भनेको दुई श्रीमतीका एक श्रीमान र अर्को रोल चाहिँ म अहिले बताउँदिन ।' चलचित्रमा श्रीकृष्णको अर्को भूमिकालाई उनले गोप्य नै राखे । 'चलचित्र रिलिज भैसकेपछि सरप्राइज हुन्छ' उनले भने 'हेर्नुको मज्जा नै बेग्लै हुन्छ ।'

श्रीकृष्णले दोस्रो भूमिकामा आफूलाई नकरात्मक पात्रका रुपमा प्रस्तुत गर्न लागेको संकेत ऋषिले गरे । उनको कुरा सुन्दा लाग्छ स्वयम श्रीकृष्णले चलचित्रमा खलपात्रको भूमिका पनि खेलेको हुनुपर्छ । स्टोरी अनुसार नै हिरोको दोहोरो भूमिका तयार पारिएको ऋषिको कथन छ । चलचित्रमा सरिता लामिछाने, श्वेता खड्का, मुकेश ढकालले पनि अभिनय गरेका छन् । निर्माता मुनाल घिमिरे र लक्ष्मण पौडेल हुन् ।

0 comments:

Post a Comment