
'होइन-होइन अनुभव र उमेरको अन्तर त छ तर स्टोरीको डिमान्डअनुसार लिएकी हुँ' रक्षा भन्छिन् 'स्टार भ्यालुले लिएकी होइन ।' फिल्मका हिरो सुमन र बालनरसिँह भर्खरका जवान छन् । तर नायिका त्यो भन्दा बढि फेमस छन् । रक्षाले अघिल्लो पुस्ता र पछिल्लो पुस्तालाई फ्युजन गर्न खाजेकी छिन् । रक्षाले कथाले मागेअनुसार हिरो-हिरोइन लिएपनि हिरोइनकै कारण फिल्म चल्नेमा उनीपनि ढुक्क छिन् । 'म ढुक्क छु हिरोइनले पनि फिल्म चल्छ' उनले भनिन् ।
रक्षाले निर्माण/निर्देशन गरेको पहिलो चलचित्र 'दी गेम' अहिले सम्पादन चरणमा छ । यो बाहेक रक्षा नयाँ चलचित्रको स्क्रिप्टमा जुटेकी छिन् । दसवर्षभन्दा लामो समय दृश्यसम्पादन गरेकी रक्षा 'दी गेम'बाट निर्देशकको रुपमा काम थालेकी हुन् । 'दी गेम' हिरोइनहरुको एक्सन पनि हेर्न पाइने उनले बताइन् ।
0 comments:
Post a Comment