नम्रता चढेको डुङ्गा पल्टियो

मलेसियाको समुद्रमा चलचित्र मिस यू को छायाकंन भइरहेको अवस्थामा नायिका नम्रता श्रेष्ठ, नायक दिलीप रायमाझी र बरूण राणा चढेको डुङ्गा पल्टिएको जानकारी प्राप्त भएको छ ।
सोही चलचित्रका निर्देशक सुरेश दर्पण पोखरेलले फिल्मीखबरलाई दिएको जानकारी अनुसार शनिबार मलेसियाको पेनाङ्ग स्थित बाटुफिरङ्गी समुद्री तटमा छायाकंन भइरहेको अवस्थामा डुङ्गा दुर्घटना भएको थियो । मोटरबोट प्रतियोगिताको छायाकंन गरिरहेका अवस्थामा नायक बरूणले चलाएको डुङ्गा पल्टिदा दिलीपसंगै नम्रता पनि समुद्रमा डुब्न पुगेकी थिइन् ।
छायाकंन गर्दा लाईफ ज्याकेटको प्रयोग गरिएकाले कलाकारहरू सुरक्षित रहेको पोखरेलले जानकारी दिएका छन् । छायाकंन भएको एक मिनेट भित्रै भएको सो दुर्घटनाले आफुहरू एक छिन बिचलित समेत भएको पोखरलले बताए ।'धन्न ठूलो दुर्घटना हुन पाएन' निर्देशक पोखरेलले भने । तर नायिका नम्रतालाई पौडिन नआएका कारण उनले केही पानी भने खाएको पोखरेलको भनाई थियो । नम्रतासंगै समुद्रमा डुब्न पुगेका नायक दीलीप रायमाझीले नम्रतालाई बोकेर किनारामा ल्याएका थिए ।नायक दिलीप रायमाझीको निर्माणमा बनेको सो चलचित्रको ६० प्रतिशत छायाकंन मलेसियामा गरिने तालिका छ । २० दिन अघि मलेसिया गएको मिस यू को टोली सुटिङ्ग सकेर एक साता भित्र नेपाल र्फकने तयारीमा जुटेको छ ।

0 comments:

Post a Comment