‘द युगदेखि युगसम्म’ फर्कियो राजधानी

आफू डेब्यु सिनेमा ‘युगदेखि युगसम्म’ प्रदर्शन जमघटपछि शुक्रबार निर्देशक समाजबाट बाहिरिँदा अभिनेता राजेश हमालले अर्को एक कुरा सुनेर मुस्कुराए । त्यो थियो –‘द युगदेखि युगसम्म’ पुस एक गते रिलिज हुने भएछ ।’ खबर सुनाउनेलाई तत्कालै उनले भने –‘एउटा युगदेखि युगसम्मले २५ वर्ष पुर्‍यायो भने अर्को युगदेखि युगसम्मले अर्को २५ वर्ष पुर्‍याउने भो ।’ हमालले सरल तथा सोच्नबाध्य उत्तर दिए ।युगदेखि युगसम्मको ‘रिमेक’ (?) सिनेमा ‘द युगदेखि युगसम्म’ पुस सक्रान्तिमा रिलिज हुने भएको छ । संयोगवश निर्देशक दीपक रायमाझीको निधनको ४५ दिनको छेकोमा उनीद्धारा निर्देशित ‘युगदेखि युगसम्म’ प्रदर्शन भैरहँदा उक्त रिलिज डेट
तय गरिएको थियो । ‘गजबको संयोग परेछ’ निर्माता अर्जुनकुमार भन्दै थिए, ‘फिल्मले राजेशदाईलाई अझै ज्यँुदो जाग्दो राख्नेछ ।’ सम्भवतः महानायकका ज्योतिष हरिहर अधिकारीले अझै १० वर्ष हमाल हिट हुने भनेर गरेको प्रक्षेपणसँग यी अभिव्यक्तिहरू मिलेका हुनसक्छन् ।

हमाल, नन्दिता केसी र अनु शाह स्टारर सिनेमा सो मितिदेखि काठमाडौं उपत्यकामा क्यू च्यानलअन्र्गतका हलमा रिलिज हुँदैछ । दुईवर्ष अगाडि मोफसलमा फिल्म चलिसकेको छ । यही सिनेमा हो जहाँबाट हमालले आफ्नो परम्परागत लुक्समा चेन्ज गरेका थिए । निर्देशक दीपेन्द्र के. खनालले हमाललाई मोर्डन लुक्समा त उतारे तर त्यसपछि भने हमाल पुरानै लुक्समा कमब्याक भए । के साँच्चिकै ‘द युगदेखि युगसम्म’ले हमाललाई अझै दशकसम्म हिट तुल्याउला ?

0 comments:

Post a Comment