निखिललाई 'गोलमाल–४' प्रस्ताव

  • बलिउड ब्लकबस्टर ‘गोलमाल’ चौंथो सिक्वेलका लागि निर्माता तथा निर्देशक रोहित सेठ्ठीले नेपाली अभिनेता निखिल उप्रेतीलाई एप्रोच गरेका छन् । प्रस्ताव भने को–एक्टर्सका लागि हो । प्रस्तावलाई स्वीकार वा अस्वीकार गर्नेबारे निखिलले केही बताएका छैनन् । यद्यपी, सानो भूमिकाप्रति उनी सन्तुष्ट देखिएनन् । ‘मलाई मेरै देशका दर्शकले ठूलो भूमिकामा हेर्न चाहनुहुन्छ भने बलिउडमा किन सानो रोल गर्ने ?’ निखिलले असन्तुष्टि व्यक्त गरे ।असन्तुष्टिका बाबजुद पनि निखिलले ‘गोलमाल’ प्रस्तावलाई स्वीकार वा अस्वीकार के गर्छन्, निधो छैन । स्रोतका अनुसार सम्भवतः उनले प्रस्ताव स्वीकार्न पनि सक्छन् । निखिल र रोहित मुम्बइमा स्टन्ट क्लासका साथीहरू हुन् । यसअघिका तीनैवटा सिक्वेलमा रोहितले स्टन्ट पनि सिकाएका छन् । तर, चौंथो सिक्वेलमा उनी यो काम निखिललाई दिन चाहन्छन् । ‘खेल्न पनि सक्छु, यो हामीबीचको अन्डस्ट्यान्डिङमा भर पर्ने कुरा हो उनले भने ।
सन् २०११ मा उनी बलिउड संघर्षका लागि मुम्बइ गएका थिए । जहाँ उनले सोचेअनुसार सफलता हासिल गरेनन् । यतिबेला काठमाण्डू फर्किएका छन् र डेढवर्षपछि आरबीके शरदको सिनेमा ‘नबोले नि हाँसिराख न’बाट कमब्याक गरेका छन् । उनले अब सेलेक्टेड सिनेमाहरू मात्र गर्ने बताए । ‘अब म कागजी होइन रिजर्भ बन्न चाहन्छु’ निखिलले भने । उनको ‘गोलमाल’ निर्णय भने प्रतिक्षाको विषय बनेको छ ।

0 comments:

Post a Comment