सुटिङमा राजेशः आफ्नै खाना, आफ्नै पोशाक

नेपाली सिनेमामा काम गर्ने अधिकांश कलाकारहरु छायांकनका क्रममा प्रायः सिनेमासँग नै आबद्ध हुन्छन् । चलचित्रको लागि आवश्यक पर्ने पोशाक डिजाईनरले तयार पारेको नै लगाएका हुन्छन् । छायांकनको क्रममा धेरैले सुटिङ स्पर्टमा नै खाना खान्छन् । तर नायक राजेश हमाल यो कुरामा केही फरक देखिन्छन् ।
राजेश हमाल कहिल्यै पनि छायांकनका क्रममा सुटिङको खाना खादैनन् । घर र बाहिर समेत खासै खाना खान नरुचाउने हमाल
सुटिङको क्रममा फलफूल तर्फ बढी जोड दिएको पाईन्छ । यतिमात्र होईन, राजेश हमालले लगाउने कपडा समेत डिजाईनरले तयार गर्न पाउँदैनन् । हमालको कपडा सुटिङ युनिटसँग हुँदैन पनि । आफ्नो कपडा हमाल आफ्नै रुची अनुसारले बनाउँछन् र लगाउँछन् । चलचित्रमा कस्ता खालका कपडा चाहिन्छ भन्ने बुझेपछि हमाल आफंै कपडा बनाउन लगाउँछन् र सुटिङमा लिएर जान्छन् ।

उनको यो बानी पनि अचम्मको नै छ । कपडाको रकम चलचित्रबाट नै लिने हमालको कपडा चलचित्रका डिजाईनरले डिजाईन गर्दैनन् । चलचित्रको छायांकन स्थलमा उनले कपडा लिएर गएको देख्न पाईन्छ । यसमा राजेशका सहयोगीहरुले सहयोग गरेका हुन्छन् । तपाईले सिनेमामा देख्ने प्रायः हमालले लगाउने पोशाक उनको रुची अनुसारले तयार गरिएका हुन् ।
नृत्यमा समेत नृत्य निर्देशकको भन्दा आफ्नै स्टाईलले नाच्न रुचाउने हमालको बानी छ । यो बानीमा उनको पोशाक समेत मिसिएको छ । छायांकनको समयमा सुटिङ युनिटको खाना नरुचाउने हमालको कपडा पहिरिने तरीकालाई पनि मान्नैपर्छ । यसैले पनि हुनसक्छ, हमालले लगाउने अधिकांश चलचित्रमा पोशाक एकै प्रकारको रहेको देखिन्छ ।

0 comments:

Post a Comment