निर्मात्री नायिकासँग निखिल असन्तुष्ट

नायक निखिल उप्रेती अहिले नेपालमा छन् । नेपालमा रहेका निखिल चलचित्र ‘नबोले नी हाँसी राख न’ मा अभिनय गर्नका लागि नेपाल आएका हुन् । केही समय अघि मुम्बई पसेका निखिल त्यहाँ जानुअघि नेपाली सिनेमाका चर्चित नायक हुन् । उनले अभिनय गरेका सिनेमाले नेपालमा धुम मच्चाउँदा मच्चाउँदै उनी मुम्बई पसेका हुन् ।अहिले नेपाली सिनेमामा खासै काम नपाएका निखिल मुम्बई फिल्ममा संघर्षरत भएपनि खासै काम भने पाएका छैनन् । यसै क्रममा, चलचित्र ‘नबोले नी हाँसी राख न’ को छायांकनका लागि नेपाल आएको बताएका निखिल सोमबार पोखराबाट काठमाडौं फर्किएको बताइएको छ । उनी सोमबार काठमाडौंको विमानस्थल अगाडि रहेको एक गेष्ट हाउसमा बसेको श्रोतको भनाई छ ।


उनै नायक निखिल उप्रेती आफुले अभिनय गरेको चलचित्र ‘नबोले नी हाँसी राख न’ की नायिकासँग असन्तुष्ट रहेको खवर प्राप्त भएको छ । यो चलचित्रमा निखिल नायिका शान्ति गिरीसँग चलचित्रको पर्दामा रोमान्स गरिरहेको भेटिन्छन् । शान्ति नेपाली सिनेमाको लागि नवनायिका भन्दा पनि नवनिर्मात्री हुन् । उनले आफैंले सिनेमामा लगानी गरेर नायिका बनेकी हुन् । निखिलले सुटिङको समयमा आफ्ना वरपरका व्यक्तिहरुसँग यिनै नायिकाको बारेमा असन्तुष्टि पोख्ने गरेको थाहा भएको छ । उनको कामलाई लिएर निखिल असन्तुष्ट रहेका श्रोतको भनाई छ । आफूले अहिलेसम्म काम गरेका नायिकामध्ये गिरी खासै राम्रो नलागेको र उनीसँग काम गर्न गाह्रो भएको निखिलले छायांकनका समयमा वरपरका व्यक्तिहरुसँग बताउने गरेका थिए । नायिकासँग असन्तुष्ट रहेकाले निखिललाई यो सिनेमामा काम गर्न पनि गाह्रो भएको बुझिएको छ ।

आफैंले लगानी गरेर नायिका बन्ने भिडमा आएकी शान्ति गिरीले अभिनय तथा अन्य कुराहरु जानेकी नै छन् भन्ने पनि छैन । उनको काम सिनेमा हेरीसकेपछि मात्र थाहा हुनेछ । तर, निखिलको असन्तुष्टीलाई हेर्दा लाग्छ, उनी यो सिनेमाबाट खासै सन्तुष्ट देखिएका छैनन् । हामी त के भन्ने ? आफैं लगानी गरेर नायक तथा नायिका बन्नेहरुसँग चलेका नायकले पो के गर्न सक्छन् र ।

0 comments:

Post a Comment