छवि र रेखा बोल्दैनन्

केही समयअघि आफ्ना पति छविराज ओझाको कारणले आमा बन्न नसकेको गुनासो गरेकी नायिका रेखा थापाले आफू र छविबीचको सम्वन्ध राम्रो नरहेको स्वीकार गरेकी छिन् । अहिले चलचित्र ‘लंका’को छायांकनका लागि सर्लाहीमा रहेकी थापाले कुरा गर्दै भनिन् -’छवि र मबीच बोलचाल नभएको दश महिना भैसकेको छ । तर, म छविलाई डिभोर्स दिन्छु या दिन्न भन्ने कुरा अहिले नै सोचेकी छैन ।’रेखाको भनाई थियो -’नबोल्नुको अर्थ कसैसँग अब कुनै काम नै नगर्नु, व्यवसायिक सम्वन्ध नै नहुने भन्ने होइन । ऊसँग मेरो व्यवसायिक सम्वन्ध रहन्छ ।’आफ्नो छविसँग व्यवसायिक सम्बन्ध रहन्छ भन्ने रेखाको भनाईले उनी छविसाग आफ्नो व्यक्तिगत सम्वन्ध भने टुटाउन चाहन्छिन भन्ने देखिन्छ । आफू अहिले
काठमाडौं भन्दा बाहिर रहेकाले यो सम्वन्धका बारेमा केही भनिहाल्ने अवस्थामा नरहेको उनको भनाई थियो । बुधवार बिहान टेलिफोनमा अनलाइनखवरसँग कुरा गर्दै रेखाले भनिन् -’सबै कुरा काठमाडौं आएपछि भन्छु । यहाँ म पत्रपत्रिकादेखि कुनै पनि संचारमाध्यमको पहुँचमा छैन । यसकारण केही थाहा पनि पाएको छैन ।’

छविलाई आफ्नो श्रीमान् भन्दा पनि ड्याडी भन्न रुचाउने रेखा कुनै कुरामा चित्त नबुझे सँगै बस्न पर्छ भन्ने पनि नरहेको बताउँछिन् । उनले डिभोर्सका बारेमा ड्याडी अर्थात उनका पति छविराज ओझासँग सोध्न आग्रह गरिन् । गएको भदौ ५ गते आफ्नो जन्मदिन मनाउने क्रममा रेखाले छविकै कारणले आफू आमा बन्न नसकेको समेत बताएका थिइन् । ‘उसलाई बुवा हुनुमा कुनै खुशी नै छैन । किनकी ऊ पहिले नै पिता भैसकेको छ । तर, म आमा बन्न चाहन्छु, तर यसमा छवि कुनै चासो नै देखाउँदैन’ त्योबेला रेखाले भनेकी थिईन् ।

आफ्ना सहकर्मी नायिकाहरु आमा बनेको देख्दा आफुलाई निकै गाह्रो महशुस भएको रेखाले बताएकी थिईन् । यसरी बिभिन्न कारणले गर्दा चिसिएको रेखा र छविबीचको सम्वन्ध अहिले आएर टुक्रने अवस्थमा आएको छ ।

चलचित्र ‘हिरो’ मार्फत नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी नायिका रेखा थापाले यही चलचित्रका निर्माता समेत रहेका छविसँग विवाह गरेकी थिईन् । तर उनीहरुको बिवाह धुमधामका साथ भने भएको थिएन । हेरौं काठमाडौ आएपछि सबै कुरा बताउँछु भनेकी नायिका रेखाले डिभोर्सका विषयमा के निर्णय गर्ने हुन् ?

0 comments:

Post a Comment