राजवल्लभ हलिउड सिनेमामा अनुबन्धित

बधाइ छ, नेपाली अभिनेता राजवल्लभ कोइरालालाई जो हलिउड सिनेमामा अनुबन्धित भएका छन् । रिक म्याक फारल्यान्डले निर्देशन गर्ने अपकमिङ प्रोजेक्ट ‘हाइवे टु धम्पुस’मा राजवल्लभले साइन गरेका हुन् । हलिउड कलाकारसँगै राजवल्लभ यो सिनेमामा समानान्तर भूमिकामा अभिनय गर्दैछन् । फिप्टी फिल्म्स प्रोडक्सनले निर्माण गर्ने सिनेमाको सुटिङका लागि राजवल्लभ जनवरी अन्त्यमा हलिउड सिटी लस एन्जल्स प्रस्थान गर्दैछन् ।

‘दुईवटा सिन पठाउन भनिएको थियो र त्यो अडिसनबाटै म छनौट भएको हुँ’ राजले
मेरोसिनेमासँग भने, ‘यसप्रति म उत्साहित छु ।’ पारिश्रमिक पनि नेपालमा पाउनेभन्दा ठूलो परिमाणमा पाएको उनले बताए । उनले सिनेमाबारे थप खुलाउन चाहेनन् । बीसवर्षसम्म बलिउडमा रहेर डकुमेन्ट्री निर्माण गरेका निर्देशक फारल्यान्डले ‘माई गर्लफ्रेन्ड्स ब्वाइफ्रेन्ड’ (२०१०) र ‘स्टल्किङ सान्टा’ (२००६)जस्ता चर्चित सिनेमा निर्माण गरेका छन् । उनले थुप्रै टिभी सिरिज पनि बनाएका छन् ।

राजका अनुसार सिनेमामा नेपालको कथापनि समेटिएको छ । अन्नपूर्ण फेदीको धम्पुससहितका नेपाली ठाउँहरूमा सिनेमा सुटिङ हुनेछ । छायांकनका लागि सिनेमा युनिट जनवरी तेस्रो साता नेपाल आउनेछ । यो फिल्ममा हलिउडका नाम चलेका कलाकार पनि रहेको बताइएपनि नाम खुलाइएको छैन । राजवल्लभ यतिबेला सुटिङ ढिलाइ भैरहेको नेपाली सिनेमा ‘ए फर अमेरिका’मा व्यस्त छन् । ‘तर, उताको सेड्युल ठीक समयमा सुरु हुने भएकाले काम थालेको हुँ’ उनले भने ।
साभार : मेरो सिनेमा 

0 comments:

Post a Comment