केकीले मनाईन् जन्मदिन

नायिका केकी अधिकारीले आफ्नो जन्मदिन मनाएकी छिन् । चलचित्र ‘आई एम सरी’को छायांकनमा ब्यस्त केकीलेसुटिङ युनिटसागै जन्मदिन मनाएकी हुन्. । उनले पहिलो पटक आफुले परिवार भन्दा बाहिर जन्मदिन मनाएको बताईन् ।

छायांकन स्थलमा जन्मदिन मनाउन पाउँदा निकै खुशी लागेको केकीले बताईन् । आफ्नो बहिनीले छायााकन स्थलमा नै केक ल्याएर आफुलाई ‘सरप्राईज’ दिएको उनले बताईन् ।


सुटिङको काम केही समय रोकेर जन्मदिन मनाएको उनको भनाई छ । तर केकीले आफ्नो उमेर भने बताउन चाहिनन् । आईतबार आफ्नो जन्मदिन मनाएकी केकीलाई हाम्रो तर्फबाट पनि जम्मदिनको शुभकामना ।

0 comments:

Post a Comment