‘साथीको मोबाईलमा ब्लु फिल्म हेरेकी छु’

नेपाली सिनेमा क्षेत्रमा ‘स्वर’ नामक सिनेमा मार्फत नायिकाको रुपमा डेव्यु गरेकी केकी अधीकारी चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा जमिरहेकी छिन् । चलचित्र निर्देशक बदि्र अधिकारीकी छोरी केकी अभिनयमा सानैदेखि रुची राख्थिन् । आफ्नो अभिनयलाई पर्दामा उतार्न लागिपरेकी नायीका केकी अधिकारीको अभिनय क्षमतालाई धेरैले रुचाएका पनि छन् । उनै नायिका अधिकारीसँग अनलाइनखबरका विजय आवाजले गरेको कुराकानीः

· नामको अर्थ ?

मयुर

· घुम्न मन लागेको देश ?



स्विजरल्यान्ड

· गर्न मन लागेर पनि नपाएको कुरा ?

एमबीबीए गर्न

· मिठो पकाउने खानेकुरा ?

चाउचाउ । अरु त आउँदैन ।

· भेट्न मन लागेको व्यक्ति ?

सलमान खान

· डेटमा जान मन लागेको सेलिब्रेटी ?

सलमान खान

· चुम्वन गर्न मन लागेको सेलिब्रेटी ?

त्यस्तो कोही पनि छैन ।

· विवाहको बारेमा सोच्नु भएको छ ?

अहिले त्यस्तो केही पनि सोचेको छैन

· मनपर्ने नेता ?

गगन थापा

· मोडलिङ कि चलचित्र ?

कलाकारिता

· अवको दश वर्षपछिको केकी ?

विवाह गरेर घरजम गरेको हुन्छु होला ।

· तपाई सिनेमा क्षेत्रमा जम्न सक्नु भएन भन्छन् नि ?

दुई सिनेमा खेल्दैमा यसको मुल्यांकन गर्ने वेला अयो जस्तो लाग्दैन मलाई ।

· के पाउनु भयो सिनेमा क्षेत्रमा आएर ?

जीवनमा धैर्य गर्न सक्नुपर्छ भन्ने कुरा सिकंे मैले

· देशको महिला मन्त्री भए ?

महिला र बालबालिकाको हितका लागि काम गर्थें

· मनपर्ने युवक ?

बौद्धिक र बुझ्ने खालको

· आफूले आफूलाई मुल्यांकन गर्दा ?

म मा धेरै कमजोरी छ । अरुलाई चाँडै विश्वास गर्छु, जसले मलाई धेरै ठाउँमा धोका दिएको छ ।

· तपाई बाटोमा हिँड्दा कसैले पछाडिबाट पिटेमा ?

पहिला त ऐया नै भन्छु नि

· सिनेमा क्षेत्रमा गर्न मन लागेको कुरा ?

मलाई रानी मुखर्जीले ‘ब्ल्याक’ सिनेमामा गरेको भुमिका गर्न मन लागेको छ

· सेक्सी लाग्ने कलाकार ?

टोम ह्याङस, जस्टिन हर्सम्यान र व्राड पिट

· झट्ट हेर्दा पुरुषको मन पर्ने कुरा ?

आँखा

· अवको योजना ?

पहिला एमबीबीए पूरा गर्छु अनि म्युजिक भिडियो र फिल्ममा काम गर्छु । कम सिनेमा खेल्छु तर स्तरीय खेल्छु ।

· ब्लु फिल्म हेर्नु भएको छ ?

हेरेको छु तर पुरै भने कुनै पनि हेरेको छैन । साथीको मोवाईलमा साथीले देखाउँदा हेरेको छु ।

· तपाईको मोवाईल या कप्युटरमा यस्तो सिनेमा छ ?

छैन

· ब्लु फिल्म हेर्न कत्तिको कौतुहलता लाग्छ ?

त्यस्तो लाग्दैन, साथीहरुले मेरो मोवाईलमा छ भन्दा हेर्न मन लाग्छ ।

· अन्त्यमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मायाको बारीमा’को बारेमा के भन्नुहुन्छ ?

यो सिनेमामा माया प्रेममा हुने ‘जेनेरेशन ग्याप’लाई देखाईएको छ । यो एक मसलेदार सिनेमा हो ।

0 comments:

Post a Comment