आर्यन पोखिँदा को को उम्लिए ?

नायक आर्यन सिग्देल अहिले गुमनाम जस्तै छन् । कारण, उनी जुन पायो त्यही सिनेमा नखेल्ने रे । यसैले पनि हुनसक्छ, आर्यन दैनिक केही सिनेमाको रिजेक्ट गर्दै वसिरहेका छन् । यति मात्र होईन चलचित्र वनाउनेहरु भन्छन्, ‘आर्यनले छोटो समयमै चर्चा वटुलेकाले उनमा केही घमण्ड वढेको छ ।’जसले जे भने पनि सत्य एउटै हो – नायक आर्यन सिग्देलको हातमा नयाँ सिनेमा छैनन् । तर आर्यनले यसरी भाऊ खोज्दा प्रतिस्पर्धी अन्य नायकहरुलाई खुदो पल्टिएको छ । आर्यन सँगसँगै आए पनि खासै धुम नमच्चाएका नायक जीवन लुईंटेलले सम्भवः आर्यनको सेलेक्टिभ नेचरको सवैभन्दा बढि फाइदा उठाएका छन् ।


उनको पारिश्रमीक पनि सिनेमा क्षेत्रमा सवैभन्दा महङ्गो भएको छ अहिले । आर्यनको अभावलाई पूर्ति गर्दै अहिले नायक सुमन सिंह पनि व्यस्त नायकको सुचिमा देखिएका छन् । सुमनको पारिश्रमीक पनि अहिले ह्वात्तै वढेको छ भने उनी नेपाली सिनेमा क्षेत्रमा अहिले भाग्यमानी नायकको रुपमा देखिएका छन् ।

यी दुई नायकका सिनेमा अहिले धमाधम रिलीज भैरहेका छन् भने केही रिलिजको तरखरमा छन् । यसकारण पनि हुनसक्छ, सिनेमा क्षेत्रमा केही चकलेटी नायकहरु धमाधम प्रवेश गरेका छन् । आर्यनले सिनेमा नै खेल्दैन भन्ने परिसकेको छ नेपाली सिने उद्योगमा । धेरै भन्छन् ‘आर्यन उम्लेन् मात्र पोखिए पनि’ यसकारणले पनि अरुले अवसर पाएका हुन् ।

तर आर्यनको तर्क छ- ‘म सिनेमा छानेर खेल्छु, जुन पायो सिनेमा खेलेर केही हुँदैन ।’ सिनेमा क्षेत्रको विकास लागि सिनेमा छानेर खेल्नुपर्दछ भन्ने उनको धारणा छ । कत तर राम्रा सिनेमा खेल्ने र सिनेमाको स्तर बढाउने आर्यनको चाहनालाई अन्यथा मान्न सकिन्न । तर, निमार्ता निर्देशक र नेपाली दर्शकले नबिर्सदै आर्यनले सोंचेनन भने आर्यनको अडान उनको पलायनको सुरुवात पनि हुनसक्छ ।

0 comments:

Post a Comment