वर्ष २०११ कलाकार पलायनको वर्षपनि बन्यो । ब्यावसायिक संकटले अधिकांश कलाकार पेशाबाटै बाहिरिए भने कतिपय होमप्रोडक्सनमै खुम्चिइरहेका छन् । यो वर्ष नयाँ कलाकारहरू धमाधम त आइरहे तर भएकै कलाकारको अस्तित्व सुखद हुन सकेन । चर्चामा रहेका तर, वर्ष २०११ मा कुनैपनि सिनेमा रिलिज नभएका सेलिव्रिटी पनि छन् । कुनैबेला नेपाली सिनेमामा विकल्परहित बनेका एकाध कलाकार सो वर्ष कुनै बहानामा उद्योगबाट पलायन भए ।वर्ष २०११ मा नेपाली सिनेमाबाट पलायन भएका अभिनेता हुन् बिराज भट्ट । कुनैबेला नेपाली सिनेमाका स्टारपावर बिराज वर्षभरि नै भोजपुरी सिनेमामा पलायन भएका अर्का अभिनेता हुन् निखिल उप्रेती । वर्ष २०११ भरि उनी सिनेमाभन्दा गैरब्यावसायिक ढंगले चर्चामा रहे । त्यतिबेलै भारत पलायन भएका निखिलका नयाँ सिनेमा यो वर्ष रिलिज भएनन् (स्टकमा बाहेक) । निखिल सिनेमामा कमब्याक त गरेका छन् तर, उनको अपकमिङ करियरले निरन्तरता पाउने वा नपाउनेबारे शंका छ । निखिल पत्नी सञ्चिता पनि २०११ बाटै पलायन भइन् । बच्चा जन्माएर उनी घरमै थन्किएकी छिन् । हिरोइन मेलिना मानन्धर बच्चा जन्माएपछि पलायन भइन् ।
युना उप्रेती वर्ष २०११ बाटै पलायन भइन् । नम्रता श्रेष्ठ वर्ष २०११ मा पलायन त भइन् यद्यपी नम्रताको एउटा सिनेमा २०१२ मा रिलिज हुँदैछ । अरुणिमा लम्साल २०११ बाटै सिनेमाबाट पलायन भइन् । बच्चा जन्माएर उनी घरभित्रै सीमित रहिन् । खासगरि डिजिटल सिनेमा प्रादुर्भावपछि फिल्म (सेल्युलोइड) पुस्ताका स्टारपावरहरू धराशायी भएका छन् । महानायक राजेश हमाललाई सदावहार मान्नुपर्छ । महानायकको नायकत्व २०११ भरि नै केन्द्रियतामा रह्यो ।













0 comments:
Post a Comment