अमेरिकामै रञ्जनाको दोस्रो विहे

अन्ततः उनको फेसबुक प्रोफाइलबारे चलेका गाइँगुइँहरू सत्य सावित भएका छन् । अमेरिकामा रहेकी अभिनेत्री रञ्जना शर्माले केही महिना पहिले फेसबुक प्रोफाइलमा ‘सिंगल’ लेखेकी थिइन् । मेरोसिनेमालाई प्राप्त विश्वस्त विवरणअनुसार रञ्जनाले अमेरिकामै विहे गरेकी छिन् । उनको यो दोस्रो विहे हो । नेपालमा रहेका सिनेमा निर्देशक पति श्याम भट्टराईसँग उनको वैधानिक डिभोर्स भने भैसकेको छैन ।
स्रोतका अनुसार ढिलो गरि प्राप्त खबरमा रञ्जनाले एकवर्ष पहिले नै विहे गरेकी हुन् । कोसँग उनले विहे गरेकी हुन् ? त्यो खोजी भैरहेको छ । यद्यपी, ती युवक काठमाडौंकै हुन् । लामो समयदेखि
अमेरिकामा रहेका उनी ट्याक्सी यातायात व्यावसायी हुन् । अमेरिकामा लुकेपछि रञ्जना ती युवकसँग एउटै फ्ल्याटमा बसिरहेकी छिन् । उनलाई अमेरिकामा रहन ती युवकले नै सहयोग गरेका थिए । स्रोतका अनुसार केही महिनापहिले रञ्जनाले नेपालमा रहेका पति भट्टराईलाई डिभोर्स मागेकी थिइन् ।

तर, श्यामले डिभोर्स दिएका छैनन् । रञ्जनाको दोस्रो विहेबारे बुझ्दा श्यामले आफूलाई पनि जानकारी नभएको बताए । स्रोत भन्छ –‘उता विहेपछि रञ्जनाले श्यामलाई उति राम्रो व्यवहार गरिरहेकी छैनन् ।’ विहेपछि रञ्जनाले आफ्नो फेसबुक एकाउन्टलाई पर्सनल गराएकी थिइन् । नेपालमा रहँदा रञ्जना र श्याम असमझदारीपछि नौ महिना अलग्गै रहेका थिए । त्यसपछि उनीहरू फिल्मी ढंगमा मिले । यसबेला फेरि यो जोडी अलग भएको छ ।

विहेको तयारीमा युना
अभिनेत्री युना उप्रेतीले आफ्नो विहे भैसकेको कुरालाई खण्डन गर्दै आफू विहेको तयारीमा रहेको बताएकी छिन् । पछिल्लो समय रजतपटमा निष्क्रिय हिरोइनको विहेलाई लिएर उनका परिवारबीच कुरा चलेको थियो । कोसँग उनले विहे गर्दैछिन्, त्यो चाहिँ खुलाइएको छैन । यद्यपी निकट भविष्यमै उनको दोस्रो विहे हुँदैछ । यसअघि उनले राप्रपा कार्यकर्ता प्रेम चौलागाईँसँग विहे गरेकी थिइन् । केही समयपछि उनीहरूको डिभोर्स भएको थियो ।

0 comments:

Post a Comment