प्रेमिकालाई दिने समय समेत छैन हमालसँग

नेपाली सिनेमा क्षेत्रमा जति नया नायकहरु आए पनि २२ वर्षदेखि यो क्षेत्रमा एकलौटी राज गरेका नायक राजेश हमालको व्यस्तता घटेको छैन । उनी, आज पनि सिनेमा क्षेत्रमा उत्तिकै व्यस्त तथा सक्रिय रहेका छन् । नायक हमालसँग अहिले आफ्नो प्रेमिकालाई दिने समय समेत नभएको बुझिएको छ । उनी हिजोआज दैनिक जम्मा ५ घन्टा मात्र आरा मगर्न पाउँछन् ।यो ५ घण्टामा उनले खाना खान, आराम गर्न र सुत्न भ्याईरहेका छन् । आखिर किन यस्तो व्यस्त छ ? हमालका सहयोगी चीरञ्जिवी आचार्यले भने -’हाल उहाँ दुई सिनेमाको छायांकन गरिरहनु भएको छ । दिनभर एक सिनेमाको छायांकन गर्ने हमाल वेलुकी अर्को एक सिनेमाको छायांकन गरिरहेका छन् । दिनभर हमाल अहिले सुरज सुब्बा नाल्बोले निर्देशन गरिरहेको चलचित्र ‘फेसबुक’मा अभिनय गरिरहेका छन् । दिनभर यो सिनेमाको छायांकन सकेर बेलुकी यस्तै ५ बजेतिर घर पुग्ने
हमाल बेलुकी ६ वजे चलचित्र ‘कारवाही’को छायांकनका लागि निस्कन्छन् । यो सिनेमाको छायांकन रातभर भईरहेको छ । रातभर छायांकन सकेर बिहानपख आफ्नो निवास फर्केपछि नायक हमाल फेरि चलचित्र फेसबुकको छायांकनका लागि सुटिङ स्पोर्टमा पुग्छन् । यसकारण उनको तालिका समेत बिगि्रएको छ ।

आखिर हमाललाई किन दिउसो, बेलुका नै काम गर्नु पर्ने बाध्यता आएको हो त ? ‘के गर्नु काम गर्नु पर्यो भनेर अफर आउँछ, नगर्ने कुरा पनि भएन । यसैले सेड्युल बिग्रिएको हो’ सहयोगी आचार्यले भने । यसरी, १९ घन्टा काम गरिरहेका हमालसँग फुर्सद निकाल्ने समय नै छैन । निकै व्यस्त भएपछि उनले आफ्नो प्रेमिकालाई समेत समय दिन नभ्याएको श्रोतको भनाई छ ।

नेपाली सिनेमा क्षेत्रमा जति नया नायकको आगमन भएपनि हमाल भने झनै व्यस्त बनिरहेका छन् । तर पैसा आउँछ भन्दैमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी काम गर्नु भने हुँदैन कि हमाल जी….? .हाम्रो सुझाव मात्र ।

0 comments:

Post a Comment