सुष्मासँग राजेशको रोमान्स (फोटो फिचर सहित)

नायक राजेश हमालले नायिका सुष्मा कार्कीर्र्लाई बिस्तारै आफ्नो अंगालोमा राखे र निधारमा चुम्बन गरे । चारैतिरबाट सजाईएको बेडमा लजाउँदै बसेकी सुष्माले पनि राजेशको ओठमा चुम्बन गरिन् । यसपछि नायक हमालले सुष्मासँग ईशारामा सेक्सको अफर गरे । सुष्माले पनि उनको अफरलाई सहजै स्वीकार गरिन् । सुष्मालाई बेडमा बिस्तारै पल्टाएर नायक हमालले उनको गाउनको माथिल्ला भाग खोलीदिए । सुष्माले पनि हमालको सर्ट खोलिन् र चुम्न थालिन् । सुष्माको चुम्बनले राजेश लगभग उत्तेजित भैसकेका थिए । यतिकैमा, निर्देशकले ‘ओके कट’ भने ।


चलचित्र ‘मेरो जीवन साथी’का लागि नायक हमाल र नायिका कार्कीले दिएको ‘बेड सिन’को दृश्य हो यो । झण्डै साढे २ घन्टा लगाएर छायांकन गरिएको यो दृश्यमा नायक हमाल र नायिका कार्कीले खुलेर दृश्य दिए । शुरुवातमा यो दृश्य दिनका लागि दुवैले आनाकानी गरेपनि निर्देशक दिवाकर भट्टराईको आधा घन्टा लामो संझाईवुझाईपछि दुवै सहमत भए । दृश्य दिने समयमा कैयौं पटक दुवैले ‘यति भए त भैहाल्छ नि’ भनेर निर्देशकसँग आग्रह गरेका थिए । तर, निर्देशक भट्टराईले हुँदैन भन्दै दुवैलाई यो दृश्य खिचाएका थिए ।

राजेश हमालसँग पहिलोपटक यस्तो हट सिन दिनु परेकाले पनि हुनसक्छ नायिका कार्की सुटिङ अवधिभर धेरै नै नर्भस देखिएकी थिईन् । चलचित्र ‘मेरो जीवन साथीका लागि यी दुईले दिएको यो दृश्य भ्यालेन्टाईनको दिनमा प्रेमी र प्रेमिकाबीच हुने रोमान्सको हो । चलचित्र चलाउनैका लागि तयार पारिएको यो रोमान्सले सिनेमालाई फाईदा पुर्याउँछ या पुर्याउँदैन, त्यो त हेर्न बाँकी नै छ ।



साभार :online khabar.com

0 comments:

Post a Comment