ब्रसेल्समा ‘दिलमा सजाएँ तिमीलाई’

नेपाली चलचित्र ‘दिलमा सजाएँ तिमीलाई’ युरोपेली मुलुक बेल्जियमको नेपाली डायस्पोरामा प्रदर्शन गरिने भएको छ । युरो नेपाल कलाकार संघको पहलमा चार डिसेम्बरमा त्यहाँको एन्त्रोपेन फिल्म हाउसमा सिनेमा प्रदर्शन गर्न लागिएको छ । १८ डिसेम्बरमा लुवेनको ओन्स हाउसमा पनि चलचित्र स्क्रिनिङ हुँदैछ । प्रदर्शनले नेपाली सिनेमाको अन्तराष्ट्रियकरणमा सघाउने विश्वास आयोजकले लिएका छन् ।


चलचित्रको निर्माण बेल्जियममा बसोबास गर्ने गैरआवसिय नेपाली तेजेन्द्र कँडेलले गरेका हुन् । राजु अधिकारी निर्देशित सिनेमा यसअघि स्वदेशमा प्रदर्शन भैसकेको छ । किशोरप्रसाद शर्मा, जेएन घिमिरे र कँडेलले मिलेर निर्माण गरेको चलचित्रमा आयुष रिजाल, युना उप्रेतीलगायतको अभिनय छ । चलचित्रमा एक्सन, संगीत र रोमान्स समेटिएको निर्देशक अधिकारीले बताए ।

0 comments:

Post a Comment