रेखाको नयाँ रूप

रेखाको फिल्मी अनुभव जति बढ्दैछ त्यसै गरी उनी आफ्नो अभिनय र गेटअपलाई नयाँ ढङ्गमा उतार्ने प्रयत्नमा लागि परेको पछिल्ला बर्ष उनी अभिनित चलचित्रहरूले पुष्टी गरिरहेको छ । कहिले उनी बहादुर युवतीको भूमिकामा आफूलाई पर्दामा उतार्ने प्रयास गर्छिन् त कहिले उच्च घरानाकी सोझी युवतीको भूमिकामा दर्शक माझ परिचित हुन भुल्दिनन् । सायद यहि गुणले होला उनलाई नम्बर वान नायिकाको पक्तिबाट रिप्लेस गराउन सक्ने हिरोईन अहिले सम्म देखा परेका छैनन् । उनी हाल होम प्रोडक्सनको चलचित्र 'रावण' को सुटिङमा ब्यस्त छिन् जुन चलचित्रमा उनी विभिन्न रूपमा प्रस्तुत भएको उनको फेसबुक भित्तामा सार्वजनिक गरिएका फोटोहरूबाट मूल्याकंन गर्न सकिन्छ ।रावणमा उनी सिता, दुर्गा, कालि तथा आम महिलाको भूमिकामा देखिदैछिन् । जुन उनको अभिनय यात्राकै सवैभन्दा धेरै भेरिएसन समेटिएको पहिलो चलचित्र भएको छ । उक्त चलचित्रको छायाकंन ६४ दिन लगाएर आजै सकिएको छ । चलचित्रलाई कलाकार तथा संगीतकार समेत रहेका कमल कृष्ण पौडेलले डेब्यू फिल्मका रूपमा निर्देशन गरेका छन् । जसको पहिलो कामलाई नेपाली सिने उद्योगका खेलाडी निर्माता छविराज ओझाले मुक्त कण्ठकले प्रशंशा गरेका छन् ।
छविले कमलकृष्णले राम्रो काम गरेको कुराको तारिफ गर्दै भने 'कमलकृष्णले केही ब्यक्तिगत आचरण सुधार गरे उनी नेपालको नम्बर वान निर्देशक रूपमा चाडै परिचित हुनेछन् ।' कमलकृष्ण एक समयको चर्चित भारतीय धाराबाहिक श्रृङखला चन्द्रकान्ताका असिस्टेन्ट डिरेक्टर पनि हुन् । जो एक दशक अघि 'खरको छानो' चलचित्रमा हिरो बन्ने सुरले कलिउड प्रवेश गर्दा खलनायकको रूपमा स्थापित भै हाल डिरेक्टरको रूपमा परिचित हुने सुरमा छन् ।

0 comments:

Post a Comment