महानायक मनिषाका हिरो

मनिषा कोइराला निर्देशक बन्ने गाइँगुइँ चलेको वर्षअघिदेखि हो । उनी आफैले यी कुरा बताएकी थिइन् । तर, यी गाइँगुइँहरूले अब भने आकार लिँदैछन् । एकमहिने इन्डियाको मेडिटिएसन क्लासपछि फर्किएर मनिषा आफू निर्देशक बन्ने फिचर फिल्मको गृहकार्यमा जुट्दैछिन् । नयाँ कुरा –मनिषाको उक्त सिनेमाका हिरो महानायक राजेश हमाल हुनेभएका छन् । राजेशलाई मनिषाले आफ्नो फिल्मको हिरो बनाउने कुरालाई उनी निकटका स्रोतहरूले पुष्टि गरेका छन् ।


पछिल्लो समय चलचित्र ‘धर्मा’मा राजेश र मनिषा हिरो–हिरोइनका रुपमा देखिएका थिए । आफैले निर्देशन गर्ने सिनेमामा मनिषाका हिरो राजेश त हुने भए तर हिरोइन चाहिँ को होलिन् ? मनिषाले निर्देशन मात्र गर्ने कि हिरोइन पनि हुन् भन्ने कुरा निधो लागिसकेको छैन । यद्यपी मनिषा स्वयम हिरोइन बन्ने सम्भावना रहेको स्रोत बताउँछ । ‘धर्मा’मा राजेश र मनिषाको अनस्क्रिन जोडी सुहाएको थियो । किनभने महानायक मनिषालाई मनपर्ने हिरो पनि हुन् ।

मनिषा यतिबेला उक्त अनटाइटल प्रोजेक्टको स्क्रिप्टमा जुटिरहेकी छिन् । उनको भनाइअनुसार नेपाली मौलिक कथामा सिनेमा बन्नेछ । स्रोतका अनुसार सन् २०१२ देखि सुटिङ सुरु हुनेछ । बलिउड सिनेमाका आधादर्जन अफरहरू लत्याउँदै मनिषा घरेलु प्रोजेक्टमा लागेकी हुन् । आफू मनिषाको हिरो बन्ने प्रस्तावलाई महानायकले ओके गरिदिएका छन् ।

0 comments:

Post a Comment