फुर्सदमा घाम ताप्दै कलाकार

सुटिङको विजी सेडुलका कारण कहिले काहिं पर्सनल लाईफ समेत भन्न नपाएका अधिकाश कलाकारहरु अहिले फुर्सदमा छन् । पछिल्लो समय घट्दै गईरहेको फिल्मी बिजनेसको असर र सोही संगै संख्यात्मक रुपमा फिल्म निर्माणको क्रमले सुस्तता लिन थालेपछी उनीहरु फुर्सदिला देखिएका हुन ।फुर्सदिला कलाकारको पहिलो पंक्तिमा हिरो आर्यन सिग्देल पर्दछन् । उनको भनाईलाई आधार मान्ने हो भने हरेक दिन उनी दुईवटा सम्म फिल्मका स्क्रिप्ट पढ्छन र बेलुकी भएपछी स्क्रिप्टमा चित्त नबुझेको भन्दै आएका प्रस्तावलाई रिजेक्ट गरिरहेको छन् । जस अनुरुप अन्तिम समयमा उनले स्टूपिड मनमा पनि नखेल्ने निर्णय गरेको खबर पनि बाहिर आईसकेको छ । अभिनय राम्रो गर्ने तर फिल्म नचल्ने पक्तिको हिरोहरुको लिष्ट उनी पहिलो नम्बरमा पर्दछन् ।


यस्तै आफू चलेपनि फिल्म नचल्ने हिरोको रुपमा राजबल्लभ कोईराला र सुमन सिंह पनि पर्छन् । तर उनीहरुले फिल्म पाईरहेका छन् । यति हो कि राजबल्लभ र सुमन राजेश हमाल स्टाईलमा जुन सुकै ब्यानरका फिल्म खेलिरहेका हुन्छन् र यो निरन्तरता अझै कायमै छ । राजबल्लभ त फुर्सदको समयमा बेलाबेलामा म्यूजिक भिडियोमा पनि खेलिरहेका हुन्छन् तर आएका प्रोजेक्टलाई हत्तपत्त रिजेक्ट नगर्ने राजबल्लभले आफ्नो लुक्स र क्यारेक्टलाई भने न्याय गरिरहेको देखिन्छ ।

राजबल्लभ पनि अहिले खाली नै छन् भन्दा हुन्छ किन कि 'ए फर अमेरिका' को छायाकंनको लागि उनी मंसिरको तेस्रो साता तिर अमेरिका जाने तयारीमा छन् र सोही फिल्मकै कारण अफर आएका दुई प्रोजेक्टलाई उनले रिजेक्ट गरिदिएका छन् । तर उनी भन्छन्, 'रिजेक्ट चाहि भनि नहालौ, ए फर अमेरिकाको कारण तत्काल अहिले अरु साथीहरुलाई टाईम दिन नभ्याएको हो ।' यस्तै सदावहार भएर अभिनय गरिरहने सोझो हिरो सुमनले गत साता मात्र दुई चलचित्रमा साईन गरेका छन् । उनले भर्खरै साईन गरेको चलचित्र ॐ छायाँकनको तयारीमा छ भने अर्को चलचित्र 'ग्याङस्टार' पनि अन्तिम तयारीमा जुटेको छ ।

यस्तै रेखा फिल्मसबाट डेब्यू गर्दा आयुष रिजालको ब्यस्तता जसरी बढेको थियो आजकाल रेखा क्याम्पमा अन्य हिरोहरुले स्थान पाएपछी आयुषको पनि ब्यस्तताको रफ्तारले सुस्त गति लिईरहेको छ । तर उनी खाली चाही छैनन् । कारण निर्देशक प्रदीप श्रेष्ठले जहिले सम्म प्रोजेक्ट पाईरहेका हुन्छन् तव सम्म आयुष उनको क्याम्पबाट बाहिरिने तत्काल कुनै आधार देखिएको छैन । जस अनुरुप लगातार प्रदीप श्रेष्ठको चारवटा फिल्ममा उनले अभिनय गरिसके । आयुष प्रदीप श्रेष्ठको 'तृष्णा' मा ब्यस्त भए लगत्तै प्रदीपकै नयाँ फिल्म 'मनको साथी' मा अनुबन्धीत भैसकेका छन् ।

यता नायक दिलिप रायमाझी भने अहिले व्यस्त देखिएका छन् । दिपक श्रेष्ठले निर्देशन गरिरहेको चलचित्र 'वाचा' मा अभिनय गरिरहेका दिलिप आफ्नो ड्रिम प्रोजेक्ट 'मिस यू' को रिलिजको तयारीमा पनि व्यस्त छन् । यता नायिका झरना थापा पनि व्यस्त नायिकाको सूचिमा नै छिन् । अहिले उनी आफ्नै होम प्रोडक्सनको चलचित्र फेसबुकमा अभिनय गरिरहेकी छिन् । यो चलचित्र लगत्तै उनी रामजी लामिछानेको चलचित्रमा व्यस्त हुनेछिन् ।

यसैगरी यो फुर्सदमा बेफुर्सद रहने कलाकारहरुमा राजेश हमाल सदाबहार भएर सधै ब्यस्त नै भैरहेका छन् । जुन निरन्तरता आउदा बर्षहरुमा पनि कायम हुनेमा कुनै शंका छैन । किनकि हमालले आजको मिति सम्म ८ वटा चलचित्रमा साईन गरिसकेको उनका सहयोगी चिराजीवी आचार्यको भनाई छ । यो सात महिनाको अवधिमा ६ वटा फिल्म रिलिजको लिष्ट रहेको ह्याण्डसम नायक जीवन लुईटेलको ब्यस्तताले पनि गति लिई रहेको छ । 'ब्ल्याकमेल' झमेलामा आर्यनसंग प्रोड्यरको लफडा परेपछी आर्यनको स्थानमा जीवन सो फिल्ममा अनुबन्धीत भएका छन् र सोही फिल्ममा उनी ब्यस्त छन । यस्तै ब्ल्याकमेल सकिए लगत्तै मेघा प्रोजेक्टका दुई फिल्मका लागि जीवनले साईन पनि गरिसेका छन् ।
यसैगरी विगत दशबर्षदेखि नम्बर वान भएर राज गरिरहेकी रेखा थापाको ब्यस्तता पनि अन्य नायिकाको तुलनामा अग्रपक्ति मै छ । उनी होम प्रोडक्सनको फिल्म रावण प्याकअप भए लगत्तै अहिले 'मेरो जिवन साथी' मा ब्यस्त छिन् भने लगत्तै लंका भन्ने चलचित्रमा उनी ब्यस्त हुने छिन् । रेखाको भनाईलाई आधार मान्ने हो भने आउदो बैशाखसम्म कुनै प्रोड्यूसरले प्रस्ताव गरेको खण्डमा यो बीचमा चाहेर पनि एग्रीमेन्ट गर्न नसक्ने बताउछिन् । रेखाले ६ वटा फिल्ममा साईन गरीसकेकी छिन् ।यस्तै विस्तारै उदाउदै गरेकी हिरोईन निशा अधिकारीको ब्यस्तताले पनि अहिले पिकअप लिईरहेको छ । स्नो फ्लावर्समा अभिनय गरेको केही हप्ते विश्राम पछी उनी थ्री लभर्समा अभिनय गर्दैछन् । तर स्नो फ्लावर्समा उनीसंगै अभिनय गरेकी दिया मास्केले अभिनयबाट सन्यास लिएको खबर बाहिर आएकाले उनको ब्यस्ता अब ब्यक्तिगत लाईफमा मात्र सिमित हुने छ । यसैगरी दुई उप्रेती हिरोईन यूना र रेजिनाको हातमा पनि अहिले फिल्म छैन । चलचित्रमा मात्र हैन फिल्मी कार्यक्रममा समेत यि दुईको अनुहार आजकाल देखिएको छैन । रेजिनाले पछिल्लो पटक आफ्नै ब्यानरबाट बरदान निर्माण गरेपछी उनको सक्रियता घट्न थालेको हो ।यसैगरी अमेरिकाबाट फर्किए लगत्तै विभिन्न चलचित्रमा अतिथि भूमिकामा अभिनय गरिरहेकी करिश्मा मानन्धरले उकेश दाहाल निर्देशित चलचित्र किन किन र गोपीकृष्ण मुभिजको मायाको बारीमा अभिनय गरिन तर ती दुई चलचित्रको छायाकंन सकिए लगत्तै करिश्मा समेत फुर्सदिली देखिएकी छिन् । यसैगरी यो मंसिरमा सुमन दाहालको चलचित्र यो मनको सुटिङ थाईल्याण्डमा हुने भन्दै मख्ख भएर बसेकी नन्दिता केसी पनि सो फिल्मको सुटिङ छ महिना पर धकेलिएपछी उनी अहिले फुर्सदिली छिन् ।ब्रेक फेल रिलिज लगत्तै आउदा दिनमा होम प्रोडक्सन बाहेकका चलचित्रमा अभिनय नगर्ने भनी सन्यास लिएकी ऋचा घिमिरे पनि आजकाल पूर्ण रुपमा फुर्सदिली छिन् ।केही साता अघि छोरीकी आमा बनेकी अरुणिमा लम्सालले गर्भवती भएका कारण करिब एक बर्ष देखि कुनै पनि चलचित्रमा काम गरेकी छैनन् । तर आफू तन्दुरुष्त हुने वित्तिकै अभिनयमा कमब्याक हुने उनको भनाई छ । यस्तै अर्की आमा हिरोईन मेलिना मानन्धर पनि छोरीका स्यहारमा लागेका कारणले फुर्सदमा बसेको लामो समय भैसक्यो तर किस किलर हिरोले परिचित उनको पति मुकेश ढकालको ब्यस्ता भने निकै चुलिएको छ आजकाल ।यसैगरी प्राय खाली नरहने केकी अधिकारीको ब्यस्तता पनि अहिले चुलिरहेको छ । आजकाल उनी मायाको बारीमा भन्ने चलचित्रको प्रोमोशनमा खटिरहेकी छिन र ए फर अमेरिकाको लागि उनी अमेरिका जाने तयारीमा पनि छिन् । तर तत्काल उनी कुनै पनि प्रोजेक्टमा ब्यस्त छैनन् । यसैगरी मसानमा केकी संगै अभिनय गरेकी नीता ढुङ्गानाको ब्यस्ततामा पनि केही सुस्तता छाएको छ । नीताको तत्काल कुनै पनि फिल्म नरहेको बुझिएको छ । यसैगरी एक समय निकै चर्चा कमाएकी नम्रता श्रेष्ठको ब्यस्तातले अहिले शून्य गति लिएको छ । फिल्मी जमघटमा देखिरहने नम्रता मिस यू खॆलेको एक बर्ष हुन लाग्दा पनि कुनै पनि चलचित्रमा अनुबन्धीत भएकी छैनन ।यि बाहेक पनि अन्य चलनचल्तीमा रहेका नायक नायिका फुर्सदिला भएका छन् । मंसिरको बढ्दो जाडोमा फुर्सदिला यि कलाकारहरू अहिले घरमा घाम ताप्न र सिरक ओढेर बस्नमा नै व्यस्त छन् ।

0 comments:

Post a Comment