बाबु बिबाहका लागि परिपक्क रागिनीको अझै केही बर्ष

आज नायक तथा गायक अनि संगीतकारले पनि परिचित बाबु बोगटी र नव नायिका रागिनी खड्गीको जन्मदिन हो । बाबुले ३० औं जन्मदिन सेलिब्रेट गर्दैछन् भने रागिनिले आफ्नो उमेर खुलाउन चाहिनन् ।

जन्मदिनको अबसरमा आज बाबुले पाँच बर्ष अघि रेकर्ड भएको गीतलाई म्यूजिक भिडियो बनाई विभिन्न टेलिभिजनबाट प्रिमियर गर्दैछन् भने बिहान आमासंग सफल भविष्यको कामना गर्न पशुपति नाथ दर्शन गर्न जादैछन् । मुड चलेको खण्डमा साँझ घरमा केक काट्ने योजना पनि छ उनको । यस्तै पछिल्लो समय चलचित्रमा निकै ब्यस्त हुन थालेका बाबु तीन प्रोजेक्टमा मुख्य हिरो भएर अभिनय गर्दैछन् । सुरज सुब्बाको दुई प्रोजेक्ट वितेका पल र मेरो भ्यालेन्टाईन त्यसैगरी सचिन नाम गरेका एक निर्देशकको फिल्म आई एम ईन लभमा उनी मुख्य हिरो भएर खेल्ने पक्का भैसकेको छ र त्यसको तयारीमा जुटेका छन् उनी ।


यसैगरी जन्मदिनको दिन परिवारसंग केक काट्ने योजना बनाएकी राजेन्द्र खड्गीकी छोरी रागिनी दुलही रानीको सुटिङका लागि महेन्द्रनगर जानु पर्ने भएपछी उनको बथडे सेलिब्रेसन सुटिङ यूनिटसंगै हुने भएको छ । उनको बर्थडे सेलिब्रेसनका लागि निर्देशक सोभित बस्नेतको टिमले केक तयार पारेर राखेको छ ।

बिबाहको सिजन शुरू भएको अवस्थामा फिल्मीखबरको विवाह सम्बन्धी प्रश्नमा बाबुले बिहेका लागि परिपक्क भैसकेको र करिअर भर्खर सुरु भएको प्रतिक्रिया दिए भने रागिनीले भर्खर करियर शुरू गरेकाले अझै केहि बर्ष बिबाहको मनस्थिती नबनाएको प्रतिक्रिया दिईन् । तर ज्योतिषले अझै दुई बर्ष विवाहका लागि उपयूक्त समय नभएको भन्ने ज्योतिष्याँई गरिदिएपछी बाबुले तत्काल विवाहको मनस्तिथि पनि परिवर्तन गरेका छन् । २९ पुरा भै आजबाट तीस टेकेका बाबुले जन्मदिनको अबसरमा भने, 'विहेका लागि त योग्य भैसके तर आफूले सोचेको पोईन्टमा अलि पुगिसकेको छैन त्यसैलै दुई बर्ष पछी मात्र बिहे गर्छु ।'

एकै दिन जन्मदिन परेकोमा बाबु र रागिनीलाई द नेपाल~रोमानियाको उत्तर-उत्तर प्रगतिको कामना सहित ह्याप्पी बर्थडे ।

0 comments:

Post a Comment