अञ्जु पन्त भन्छिन्- फेरि बिहे गरेकी छैन

गायिका अञ्जु पन्तले हिजोआज गायनभन्दा छोरी परितोसिकालाई बढी समय दिन थालेकी छिन्। पछिल्लो समय उनी संगीतकार मनोजराजसँग पारपाचुके गरेपछि चर्चामा थिइन्।केही समय उनी बजारमा नदेखिएपछि उनको अर्को बिहे भएको हल्ला चलेको थियो। तर, नागरिकको प्रश्नमा उनले भनिन्, 'यो हल्ला कहाँबाट आयो, मलाई नै थाहा छैन। त्यस्तो हो भने कोसित बिहे गरेछु, मलाई जानकारी गराउनुस्।'आफू संगीत क्षेत्रमै भए पनि कार्यक्रमहरूमा कम जान थालेकोमा यस्तो हल्ला चलेको उनको अनुमान छ। उनकी १० वर्षीया छोरी युनाइटेड एकेडेमीमा अध्ययनरत छिन्। 'छोरीलाई एक्लैले हेर्नुपर्ने हुँदा जिम्मेवारी बढेको छ। दिनमा कम्तीमा पनि एउटा गीत रेकर्ड गरिरहेकी छु,' उनले भनिन्।आफूले संगीतमा पाएको सफलता सहन नसक्नेले बिहेको हल्ला चलाएको आरोप उनको छ । संगीतकार मनोज सिवाकोटीसँग पारपाचुके गरेपछि उनी स्वयम्भुमा बस्दै आएकी छिन्। तर यो बीचमा आफूलाई बिहेको प्रस्ताव आएको भने उनी स्विकार्छिन्। तर बिहे गरेर फेरि गल्ती नदोहोर्‍याउने उनको दृढता छ।'नेपाली समाजमा पारपाचुके भएको सम्बन्धलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन। मलाई केही प्रस्ताव आए पनि बेवास्ता गरिदिए। छोरी हुर्काउनमै व्यस्त छु,' उनले भनिन्। उनको झन्डै १० वर्ष लामो वैवाहिक सम्बन्ध केही महिनाअघि टुटेको हो।'सम्बन्ध टिक्न दुवैको समझदारी आवश्यक हुन्छ। एकले अर्काको काममा साथ दिनुको सट्टा शंका गरेपछि, त्यो सम्बन्धले पारपाचुकेको रूप लिने अनुभव मैले बटुलेकी छु,' पारिवारिक तनाव र आफूमाथि भौतिक आक्रमण हुन थालेपछि पारपाचुक गरेको उनी बताउँछिन्।'अहिले मानसिक तनाव छैन। जसले गर्दा काम र छोरीलाई समय दिन पाइरहेकी छु,' उनले भनिन्।उनी फिल्मभन्दा पनि आधुनिक गीतमा केन्द्रित छिन्। केही समयपछि विदेशमा गाउने उनको योजना बन्दैछ। फिदिम, धरान र पोखरापछि अरब र कतारमा उनको गायन हुँदैछ। आफूले नयाँ काम नलिएको हुनाले धेरै संगीतकार रिसाएको उनलाई थाहा छ। खुट्टाको लिगामेन्टमा समस्या आएपछि उनले धेरै कामको बोझ उठाएकी छैनन्।६ महिना यता खुट्टा र घाँटीमा केही समस्या आएपछि गायनको मात्रालाई घटाएकी छु। पहिले दिनमा ५ वटासम्म गीत रेकर्ड गर्थें,' उनी भन्छिन्।

0 comments:

Post a Comment