सिनेमा हेर्न पूर्वराजाबादीको फोन

रिलिज सिनेमा ‘देवयानी’लाई धेरैले चर्चित दरबार हत्याकाण्डसँग जोडेर हेरेका छन् । तत्कालिन युवराज दीपेन्द्रकी प्रेमिका देवयानीको नामै राखेर सिनेमा बनाइएकाले पनि मिडियामा यसको चर्चा रोकिएको छैन । जसै, शुक्रबार ‘देवयानी’ रिलिज भयो –निर्माता तथा निर्देशक विजय बस्नेतलाई फोन गरि पूर्वराजा र दरबार निकट व्यक्तिहरूले सिनेमा हेर्ने इच्छा दर्शाएका छन् ।


फोन गरेर फिल्म हेराउन आग्रह गर्ने पूर्वराजा निकट यस्ता आधादर्जन व्यक्तिहरू छन् जसको नामलाई बस्नेत तत्काल सार्वजनिक गर्न चाहँदैनन् । ‘विहिबार बेलुकाबाटै उहाँहरूले फोन गरेर मलाई कुन हलमा कति बजे फिल्म लाग्दैछ, हामीलाई पनि देखाउनुपर्‍यो भन्नुभएको छ’ फोन संवादबारे निर्देशक बस्नेतले मेरोसिनेमासँग भने, ‘सुरक्षासहित विभिन्न कारणले तत्कालै म खुलाउन चाहन्न ।’ सुटिङको बेलैदेखि उनीहरूले फिल्मबारे चासो राखेको विजयले बताए ।

देवयानीको भूमिकामा हिरोइन बिमला केसी छिन् जसको रुप र बानी देवयानीसँग मिल्दोजुल्दो छ । देवयानी राणा राप्रपा नेपालका अध्यक्ष पशुपतिशमशेर जबराकी छोरी हुन् । उनको भारतमा विहे भैसकेको छ । दीपेन्द्रसँगको उनको प्रेम सम्बन्धले दरबार हत्याकाण्ड भएको तत्कालिन सभामुख तारानाथ रानाभाटको प्रतिवेदनले खुलाएको थियो । क्यू च्यानलअन्तर्गत उपत्यकाका १६ हलबाट फिल्म रिलिज भएको छ । निखिल उप्रेती र दिलीप रायमाझी पनि खेलेका छन् ।

0 comments:

Post a Comment