‘म नाङ्गिएकी छैन’

टपलेस र निर्वस्त्र लेखेर विहिबार कतिपय म्यागजिन र ट्याब्लोइडले अभिनेत्री विनिता बरालको फोटो अग्रपृष्ठमा प्रकाशित गरे । एक म्यागजिनले त उक्त तस्विरलाई नेपाली सिनेमामा पहिलो टपलेस फोटो भनेर लेख्यो । अर्को ट्याब्लोइडले ‘निर्वस्त्र विनिता’ भनेर लेख्यो । तर, यथार्थ भिन्न थियो । चलचित्र ‘चपली हाइट’को उक्त फोटो लिक भएको थियो र विनिताका अनुसार उक्त फोटो टपलेस थिएन । विनिताले कालो विकनी र इन्टरवेयर लगाएरै फोटोसुट गरेकी थिइन् ।



आफूमाथि टपलेस फोटो खिचाएको भनेर लागेको आरोपको खण्डन गर्न ‘चपली हाइट’ हिरोइनले शुक्रबार प्रेसमिट समेत आयोजना गरेकी छिन् । ‘वास्तवमा त्यो फोटो अफिसिएल थियो र पोस्टरको लागि मात्र भनेर खिचिएको थियो’ विनिता भन्छिन्, ‘अन्य कुनै प्रयोजनका लागि थिएन तर फोटो लिक गरेर त्यसरी टपलेस भनियो, जुन गलत छ ।’ प्रेसमिटमा उक्त सिनेमाका निर्माता र निर्देशकले पनि स्पष्टोक्ती दिनेछन् ।

प्रेसमिटमा उनले सक्कली फोटो र मिडियामा छापिएका फोटोको स्लाइड सो प्रस्तुत गर्नेभएकी छिन् । ‘वास्तवमा म नाङ्गी होइन भन्ने कुरा उक्त स्लाइडले पुष्टि गर्नेछ’ भन्छिन्, ‘फोटोसप टच गरेर छापिएको फोटोभन्दा ओर्जिनल फोटो फरक छ ।’ डेब्यु हिरोइन विनिताले टपलेस भनेर फोटो प्रकाशित गर्दा आफू मर्माहत भएको बताइन् । ‘चपली हाइट’ पुसमा रिलिज हुँदैछ । ‘चपली हाइट’का लागि राजिव श्रेष्ठले उक्त फोटोहरू खिचेका थिए ।

0 comments:

Post a Comment