आखिर होइन रहेछ विनिताको नाङ्गो तीस्बर,! क्यामेराको खेलले सबैलाई हैरानी

आफ्नो पहिलो सिनेमा 'चपली हाईट'लाई हिट बनाउन दर्शकको आर्कषणको लागी माथि सर्वाङग भएर हिरोको हातले स्तन छोपेको जस्तो तस्वीर खिचाएकी नायिका विनिता बरालले तस्बिरले आफ्नो वेइजती गरेको भन्दै निर्मातालाई टेन्सन दिन थालेपछि ‘चपली हाइट’का दसहजार प्रति पोस्टर जलाइएको छ ।

अभिनेत्री विनिता बरालले प्रेसमिट आयोजना गरि टपलेस र निर्वस्त्र आरोपहरूको खण्डन गरेकी थिइन् । लगत्तै, निर्माताले पोस्टरबाट ती फोटोहरू हटाउने निर्णय गरेका थिए । फिल्मका लागि भनेर खिचिएको उक्त फोटोलाई विनिताले इन्टरवेयर लगाएरै खिचिएकी थिइन् जुन कुरा उनले पछि सार्वजनिक गरिन् । तस्बिरहरु केलाउँदै जाँदा यो क्यामेराको खेल मात्रै भएको तर विनिताको नाङ्गो तस्बिर नभएको पाइएको छ ।
पत्रपत्रिकामा आएको तस्बिर यस्तो थियो :


‘टपलेस’ विवादमा मुछिएको यो सिनेमाका निर्मातालाई सो परिमाण बराबरको पोस्टर र रि–डिजाइनिङसहित अढाइ लाख रुपैंया क्षति समेत पुगेको छ ।

तीस गुणा चालिस साइजका ती पोस्टरलाई बुधबार बिहान जलाइएको निर्देशक दीपेन्द्र के. खनालले बताए । ‘हामीलाई पैसाभन्दा पनि बढी तनाव भएको छ’ उनले भने, ‘टेन्सनसामु अढाइ लाख पनि सानो हुँदो रहेछ ।’

दस हजार पोस्टर रि–डिजाइन र प्रिन्ट गर्नुपर्ने भएपछि निर्माता अर्जुनकुमारलाई थप भार पुग्ने भएको छ । यति मात्र होइन, पुनः पोस्टर छाप्नुपर्ने भएपछि चलचित्रको फस्टलुक, टिजर र म्युजिक रिलिजमा ढिलाइ हुने पक्का भएको छ । यसअघि मंसिर ९ गतेको रिलिजलाई स्थगित गरिएको सिनेमाको अपकमिङ रिलिज पनि अनिश्चित बनेको छ ।

पोस्टरको नयाँ डिजाइनलाई फाइनल गर्ने काम धमाधम भैरहेको छ । यसअघि पोस्टरका लागि खिचिएको फोटोलाई मिडियाले टपलेस भनेर प्रकाशित गरेपछि सिनेमा विवादमा तानिएको थियो ।

0 comments:

Post a Comment