मंसिर लाग्यो, विवाह गर्ने योजना बनाउनुभएको छ कि ?

विवाह गर्ने योजना त बनाएको हो तर केटा खै त ? आफूले मन पराएको केटासँग विवाहको प्रस्ताव राख्न सक्दिनँ। मलाई मन पराउने के टालाई हुन्छ भन्न पनि सक्दिनँ।

दीपाश्री निरौला, हास्यकलाकार

-पंक्तिकारले मंसिर लाग्यो...भन्नेबित्तिकै उनले प्रश्नको आशय बुझिन् र हाँस्न थालिन्) मैले अहिलेसम्म 'मिस्टर राइट' भेटेको छैन। यदि भेटेको भए त यही मंसिरमा विवाह गर्थें होला, त्यसैले अर्को वर्षको मंसिरसम्ममा भेटियो भने विचार गर्नेछु।

बिनिता बराल, नायिका/मोडल




योजना नै त बनाइसकेको छैन, तर विवाहका बारेमा सोचीचाहिँ रहेको छु। यही मंसिरमा त भ्याउन गाह्रो छ तर भनेजस्ती जीवनसंगिनी फेला परिन् भने माघ/फागुनसम्ममा गर्न सकिन्छ।

थिरज राई, गायक

नेपाली समाजमा विवाहका लागि लगन जुनैपर्छ भन्छन्। विवाह गर्न लगन भएको महिना नै चाहिन्छ भनिन्छ, तर म भन्छु मन मिलेपछि जहिले विवाह गर्दा पनि हुन्छ। मेरो अहिलेसम्म कसैसँग मन मिलेको छैन, त्यसैले यो मंसिरमा विवाह होला जस्तो लागिरहेको छैन !

देवराज सुवेदी, आरजे

ओहो, कस्तो रमाइलो प्रश्न सोध्नुभएको म मंसिर -२ गते, आज शुक्रबार उनी जन्म दिन मनाउँदैछन्) मै जन्मिएको हुँ, त्यसैले विवाह त मंसिरमै गर्छु। तर अहिले पहिलो पटक निर्देशक भएर चलचित्र -मेरो जीवन साथी) को छायांकनमा व्यस्त भएकाले विवाह गर्न भ्याइदैन। दुई वर्षपछिको मंसिरमा चाहिँ पक्कै विवाह गर्नेछु !

दिवाकर भट्टराई, निर्देशक

0 comments:

Post a Comment