अक्षय कुमार काठमाण्डूमा !

पछिल्लो समय बलिउड र हलिउडका कालाकारहरू नेपाल आउने लहरनै चलेको छ । तर उनीहरूको नेपाल यात्रा आउनका लागि आएको र जानका लागि गएको मात्र भएको छ । यसै बीच भारतीय स्टार अक्षय कुमार नेपाल आएको खबर प्राप्त भएको छ ।उनी शुक्रबार अपरान्ह आफू निकट भारतीय चलचित्रकर्मीको साथमा काठमाण्डू आएको बुझिएको छ । उनी काठमाण्डू ओर्लिएलगत्तै बौद्धमा रहेको हायात होटलमा बसेको बताईएको छ । तर उनी के कामका लागि र किन नेपाल आएको भन्ने कुरा खुल्न सकेको छैन । पछिल्लो समय एक टेलिभिजन च्यानलमा स्टण्डमा आधारित कार्यक्रम खतरोका खेलाडी सञ्चालन गरिरहेका अक्षयले सो कार्यक्रमको नयाँ सिजनको लागि छायाकंन स्थल नेपाल बनाउने बुझिएको छ । तर यो कुरा पुष्टी भैसकेको छैन । बुझिए अनुसार खतरोका खेलाडीका लागि उनी बन्जी जम्पको स्टण्ड नेपालमा गर्न चाहान्छन । जसका लागि उनी एकसाता नेपाल बस्ने बुझिएको छ ।

0 comments:

Post a Comment