मंसिरका ‘मस्ट एलिगेबल ब्याचलर’

अभिनेता
राजेश हमाल :
ज्योतिषको प्रक्षेपणलाई पत्याउने हो भने महानायक हमालले अझै दुईवर्ष अविवाहितकै स्थिती ब्योहोर्नुपर्नेछ । महानायक यतिबेला नेपाली सिनेमाका सबैभन्दा एलिगेबल ब्याचलर हुन् । उनी जुनसुकै शैली, पृष्ठभूमि र माध्यमका समारोहमा जाऊन, विहे कहिले गर्ने भन्ने प्रश्नले उनलाई आच्छु–आच्छु पार्छ । हमालकी प्रेमिका छिन् –मधु केसी (भट्टराई) । तस्विर सार्वजनिक नभैसकेकाले उनलाई अर्धभूमिगत भन्दा हुन्छ । हमाल लगातार उनीसँग डेटिङ गरिरहेका छन् र उनकै भनाइमा दही जम्ने प्रक्रिया जारी छ । उनका विहेबारेका अनेक स्क्यान्डलहरूबारे चर्चा नगरौं ।



आर्यन सिग्देल :
नेपाली सिनेमाका लभरब्वाइ र महंगा हिरो आर्यन प्रेम र विहेको मामिलामा अन्तर्मुखी छन् । उनको बुझाइमा विहे खुला किताबजस्तो होइन । भलै, मिडियाले उनको विहे र प्रेमबारे जेसकुै लेखून, आर्यन अविवाहित नै हून । आर्यन नेपाली युवती र ठिटीबीच सबैभन्दा बढी रुचाइएका हिरो हुन् । उनका जति क्रेजी केटीहरू फ्यानहरू सायदै अरुका छन् । उनको पछिल्लो बर्थडेमा सबैभन्दा पहिलो शुभकामना र गिफ्ट दिने केटी (?) को हुन् उनीबारे खोजी जारी छ यद्यपी मोस्ट एलिगेबल ब्याचलर आर्यन चाँडै घरजम गर्न चाहन्छन् ।


राजवल्लभ कोइराला :
तालनगरीका ठिटो राजवल्लभ कोइराला पर्दाका लभरब्वाइ हुन् । राज पनि प्रेम र विहेको मामिलामा निकै अन्तर्मुखी छन् । केटी फ्यानहरू बढी हुने सूचिमा राज पनि पर्छन् । कवि मनका वल्लभको सम्भावित विहेबारे मिडियाले जेसुकै सम्प्रेषण गरुन, यसप्रति उनलाई चासो छैन तर, राजवल्लभ विहेसँगको दूरी निर्माण चाहँदैनन् । उनी नेपाली सिल्भर स्क्रिनमा सर्वाधिक रुचाइएका लभरब्वाइ हुन् । पर्दामा त उनले धेरैपटक विहे र प्रेम गरे, अब रिएल लाइफको विहे भने कहिले गर्छन्, प्रतिक्षाको कुरा ।


अनुप बराल :
नेपाली रंगमंच र सिनेमाका हिरो अनुप बराल अर्का मस्ट एलिगेबल ब्याचलर हुन् । यिनी पनि विहे र प्रेमबारे दार्शनिक तर्क गर्न रुचाउँछन् । उनको कसैसँग प्रेम गर्छन् भनिन्छ तर पुष्टि गर्न मिल्ने चाहिँ छैन । रजतपटभित्रको एउटा क्लासमा अनुपका फ्यानहरू निकै धेरै छन् । तीसभन्दा माथिको छेकोमा जीवन बाँचिरहेका अनुपले विहे चाँडै गर्नेछन्, चालु मंसिरमा चाहिँ होइन । उनी युवतीहरूमाझ रुचाइएका भर्सटाइल एक्टर हुन् ।



महेश शाक्य :
मेट्रोसेक्सुअल लुक्सका महेश विन्दास छन् । पछिल्लो समय उनको जीवनमा ठूलो आध्यात्मिक मोड आएको ठानिन्छ । उनको विहे र अफेयरबारे अपुष्ट चर्चाहरू चल्ने गरेपनि तिनले आकार लिइसकेका छैनन् । नेपाली रजतपटमा सबैभन्दा अन्तर्मुखी हिरो हुन् महेश । केटी फ्यानबीचमा यिनको क्रेज पनि निकै छ । खासगरि नेपाली दर्शकअन्तर्गतको एउटा वर्गले कर्मलाई रुचाउँछ । त्यो क्लासबीचमा उनी लोकप्रिय छन् । ‘फस्टलभ’ रिलिज भैसकेपछि त उनलाई प्रपोज गर्नेहरू धेरै थिए भनिन्छ । नेपाली सिनेमाका यी अनुशासित अभिनेता विहेबारे भने अहिल्यै उति कम्फर्टेवल छैनन् । गो महेश गो !

अभिनेत्री
नम्रता श्रेष्ठ :
समकालिन चलचित्र क्षेत्रमा रुचाइएकी हिरोइन हुन् डिभा नम्रता । मोडलिङको पृष्ठभूमिबाट सिने अभिनयमा जम्प गरेकी धराने नम्रता मस्ट एलिगेबल ब्याचलर हुन् । समाचारहरूमा उनको अफेयरबारे पनि खबर प्रकाशित गरेको पढिन्छ । तर, नम्रता चाँडै विहे गर्ने तयारीमा चाहिँ छैनन् । युवापुस्ताबीच नम्रताको क्रेज जबर्जस्त छ ।




निशा अधिकारी :
भलै, निशाले अस्वीकार गरुन, समाचारका अनुसार एकजनासँग व्रेकअप भएको खबर बाहिर आएको थियो । त्यो व्रेकअपको स्वाद पछि निशाको प्रेम र विहेबारे उति चर्चा सुनिँदैन । तर, उनले केही समयअघिको एउटा अन्तवार्तामा केहीवर्षमा बुझ्ने र लायक केटासँग विहे गर्ने भनेकी थिइन् । निशा पनि नेपाली युवापुस्तामा रुचाइएकी हिरोइन हुन् । मोडलिङको पृष्ठभूमिबाट रजतपटमा छिरेकी उनी स्थापित हुन संघर्ष गरिरहेकी छिन् ।



नन्दिता केसी :
समकालिन नेपाली सिनेमामा रुचाइएकी हिरोइन हुन् नन्दिता । विहेका लागि योग्य हिरोइनबीच नन्दिता परेपनि उनको कसैसँग अफेयर छैन रे ! प्रेमप्रस्ताव गर्ने त धेरै छन् तर उनले हरियो झन्डा चाहिँ देखाइसकेकी छैनन् । फिगर, सौन्दर्य र अभिनयले रुचाइएकी नन्दिता तत्काल विहेबारे आफूले केही नसोचेको बताउँछिन् ।









दिया मास्के :
थिएटर टर्न्ज सिनेमा हिरोइन दिया मास्के भलै विहेबारे बोल्न चाहँदिनन् यद्यपी, उनी विवाह योग्य अभिनेत्री हुन् । उनको अफेयरबारे पनि बेला–बेला मिडियामा चर्चा चल्ने गर्छ । ‘स्नो फ्लावर्ज’मा समलिंगी युवतीको भूमिकामा अभिनय गरेपछि भने दियाले विहेको परम्परागत मान्यतालाई चुनौति दिएकी छिन् । योङ्स्टर्समा दियाको क्रेज निकै बढी छ ।




विनिता बराल :
‘चपली हाइट’ डेब्यु हिरोइन विनिता लायकको केटा पाए अर्को वर्ष नै विहे गर्न चाहन्छिन् । ‘यो मंसिर त छुटिगयो’ उनले भनिन्, ‘बुझेको र मनखाने केटा पाए विहे पक्का हुन्छ ।’ अहिलेसम्म ब्वाइफ्रेन्ड नबनाएकी विनिता एरेन्ज म्यारिज गर्न चाहन्छिन् । सौन्दर्य र अभिनयले रुचाइएकी विनिता केही वर्ष करियरबारे सोच्ने बताउँछिन् । जेहोस, उनी नेपाली सिनेमाकी मस्ट एलिगेबल ब्याचलर गर्ल हुन् ।



साभार: मेरो सिनेमा

0 comments:

Post a Comment