मण्डपमा वस्दा समय काट्नै गाह्रो भो : निरज बराल (नायक)

रिल लाईफमा थुप्रै पटक वेहुलाको भुमिका निभाएका 'कुसुमे रुमाल-२' डेव्यु हिरो निरज बराल गत मंसिर ६ गते मंगलबार रियल लाईफमा नै वेहुला बनेका छन् । करिव पांच वर्ष अघि देखि झापाकी निवेदिता ढकालसंग प्रेम गरिरहेका निरजले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका हुन् । व्रेक फेल स्टार निरजले कतार एयररवेजकी एयर होस्टेज निवेदितासंग हिन्दु संस्कार अनुरुप नै विवाह सम्पन्न गरेका हुन् । प्रस्तुत छ नव दुलाहा निरजसंग विवाह सम्वन्धमा रहेर बुटवलका रंगपत्रकार संजय सौगातले गरेको कुराकानी-

विवाह वन्धनमा बाधिनुभएको छ, कस्तो लागिरहेको छ ?
विल्कुलै फरक अनुभुती गरिरहेको छु । रिल लाईफमा र रियल लाइफमा विवाह विल्कुलै फरक हुदो रहेछ । रिल लाइफको विवाह एक्सन कटमा सकिन्थ्यो तर यो विवाह त बाचुन्जेल सम्मका लागि जोडिएको छ । रिल लाइफमा विवाह गर्दा रमाइलो अनुभुती हुन्थ्यो तर साँच्चिकै रियल लाइफमा विवाह गर्दा भने मान्छे गम्भिर हुने रहेछ । किनकी उसको जीवनशैलीले नै विवाहको दिनदेखि नयाँ शैली लिंदो रहेछ । मलाई पनि त्यस्तै भएको छ । भविष्यको वारेमा पनि केही सोच्न बाध्य बनाएको छ ।


विवाहको मण्डपमा वस्दा तपाईंले कस्तो अनुभव गर्नुभयो ?
साँच्चै नै विवाह मण्डपमा वसिसकेपछि समय काट्न निकै गाह्रो पर्दो रहेछ । रिल लाइफमा त दुई चार मिनेटमै विवाह सकिन्थ्यो खासै वोर हुन्थेन रमाइलो लाग्थ्यो तर साँच्चिकै विवाहमा भने तीन चार घण्टाको त्यो समय विताउन निकै गाह्रो पर्‍यो ।

विहे गर्ने सोच पहिले तपाईंले बनाउनुभएको हो की निवेदिता जीले ?
पाँच वर्षको प्रेम सम्वन्ध पछि हामी दुवैले नै सोच बनाएका हौं । किनकी प्रेम सम्वन्धलाई धेरै लामो समय सम्म राख्नु पनि उपयुक्त हुन्न भन्ने हाम्रो सोचाई थियो ।

विवाह पछि एक दिनमै आफुलाई कत्तिको परिवर्तन भएको अनुभव गर्नु भयो ?
परिवर्तनको अनुभुती गरेको छु किनकी हिजो सम्म म एक्लै थिएँ अव दुई जना भएका छौं । साथै अर्काकी छोरीलाई जिम्मा लिएपछि उसको भविष्यको वारेमा पनि सोच्नु मेरो दायित्व हो । त्यस वारेमा पनि मैले अहिलेदेखि नै सोच्न थालिसकेको छु । त्यसैले पनि आफुलाई परिवर्तन भएको महसुस गरेको छु ।

विवाह पछिको योजना के छ ?
खासै त्यस्तो महत्वपुर्ण योजना त अझै बनाएको छैन । अवको दाम्पत्य जीवन सुखमय तरिकाले विताउने सोचमा छु । साथै दुवैको करिअरलाई पनि राम्रो संग अगाडि बढाउने सोचमा छु । त्यस्तै अव लगत्तै सुरेश दर्पण पोखरेलको निर्देशनमा वन्न लागेको चलचित्र 'थ्री लर्भस' सँगै राम्रा राम्रा चलचित्रमा काम गर्ने योजनामा छु । क्वान्टिटी हैन क्वालिटीमा ध्यान दिनेछु ।

0 comments:

Post a Comment