दुई अभिनेताका लागि आज बिशेष दिन

दुई अभिनेताका लागि आजको दिन विशेष हुने छ ! कारण भर्खरै उदाउदै गरेका नायक निरज बराल आज बैबाहिक बन्धनमा बाधिदैछन् भने सदाबहार अभिनेता भूवन केसीले आज छोरीको विबाहको भब्य रिसेप्सन पार्टीमा बिशिष्ट चलचित्रकर्मी, संगीतकर्मी र राजनीतिक कर्मीलाई छोरी ज्वाई चिनाउदैछन् ।

भुवनको जेठी श्रीमती विजया पट्टीको छोरी काजोलको विवाह हिजो सोमबार भएको थियो जस अनुरूप छोरी ज्वाईलाई बधाई एवं शुभकामना दिन उनले भ्याएसम्म नजिक रहेका आफ्ना शुभचिन्तकलाई रिसेप्सन पार्टीमा डाकेका छन् ।
सिनामंगल स्थित उनको निवासमा आयोजना हुने आजको रात्रीभोज अविस्मरणीय हुने समेत बताईएको छ । जहाँ भब्य सागीतिक माहोल पनि हुदैछ ।

यस्तै पूर्वाञ्चल भद्रपुरका ह्ययाण्डसम हिरो निरज शनिश्चरेकी निवेधिता ढकालसंग आज लगनगाठो कस्दै छन् । पारिवारिक सर्त भन्दै विवाह हुने दिन बताउन नचाहेका निरज आजै सयौ जन्ती लिएर निवेधिताको घर पुगेको बुझिएको छ । उनी एक साता अघि विवाहको लागि गृहनगर भद्रपुर गएका थिए । उनको बैबाहिक कार्यक्रम पनि भब्य हुने बताईएको छ । तर चलचित्र क्षेत्रसंग सम्बन्धीत कोही पनि ब्यक्ति उनले आफ्नो विवाहमा लगेका छैनन् । गोप्य रूपमा बैबाहिक बन्धनमा बाधिन लागेका निरजले काठमाण्डू फर्किए लगत्तै चलचित्रकर्मीका लागि भेटघाटको कार्यक्रम राख्ने बुझिएको छ ।

0 comments:

Post a Comment