निखिल र संचिताको बिवाह हल्ला मात्र


प्रेमलाई बिवाहको नाम दिदै छुट्टै संसार बनाउन मुम्बई हानिएका नायक निखिल उप्रेती र नायिका संचिता लुइटेलको सम्बन्धको नयाँ रहस्य पत्ता लागेको छ । एक विश्वस्निय स्रोतले दिएको जानकारी अनुसार उनीहरूबीचको सम्बन्ध केबल प्रेमी र प्रेमिका बाहेक अरू केही नभएको दाबी गरेको छ । हाल मुम्बई स्थित अधेरी वान्द्रामा एक फ्ल्याटमा बस्दै आएका उनीहरूबीचको सम्बन्धले सबै सिमा नाघेपनि संचिताको सिउँदोमा निखिलले सिन्दुर भने हाल्न बाकी रहेको बताइएको छ ।

कोपिला उप्रेतीसंग विद्रोह बिवाह गरी एक सन्तानका पिता समेत बनेका निखिलले सोही बच्चाको कारण संचिताको सिउँदोमा सिन्दुर हाल्न नसकेको स्रोतले दाबी गरेको छ । स्रोतले दिएको जानकारी अनुसार आगामी भदौ २२ वा २४ गते एउटा फिल्मको सुटिङ्गको लागि निखिल नेपाल आउने करिब पक्का भईसकेको छ । यध्पी २४ वा २५ गते निखिल नेपाल नआए ३१ गते सो चलचित्रको सुटिङ्गको लागि उनी दार्जिलङ्गमा उपस्थित हुने शतप्रतिशत निश्चित भईसकेको छ ।

परिवारको सहमति विना आकाश शाहसंग बिवाह बन्धनमा बाधिएकी नायिका लुइटेलले केही समय पछी शाहसंग छोडपत्र गरी नायक निखिलसंग प्रेमको कोपिला फुलाउदै मुर्म्बई हानिएकी थिइन् । यस्तै केही हप्ता अघि भाकल पुरा गर्न नेपाल आएकी एक संचिता पूर्णरूपमा बिवाहित महिला जस्तै देखिएकी थिइन्

कलेक्सनमा उतारचढाव


मंगलबारसम्म प्रदर्शन भैरहेका नेपाली चलचित्रको कलेक्सन-ग्राफ उक्लँदो र ओरालो लाग्दो दुवै अवस्थामा छ । डिजिटल सिनेमा नेपालले वितरण गरेको चलचित्र 'कोही…मेरो'ले आइतबारको 'ड्रपआउट'पछि सन्तोषजनक पिकअप गरिरहेको छ । दोस्रो सातामा प्रदर्शन भैरहेका चलचित्रहरु 'नाइँ नभन्नु ल' र 'कानुन'ले आफूलाई पहिलो साताको तुलनामा सन्तुलनमा उभ्याउन सकेका छैनन् । वितरकहरुका अनुसार मंगलबारसम्म 'कोही…मेरो'को ग्रस कलेक्सन ४० लाख, दोस्रो सातामा चलिरहेका 'नाइँ नभन्नु ल'को कलेक्सन ५५ लाख र 'कानुन'को ग्रस कलेक्सन ४५ लाख छ । वितरक सुनिल मानन्धरका अनुसार आफूद्धारा वितरित पछिल्ला दुई चलचित्रको कलेक्सनमा पहिलो साताको तुलनामा २५ प्रतिशतले गिरावाट आएको छ । 'दोस्रो सातामा फिल्मले पिकअप लिन सकेनन्' मानन्धरले मेरो सिनेमासँग भने ।

'कोही…मेरो'ले आइतबारबाहेकका चार दिनमा कलेक्सनमा पिकअप गरिरहेको जानकारी डिजिटल सिनेमा नेपालका वितरण प्रमुख सुरज पोखरेलले दिए । 'खराब मौसमले गर्दा पनि हुनसक्छ आइतबार चलचित्र लगभग 'ड्रपआउटु रह्यो' पोखरेलले भने 'तर त्यसपछिका दिनमा भ्याली र भ्याली बाहिर कलेक्सन सन्तुलित छ ।' कलेक्सनको यही गति रहिरहेमा पहिलो साता चलचित्रले पिकअप राम्रो गर्ने आशा उनले ब्यक्त गरे । उनका अनुसार 'कोही…मेरो'को ब्यापार सिङ्गल स्क्रिनमा भन्दा मल्टिप्लेक्समा राम्रो छ । 'ओपनिङ भन्दा पछिल्ला दिनमा चलचित्र हेर्ने र बुझ्ने ट्रेन्ड सुरु भएको छ' उनले भने 'कोही…मेरो'लाई सुरुमा नबुझेकाहरुले पछिल्ला दिनमा हेर्न आइरहेका छन् ।'

श्वेता राष्ट्रपतिसँग बेइजिङ


हिरोइन श्वेता खड्का बुधबार बेइजिङ उड्दैछिन् । अभिनेता श्रीकृष्ण श्रेष्ठले बेइजिङ यात्रा स्थगित गरेपछि विकल्पमा श्वेता जान लागेकी हुन् । चलचित्र 'कहाँ भेटिएला'को हिट जोडीको केमेष्ट्री मिलेको चर्चा भैरहँदा श्वेताको बेइजिङ यात्राले चर्चालाई बल पुर्‍याएको छ । बुधबार राती राष्ट्रपति र परराष्ट्रमन्त्रीसहित विशेष विमानबाट श्वेता चीनको राजधानीतर्फ उड्नेछिन् ।

चीनमा आयोजित साङ्घाइ एक्स्पोको 'नेपल्स डे'मा नेपाली सांस्कृतिक टोलीको नेतृत्व श्वेताले गर्नेछिन् । 'उक्त एक्स्पोमा मैले नेपाली सांस्कृतिक नृत्य र झाँकी प्रस्तुत गर्नेछु' चलचित्र 'श्रीमान-श्रीमती'को सुटिङमा ब्यस्त हिरोइनले सुनाइन् 'श्रीकृष्णजीले भ्रमण क्यन्सिल् गरेपछि मलाई पठाउन लागिएको हो ।' उक्त एक्स्पोमा अन्य देशका फिल्मी स्टारहरुले पनि सहभागिता जनाउनेछन् ।श्वेताले त्यहाँ सात दिन बिताउनेछिन् । 'लामो समय बस्दिन' उनी भन्छिन् 'फिल्मको सुटिङले हतार भैरहेकाले भ्रमण छोट्याएकी हुँ ।' श्वेताले 'श्रीमान-श्रीमती'बाहेक शिव रेग्मीको 'मन्जरी' र अर्को एक फिल्ममा साइन गरिसकेकी छिन् । गतवर्षको उत्कृष्ट हिरोइनका रुपमा राष्ट्रिय फिल्म अवार्ड जितेपछि श्वेताको चर्चा चुलिएको छ ।

ऋचा प्रेगनेन्ट भएको आशंका


नायिका ऋचा घिमिरेलाई आजकल धेरै टेनसन हुन थालेको छ । कारण ? उनी प्रेगनेन्ट भईन अरे...१० दिन अघि कगारूको देश अष्ट्रेलियाबाट थप ७ किलो वजन सहित नेपाल फर्किएकी नायिका ऋचाका नजिकका साथीहरू र केही चलचित्र कर्मीहरूले उनलाई गर्भवती भएको प्रश्न गरेपछी उनको दिमाग खराब भएको हो । साविकको तौल भन्दा सात किलो वजन बढेपछी उनको शरिर पहिलाको भन्दा केही भद्दा भएको छ । जसले गर्दा उनलाई धेरैले भद्दा देखिइस भन्दै गाली गर्न थालेका र केहीले प्रेगनेन्ट भईस भनेर अडकल समेत काटेका छन् ।

नायिका रेखा थापालाई उनी मोटाएको मन परेको छ भने नायक भुवन केसीलाई उनी मोटाएको पट्टक्कै मन परेको छैन । केही दिन अघि भुवन को छैठौ चलचित्र "साथी म तिम्रो" को डबिङमा नायक केसीले "ऋचा त साह्रै मोर्टाईस र नराम्री पनि भईस" भनेका थिए । आफ्नो भद्दा शरिरको कारण चौतर्फी नेगेटिभ कमेन्ट खेपिरहेकी ऋचा शरिरलाई पुरानै ढाचामा ल्याउन कडा ब्ययाम गर्न थालेकी छिन् । यस्तै शरिरको साइज घटाउन ६ दिन देखि मर्निङ वाक गर्दै आएकी ऋचाले तीन दिन यता आफ्नो ब्ययामलाई अझ कडा बनाउदै लगेकी छिन् । दैनिक बिहान ६ बजे देखि १ घण्टा उनी पशुपतिको मृगस्थली पुगी विभिन्न ८ शिर्षकको व्ययाम गर्छिन भने मृगस्थलीमा रहेको विश्वरूपको मन्दिरलाई दौडेर ५ पटक परिक्रममा गर्न थालेकी छिन् । व्ययाम गर्दै गरेको अवस्थामा मंगलबार बिहान मृगस्थलीमा भेटिएकी नायिका घिमिरेले'मोटाएको आफ्नो शरिर देखेर सवैले कमेन्ट गरे अनि एक्ससाइज गर्न सुरू गरेको' बताइन् । यध्पी आफ्नो शरिर मोटाएको मात्र हो भन्दै उनले प्रेगनेन्ट चाहि नभएको खुलस्त पारिन ।

आशिर्वाद माग्दै शोभित

फिल्म रिलिज अघि वा पछि निर्माता/निर्देशक शक्तिपीठ धाउने ट्रेन्ड नयाँ होइन । निर्देशक आलोक नेम्वाङ आफू निर्देशित दोस्रो फिल्म रिलिज अघि तीनवटा महत्वपूर्ण शक्तिपीठ पुगेर पूजा गरे । अहिले त्यही ट्रेन्डलाई पछ्याएका छन् निर्माता/निर्देशक शोभित बस्नेतले । अपेक्षाकृत राम्रो ब्यापार नगरिरहेको चलचित्र 'कन्यादान'का निर्माता समेत रहेका शोभित सोमबार विहानै वितरक कृष्ण कार्कीलाई लिएर गोरखाको शक्तिपीठ मनकामना हानिएका थिए ।

केवुलकार चढेर मनकामना पुगेका शोभितले के आशिर्वाद मागे त्यो त उनैले जानुन तर, कन्यादान सफल भएपछि मनकामना आएको दावी उनको थियो । तर, त्यो सफलताको आधार उनले खुलाएनन् । 'कन्यादान सफल भएपनि आउने अठोट पहिल्यैदेखि थियो र आएको हुँ' शोभित भन्छन् 'व्यवसायिक सफलताको आशिर्वाद पनि मागें ।' कन्यादान 'सफलता'को पछाडि मनकामनाको हात रहेको दावी उनको थियो । शोभितको होम प्रोडक्सनको अर्को फिल्म 'चिनो' पुस २९ मा रिलिज हुँदैछ भने अर्को फिल्म 'राज'ले पनि रिलिजको मिति कुरेर बसिरहेको छ ।

मिस नेपाल शुभेच्छा


कुरा यो साता हुने मिस नेपाल ब्यूटि पेजेन्टको होइन । न त हिरोइन शुभेच्छा थापा नै मिस नेपाल भएकी हुन् । तर उक्त मिस नेपालको सन्दर्भलाई लिएर हिरोइन शुभेच्छाले चलचित्र 'मिस नेपाल' निर्माण गर्न लागेकी छिन् । र्र्‍याम्पमा क्याटवाक गर्दैमा मिस नेपाल भइँदैन भन्ने सन्देश चलचित्रले बोक्नेछ । स्क्रिप्ट तयार पार्दैछन् लेखक अविनाश श्रेष्ठ ।

'चलचित्रले मिस नेपालको विरोध गरेजस्तो पनि लाग्छ' हिरोइन हुँदै निर्मात्री बन्न लागेकी सुभेच्छाले मेरो सिनेमासँग भनिन् 'महिलाले आफ्नो प्रतिभा स्थापित गर्न कत्तिको संघर्ष गर्नुपर्छ भन्ने कुरालाई प्रस्तुत गरिनेछ ।' झन्डै एकदर्जन चलचित्रमा अभिनय गरिसकेकी यी हिरोइनको होम प्रोडक्नसनमा चलचित्र 'मिस नेपाल' निर्माण हुनेछ । फिल्ममा सुभेच्छा स्वयमको मुख्य भूमिका रहनेछ भने अन्य एक्टस्र तय भैसकेको छैन । चलचित्रमा सुभेच्छाले घोडाचढी, स्विमिङ, ड्राइभिङ पनि गर्नेछिन् । निर्देशकको नाम भने खुलाइनन् उनले । उनको होम प्रोडक्सनको पहिलो चलचित्र 'को हो म ? निर्माण भैसकेपछि मात्र 'मिस नेपाल'को काम सुरु गरिने जानकारी सुभेच्छाले दिइन् ।

ह्याप्पी बर्थडे राजवल्लभ


हिरो राजवल्लभ कोइराला सोमबारदेखि २९ वर्ष लागेका छन् । पोखराको गैरपाटनमा पहिलो पाइला टेकेका यी अभिनेताको भदौ १४ गते जन्मदिन हो । उनको फिल्मी करियर भने चारवर्षको शिशु नै छ । चलचित्र 'पर्खिबसेँ'बाट राजवल्लभले डेब्यु गरेका थिए ।

आफ्नो जन्मदिनमा उनले औपचारिक जमघटको आयोजना गरेका छैनन् । बेलुका आफ्नै परिवारसँग जन्मदिन मनाउने योजना छ उनको । सोमबार उनलाई बधाइ दिनको ओइरो नै लाग्यो । कल, एसएमएस र फेसबुकको भित्तामा 'ह्याप्पी बर्थडे राजवल्लभ' लेखिएको छ ।

चारवर्षे फिल्मी करियरमा उनले १७ वटा चलचित्रमा खेलेका छन् । बुधबार अपकमिङ प्रोजेक्ट 'मलाई मनपर्यो'को सुटिङका लागि उनी बैंकक हानिँदैछन् । 'पहिचान र दर्शकहरुको माया मेरो उपलब्धी हो' मेरो सिनेमासँग कुरा गर्दै उनले भने 'जन्मदिनको दिनमा करियरप्रति प्रतिबद्ध रहने संकल्प र अठोट लिएको छु ।'

क-कसले जिते अवार्ड ?

राष्ट्रिय चलचित्र पुरस्कारको पूर्ण विवरण प्रस्तुत गरेका छौं ।

वर्ष २०६६ को राष्ट्रिय चलचित्र पुरस्कार
आदिवासी जनजाति चलचित्रतर्फ
सर्वोत्कृष्ट पुरुष अभिनय : प्रेमलाल चौधरी (डगर)
सर्वोत्कष्ट महिला अभिनय : मेलिना मानन्धर (बाला मयजु)
सर्वोत्कृष्ट लेखन : सुरेश गावा
सर्वोत्कृष्ट चलचित्र : बाला मयजु

जुरी अवार्ड : चलचित्र दासढुंगा
सामाजिक जागरणमुलक चलचित्र : दशगजा
सर्वोत्कृष्ट चलचित्र : छोडी गए पाप लाग्ला
सर्वोत्कृष्ट निर्देशक : उज्वल घिमिरे (छोडी गए पाप लाग्ला)
सर्वोत्कृष्ट अभिनेता : अनुप बराल (दासढुंगा)
सर्वोत्कृष्ट अभिनेत्री : सँचिता लुइँटेल (छोडी गए पाप लाग्ला)
सर्वोत्कृष्ट सह-अभिनेता : दयाहाङ राई (दासढुंगा)
सर्वोत्कृष्ट सह-अभिनेत्री : सृजना बस्नेत (संघर्ष जिन्दगीको)
सर्वोत्कृष्ट लेखन : शिव रेग्मी (हाँसिदेऊन एकफेर)
सर्वोत्कृष्ट छायांकार : दीपक बज्राचार्य (छोडी गए पाप लाग्ला)
सर्वोत्कृष्ट सम्पादक : दीपेश श्रेष्ठ (दासढुंगा)
सर्वोत्कृष्ट पुनध्वन्र्याङ्कन : भीम तुलाधर (मेरो एउटा साथी छ)
सर्वोत्कृष्ट श्रृङ्गारक : राजु वाइवा (इकु)
सर्वोत्कृष्ट पाश्र्वसंगीतकार : सुजिल कर्माचार्य (मेरो एउटा साथी छ)
सर्वोत्कृष्ट द्धन्द्ध-निर्देशक : हिमाल केसी (हाँसिदेऊन एकफेर)
सर्वोत्कृष्ट पाश्र्वगायक : दीपक लिम्बु (छोडी गए पाप लाग्ला)
सर्वोत्कृष्ट पाश्र्वगायिका : अन्जु पन्त (छोडी गए पाप लाग्ला)
सर्वोत्कृष्ट संगीतकार : सुरेश अधिकारी (छोडी गए पाप लाग्ला)
सर्वोत्कृष्ट गीतकार : कृष्णहरि बराल (हिफाजत)
सर्वोत्कृष्ट नृत्यनिर्देशक : रेनासा राई (मेरो एउटा साथी छ)

वर्ष ०६५ को राष्ट्रिय चलचित्र पुरस्कार
आदिवासी जनजाति चलचित्रतर्फ
सर्वोत्कृष्ट चलचित्र : पटाचारा (नेपाल भाषा)
सर्वोत्कृष्ट लेखन : ओमप्रकाश चौधरी
सर्वोत्कृष्ट निर्देशक : रामकृष्ण खड्गी (पटाचारा)
सर्वोत्कृष्ट अभिनेत्री : मेलिना मानन्धर (पटाचारा)
सर्वोत्कृष्ट अभिनेता : तेजकुमार तामाङ (गोदेवा)

सर्वोत्कृष्ट चलचित्र : कहाँ भेटिएला
सर्वोत्कृष्ट निर्देशक : शिव रेग्मी (कहाँ भेटिएला)
सर्वोत्कृष्ट अभिनेता : आर्यन सिग्देल (मौसम)
सर्वोत्कृष्ट अभिनेत्री : श्वेता खड्का (कहाँ भेटिएला)
सर्वोत्कृष्ट सह-अभिनेता : श्याम राई (सुन्दर मेरो नाम)
सर्वोत्कृष्ट सह-अभिनेत्री : मिथिला शर्मा (मिस्टर मङ्गले)
सर्वोत्कृष्ट लेखन : नयनराज पाण्डे (मैना)
सर्वोत्कृष्ट छायांकन : धीरजजङ्ग शाह (सानो संसार)
सर्वोत्कृष्ट सम्पादक : रजनीनाथ पन्त (कहाँ भेटिएला)
सर्वोत्कृष्ट पुनध्र्वान्याङ्कन : निर्णय अर्याल (मैना)
सर्वोत्कृष्ट श्रृङ्गारक : रवि केसी (मैना)
सर्वोत्कृष्ट द्धन्द्धनिर्देशक : राजेन्द्र खड्गी (कहाँ भेटिएला)
सर्वोत्कृष्ट पाश्र्वसंगीत : जुगल डँगोल (मैना)
सर्वोत्कृष्ट पाश्र्वगायक : राजेशपायल राई (सिलसिला)
सर्वोत्कृष्ट पाश्र्वगायिका : अन्जु पन्त (सिलसिला)
सर्वोत्कृष्ट संगीतकार : बसन्त सापकोटा (सिलसिला)
सर्वोत्कृष्ट गीतकार : किरण खरेल (जीवनमृत्य)
सर्वोत्कृष्ट नृत्यनिर्देशक : बसन्त श्रेष्ठ (कहाँ भेटिएला)

वर्ष ०६३ को राष्ट्रिय चलचित्र पुरस्कार
सर्वोत्कृष्ट छायांकार : दीर्घ गुरुङ (भरोसा)
सर्वोत्कृष्ट अभिनेत्री : रेखा थापा (हिम्मत)
सर्वोत्कृष्ट अभिनेता : भुवन केसी (दुनियाँ)
सर्वोत्कृष्ट निर्देशक : शिव रेग्मी (दुनियाँ)
सर्वोत्कृष्ट चलचित्र : अल्पविराम
सर्वोत्कृष्ट चलचित्र निर्माण प्रयास : झाँक्री
सर्वोत्कृष्ट प्रशंसनिय अभिनय : रमा थपलिया (अल्पबिराम)

बाजी मार्‍यो 'छोडी गए पाप लाग्ला'ले

चलचित्र 'छोडी गए पाप लाग्ला'ले यसबर्षको राष्ट्रिय चलचित्र पुरस्कारमा बाजी मारेको छ । उत्कृष्ट चलचित्रसहित यसले सात विधामा आफ्ना जीत दर्ता गर्र्‍यो । गोपीकृष्ण मूभिजको ब्यानरमा निर्मित यो चलचित्रले आफूलाई ०६६ सालको उत्कृष्ट चलचित्रका रुपमा स्थापित गर्‍यो ।

सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेत्री, छायांकार, पाश्र्वगायक, पाश्र्वगायिका र संगीतकार गरि सात विधामा 'छोडी गए पाप लाग्ला'ले अवार्ड प्राप्त गर्‍यो । अर्को चलचित्र 'दासढुंगा'ले चाहिँ स्पेसल जुरी अवार्ड, अभिनेता, सम्पादक र सह-अभिनेता गरि चार विधामा अवार्ड जित्यो । आगामी शुक्रवार रिलिज हुने यो चलचित्रका अनुप बराल यसवर्षको सर्वोत्कृष्ट हिरो बने ।

अर्को डिजिटल चलचित्र 'मेरो एउटा साथी छ'ले नृत्य निर्देशक, पाश्र्वसंगीतकार र पुनध्र्वान्याङ्कन विधामा अवार्ड कब्जा गर्‍यो । द्धन्द्धनिर्देशक र लेखन गरि दुई विधामा 'हाँसिदेऊ न एकफेर'ले अवार्ड जित्यो । यसवर्षको आदिवासी जनजातितर्फ नेपाल भाषाको 'बालां मैजु' सर्वोत्कृष्ट चलचित्र बन्यो । यो फिल्मले उत्कृष्ट चलचित्र, अभिनेत्री र निर्देशकको विधामा जनजाति अवार्ड जितेको छ । 'दशगजा' यो वर्षको सर्वोत्कृष्ट सामाजिक जागरणमुलक चलचित्र बन्यो ।

'कहाँ भेटिएला'ले ०६५ सालमा आफ्नो दबदबा कायम राख्यो । श्रीकृष्ण श्रेष्ठको यो चलचित्रले 'सर्वोत्कृष्ट चलचित्रसहित नृत्य निर्देशक, द्धन्द्धनिर्देशक, सम्पादक, अभिनेत्री, निर्देशकको विधामा आफ्नो कीर्तिमान रच्यो । यही वर्षका लागि अर्को चलचित्र 'मैना'ले सामाजिक जागरणमूलक, पूनध्र्वान्याङकन, लेखन, श्रृङ्गारक र पाश्र्वसंगीत गरि पाँच टाइटल जित्यो । 'सिलसिला'ले संगीतकार, पाश्र्वगायिका र पाश्र्वगायकको विधामा अवार्ड जित्यो । सोही वर्षका लागि नेपाल भाषाको चलचित्र 'पटाचारा'ले अभिनेत्री, निर्देशन र सर्वोत्कृष्ट चलचित्रको विधामा अवार्ड जित्यो ।

०६३ सालमा चलचित्र 'दुनियाँ'ले उत्कृष्ट अभिनेता र निर्देशक गरि दुई विधामा अवार्ड जित्यो । रेखा थापा चलचित्र 'हिम्मत'बाट उत्कृष्ट नायिका बनिन् । अर्को चलचित्र 'अल्पविराम'ले यही वर्षमा उत्कृष्ट चलचित्र र प्रशसनिय अभिनय गरि दुई अवार्ड जित्यो ।

चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रिय नाचघर जमलमा आयोजित विशेष समारोहमा व्यवस्थापिका संसदका सभामुख सुवास नेम्वाङले अवार्ड हस्तान्तरण गरे । चालिस वर्षदेखि चलचित्र क्षेत्रमा सकि्रय योगदान पुर्‍याएबापत उद्धव पौडेललाई 'दीर्घ साधना सम्मान' प्रदान गरियो । सम्मानको राशि दुई लाख, कदरपत्र र दोसल्ला छ । यस्तै चलचित्र क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याएबापत विश्वज्योति सिनेमा भवन प्रालिका संचालक तथा चलचित्र व्यवसायी मोहन सर्राफलाई विशेष सम्मान गरियो ।

रेखाले हराइन् हिराको औठी

नायिका रेखा थापालाई दशा लागेको छ । दशा पनि सानो तिनो हो ? छ महिना अघि ५० हजार हालेर उनले किनेको हिराको औठी हराएको छ । विरामी भएपनि चलचत्रि 'खुशी' को सुटिङ्गमा गएकी नायिका थापाले सोमबार सुन्दरीजलमा सो औठी हराएकी हुन । देब्रे हातको साईली औलामा रहेको उनको त्यो औठी सुन्दरीजलको खोलामा स्टण्डको सुट दिइरहेको अवस्थामा हराएको थियो ।


औठी हराएपछी निकै टेनसनमा देखिएकी नायिका थापाले भनिन् दश बर्षो चलचित्र यात्रामा पहिलो पटक यसरी बहुमूल्य सामान हराउदैछु । केही दिन यता बिरामी समेत भएकी नायिका थापा हराएको औठीको पिरले अझ विरामी पर्ने सम्भावना देखिएको छ ।सोमबार राष्ट्रिय नाचघरमा २०६३ साल अर्न्तगतको आफ्नै चलचित्र 'हिम्मत' बाट उत्कृष्ट नायिकाको अवार्ड जितेपनि औठीको पिरले निरास देखिएकी थापाको पाँचौ प्रजेक्ट अर्न्तगतको चलचित्र 'कसले चोर्‍र्यो मेरो मन' आगामी असोज २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

अब कारबाही कसलाई ?


गएको श्रावण १२ गते फिल्मीखबर डटकम र कान्तिपुर एफएमको साप्ताहिक कार्याक्रम बाईस्कोपबाट चलचित्र विकास बोर्डको सूचना चुहावट भएको बिषयलाई प्रोपोगण्डा भनिएपनि आज आएर त्यो समाचार सत्य सावित भएको छ ।

प्रसंङ्ग हो सोमबार आयोजित चलचित्र बिकास बोर्डले वितरण गरेको अवार्डको को । आज भन्दा ठीक एक महिना अघि चलचित्र "कहाँ भेटिएला" बाट डेब्यू गरेकी नायिका श्वेता खड्काले सर्वोत्कृष्ट अभिनेत्री अवार्ड प्राप्त गर्दैछिन भन्ने समाचार सार्वजनिक गरिएपछी बिकास बोर्डले त्यो समाचारलाई असत्य र प्रोपोगण्डाको आरोप लगाउदै सो समाचार प्रकाशित र प्रसारण गर्नेलाई कारबाही गर्ने धम्की दिएको थियो ।

धम्की दिएपनि अन्तत् राष्ट्रिय नाचघरमा सोमबार बितरण गरिएको २०६५ सालको सर्वोत्कृष्ट नायिकाको अर्वाड भने एक महिना अघि बाहिर आएको समाचार बमोजिम नायिका श्वेता खड्काले आफ्नो पोल्टोमा पारेकी छिन् । एक महिना अघि सार्वजनिक गरिएको सो समाचार अहिले आएर सत्य भएको छ त्यसैले सहि समाचार सार्वजनिक गर्नेलाई कारबाही गर्ने कि ? बिकास बोर्डलाई ???

२०६५ र २०६६ सालभित्र जाँच पास भएका नेपाली कथानक चलचित्र र आदिवासी जनजातिका मातृ भाषामा बनेका चलचित्रहरूलाई विभिन्न मूल्याकंन गर्दै चलचित्र बिकास बोर्डले निम्न अनुसार पुरस्कार वितरण गरेको छ ।

स्पेशल तीन चलचित्र

चलचित्र जुरी अवार्ड : दासढुङ्गा
राष्ट्रिय जागरण अवार्ड २०६६ : दशगजा
सामाजिक जागरण अवार्ड २०६५ : मैना

२०६६ बाट अवार्ड पाउँनेहरू

चलचित्र : (छोडी गए पाप लाग्ला)
निर्देशन : उज्जल घिमिरे (छोडी गए पाप लाग्ला)
अभिनेत्रृ : संचिता लुइटेल (छोडी गए पाप लाग्ला)
छायाकार : दिपक बज्रचार्य (छोडी गए पाप लाग्ला)
संगीत : सुरेश अधिकारी (छोडी गए पाप लाग्ला)
पार्श्व गायिका : अञ्जु पन्त (छोडी गए पाप लाग्ला)
पाश्व गायक : दिपक लिम्बु (छोडी गए पाप लाग्ला)
अभिनेता अनुप बराल (दासढुङ्गा )

नृत्य : रेनाशा र्राई (मेरो एउटा साथी छ )
पार्श्व संगीत : शुजिल कर्मचार्य (मेरो एउटा साथी छ)

गीतकार : डा. कृष्णहरी बराल (हिफाजत)

द्धन्द्ध : हिमाल केसी (हासिदेउ एक फेर )
लेखन : शिव रेग्मी, बिकाश आचार्य र रमेश त्वयना (हासिदेउ एक फेर )

श्रृङ्गारक : राजु वाईवा (इकु )

सम्पादक : निपेश श्रेष्ठ (दासढुङ्गा)
सह अभिनेता : दयहाङ र्राई (दासढुङ्गा)

सह अभिनेत्री : सृजना बस्नेत (संघर्ष जिन्दगीको )

२०६५ बाट

सर्वोत्कृष्ट चलचित्र : (कहाँ भेटिएला)
निर्देशक : शिव रेग्मी (कहाँ भेटिएला)
सर्वोत्कृष्ट अभिनेत्री : स्वेता खड्का (कहाँ भेटिएला)
नृत्य : बसन्त श्रेष्ठ (कहाँ भेटिएला)
द्धन्द्ध : राजेन्द्र खड्गी (कहाँ भेटिएला)
सम्पादक : रजनीनाथ पन्त (कहाँ भेटिएला)
छायाकंन : धिरजजंग शाह (सानो संसार)
सर्वोत्कृष्ट अभिनेता: आर्यन सिग्देल (मौसम मायाको याम )


गीतकार : किरण खरेल (जीवन मृत्यु)

संगीतकार : बसन्त सापकोटा (सिलसिला)
पार्श्व गायिका : अञ्जु पन्त (सिलसिला)
पार्श्व गायक : राजेश पायल र्राई (सिलसिला)

लेखन : नयन राज पाण्डे (मैना)
पार्श्व संगीत : जुगल डङ्गोल (मैना)
श्रीगारक : रवि केसी (मैना)
पूनध्र्वान्याङकन : विनायक अर्याल (मैना)

सह -भूमिका महिला : मिथिला शर्मा -मिष्टर मंगले)
सह- भूमिका पुरूष : श्याम र्राई (सुन्दर मेरो नाम)

यस्तै राष्ट्रिय चलचित्र पुरस्कार २०६३ बाट
उत्कृष्ट निर्देशक : शिव रेग्मी (दुनिया)
उत्कृष्ट नायक : भुवन केसी (दुनिया)
उत्कृष्ट नायिका : रेखा थापा (हिम्मत)
उत्कृष्ट छायाकार : दिर्घ गुरूङ (भरोसा)
विशेष प्रयास निर्देशक : नारायण पुरी (अल्पविराम )
चलचित्र निर्माता विशेष प्रयास : मिन सागर (झक्री )
प्रसनशनिय अवार्ड : रमा थपलिया (अल्पविराम)

उत्कृष्ट आदिवासी जनजातिका मातृभाषाका चलचित्र २०६५बाट

सर्वोत्कृष्ट चलचित्र : (पट्चारा)
सर्वोत्कृष्ट महिला : मेलिना मानन्धर (पट्चारा)
सर्वोत्कृष्ट निर्देशन : राम कृष्ण खड्गी (पटचारा)
सर्वोत्कृष्ट पुरूष भूमिका तामाङ भाषा : तेज बहादुर तामाङ (गोदेवा)
सर्वोत्कृष्ट चलचित्र लेखन : ओम प्रकाश चौधरी (यी कसैन नाता )

उत्कृष्ट आदिवासी जनजातिका मातृभाषाका चलचित्र २०६६बाट

सर्वोत्कृष्ट नेपाल भाषाको चलचित्र : बाला मयजु
सर्वोत्कृष्ट निर्देशन : पवन जोशी (बाला मयजु)
सर्वोत्कृष्ट महिला : मेलिना मानन्धर (बाला मयजु)
सर्वोत्कृष्ट पुरूष भूमिका थारू भाषाको चलचित्र : प्रेम राज चौधरी (डगर)
सर्वोत्कृष्ट चलचित्र लेखन तामाङ भाषा : सुरेश ग्यावा (चाङ् श्यूमि)

चलचित्र दिर्घ सम्मान नगद रू २ लाख सहित

निर्माता उद्धव पौडेल

नेपाली चलचित्र योगदान सम्मान

विश्व ज्योती हलका प्रोप्राइटर मोहन सराफ

तन्नेरी लक्षित


काठमाडौ, भाद्र १३ - नयाँ प्रविधि, नयाँ कथावस्तु अनि युवा टिम । पछिल्लो समयमा प्रदर्शनमा आएका नेपाली फिल्मका समान विशेषता हुन् यी । दयाराम दाहाल निर्देशित 'फ्ल्यासब्याक', सिमोस सुनुवारको 'फस्ट लभ' होस् वा विकास आचार्यको 'नाइँ नभन्नु ल' । यी फिल्मले केही फरकपनाका आधारमा नयाँ पुस्ताका युवालाई हलसम्म तान्न लागिपरिरहेका छन् पर्दामा युवाप्रेमका कथाले बाजी मारिरहेकै मौकामा शुक्रबारदेखि अर्का निर्देशक आलोक नेम्वाङ 'कोही मेरो' लिएर आफ्ना मान्छे खोजिरहेका छन् । यसअघि युवापुस्ताले रुचाएको फिल्म 'सानो संसार' बाट निर्देशनमा हात हालेका नेम्वाङलाई दोस्रो फिल्ममै ह्वात्तै बढेको दर्शक अपेक्षा भारी पर्न सक्छ ।

फिल्म झन्डै समान उमेरका अल्लारे तीन साथीहरू अभि (आर्यन सिग्देल), आश्ना (सञ्चिता लुइँटेल) र प्रयास (सुवास) बीचको प्रेममा केन्दि्रत छ । प्रयास र आश्ना बच्चादेखिका साथी । प्रयासले आश्नालाई मन पराउने कुरा अभिलाई भन्छ र सहयोगको अपेक्षा गर्छ उता अभि पनि आश्नालाई नै मन पराउने कुरा भन्न सक्दैन । उसलाई लाग्छ कि आश्नाले पनि प्रयासलाई नै चाहन्छे । तर आश्नाको संकेत बुझ्न नसक्नु र बुझेर पनि उचित कदम चाल्न नसक्नुले ऊ लामो समय पीडा र छटपटीमा बाँच्नुपर्ने हुन्छ । उनीहरूको प्रेमको माकुरेजालो तब च्यातिन्छ जब तीन साथीहरू केही दिनका लागि घुम्न जोमसोम गएपछि प्रयासले आश्नालाई प्रेम प्रस्ताव राख्छ, अभिकै सल्लाहमा । अनपेक्षित प्रस्ताव आश्नाले तत्काल अस्वीकार गर्छे । तर त्यही उभिएको अभि आश्नाको निर्णयमा अनविज्ञ भएको बुझ्न दर्शकलाई पछिसम्म कुर्नुपर्छ । 'आँखा खोलेर सपना देख्ने' बानी नभएको बताउने अभि आफूलाई वास्तविकतामा बाँच्ने प्राणी ठान्छ । तर उसको स्वभावले त्यसलाई पुष्टि गर्दैन । आश्नाका प्रेमपत्र वा व्यवहार प्रेम प्रदर्शनका लागि ऊ पर्याप्त ठान्दैन । भन्छ, 'साँच्चिकै मन पराउँछे भने अगाडि आएर किन भन्दिन ?'
पोखरादेखि जोमसोम, काठमाडौं र सौराहाका लोभलाग्दा सुन्दर दृश्यलाई राजुविक्रम थापाले क्यामेरामा सुन्दर रूपमा समेटेका छन् । विशेषगरी गीत/नृत्यमा समेटिएका दृश्यले दर्शकलाई फिल्म हेर्न लोभ्याउनेछ । दृश्यले फिल्मलाई सांकेतिक बनाउन पनि सघाएका छन् । पात्रबीचको सम्बन्ध बिग्रँदा उजाड पहाड, भग्नावशेष र अँध्यारा दृश्य तथा सुमधुर हुँदा हराभरा पहाड र वातावरणका दृश्य कलात्मक र अर्थपूर्ण छन् । सुरेश अधिकारी, वसन्त सापकोटा र सुरेश राईको संगीतको त्रिवेणी कर्णपि्रय लाग्छ । 'बेनीको बजार, जता माया उतै छ नजर...,' 'माछी मारन हो दाइ हो...' जस्ता पुराना लोकपि्रय गीतलाई सजीव ढंगले मिक्स गरिएकाले गीतहरू दिमागमा गुन्जिरहन सक्षम छन् ।

पटकथामा उत्तिसारो उतारचढाव नभए पनि पात्रले बोल्ने संवाद व्यावहारिक छन् । छोटा र सरल बोलीचाली फिल्मको सबल पक्ष हो । त्यसो त अमेरिका पढेर आउने आश्ना र प्रयासको सट्टा स्वदेशमै रेस्टुरेन्ट चलाएर बस्ने दिव्या (झरना बज्राचार्य) को लवजमा अंग्रेजीपन आउनु पात्र चयनमा कमजोरी भन्न सकिन्छ । अभिनयमा आर्यन चटपटे र भावुक दुवै भूमिकामा सबल देखिएका छन् । उनको अभिनय र संवाद सम्प्रेषण शैली निकै मौलिक लाग्छ । अन्त्यतिर उनलाई 'ढुंगाजस्तो मन' भएको भनिए पनि त्यस्तो देखिँदैन । सञ्चिताले पनि सहज अभिनय गरेकी छन् भने पहिलोपटक ठूलो भूमिकामा देखिएका सुवास थापाले राम्रो सम्भावना देखाएका छन् ।

भूमिका टापटिपे भएकाले पनि झरनाको अभिनय सामान्य लाग्छ । लामो समयपछि फिल्ममा फर्किएकी भए पनि निर्देशक नेम्वाङले उनलाई जम्न सक्ने भूमिका दिएका छैनन् । फिल्ममा तृप्ति नाडकर, राधा लम्साल, दिनेश शर्मा पनि झुल्किन्छन् ।
प्रवीण अधिकारीको कथालाई निर्देशक नेम्वाङले समेत साथ दिएको भए पनि कथावस्तु सामान्य नै लाग्छ । कथालाई फ्ल्यासब्याकमा प्रस्तुत गर्ने शैली केही क्लिष्ट महसुस हुन्छ । पटक-पटकको फ्ल्यासब्याकले दर्शकलाई अल्मल्याउँछ । कथालाई बिनाफ्ल्यासब्याक नै सलल बग्न दिएको भए राम्रो हुन्थ्यो । यति हुँदाहुँदै पनि युवापुस्तालाई फिल्म हलसम्म तान्ने ध्येयले फिल्म डटकमका लागि राजेश वंशलले निर्माण गरेको 'कोही मेरो' ले युवापुस्ताको मन चोरेमा अनौठो हुनेछैन ।

उपत्यकाबाहिर बीस लाख


चलचित्र 'कोही…मेरो'ले उपत्यकाबाहिरका सिङ्गल स्क्रिनहरुमा कलेक्सनलाई मिश्रितरुपमा अघि बढाइरहेको छ । मुख्य सहरहरु पोखरा, नारायणगढ, बुटवल, दमकमा कलेक्सन उत्साहजनक रहेपनि बागलुङ, दमौलीलगायतका ठाउँमा कलेक्सन औषत छ ।पोखराको मुख्य मल्टिप्लेक्स श्रीकृष्णमा शुक्रवार र शनिबारको विदाको दिनमा चलचित्र हाउसफूल रह्यो । शनिबारका तीनै सोमा दर्शक भरिएका थिए । आइतबारको कलेक्सन भने न्यून रह्यो । चलचित्रले पहिलो साता सन्तोषजनक व्यापार गर्ने आशा मल्टिप्लेक्सका प्रकाश क्षेत्रीले व्यक्त गरे । यहाँ त 'कोही…मेरो' हेर्न हिन्दी र नेपाली चलचित्रका दुवै दर्शकहरु आइरहेका छन् ।

बागलुङको सिङ्गल स्क्रिन कालीगण्डकी सिनेमामा 'कोही…मेरो'ले उत्साहजनक ओपनिङ गर्न सकेन । 'शुक्रवार र शनिबारको बिदाको दिनमा कलेक्सन राम्रो थियो' हल संचालक नवीन खड्काले भने 'आइतबारबाट ग्राफ घटिरहेको छ ।'वितरक डिजिटल सिनेमा नेपालको जानकारी अनुसार ओपनिङका दुईदिनमा चलचित्रले उपत्यकाबाहिर २१ लाख कलेक्सन गरेको छ । उपत्यकासँग जोड्दा ग्रस कलेक्सन ३१ लाख हुने डीसीएनको आँकडा छ । अहिले उपत्यकाबाहिरका १२ हलमा चलचित्र प्रदर्शन भैरहेको छ । 'पिकअप गर्ने चान्स बढी नै छ' डीसीएनका वितरण प्रमुख सुरज पोखरेलले भने 'तर सिङ्गल स्क्रिनहरुमा कलेक्सन त्यति छैन ।'

नवललाई ज्यान मार्ने धम्की


चलचित्र 'दशगजा' निर्माण गरेपछी आफूलाई ज्यान मार्ने धम्की आउन थालेको चलचित्रका निर्माता तथा नायक नवल खड्काले बताएका छन् । उक्त चलचित्रको कारणले धम्की खेपेका खड्का केही मात्रामा विचलित समेत भएका छन् आजकाल खड्काका शुभ चिन्तकले उनलाई सार्वजनिक स्थानमा ज्यान जोगाएर हिड्न आग्रह समेत गर्ने गरेका छन् । जस अनुरूप उनी आजकल नियमित हिड्ने बाटो समेत परिवर्तन गर्दै कहिले मोटरर्साईकलमा हिड्छन त कहिले गाडीमा चलचित्रको बिषयलाई लिएर धम्क्याउने क्रममा भारतीय राजदुतावासका कर्मचारी बताउने एक व्यक्तिले उनलाई गएको श्रावण १० फोन मार्फत नराम्रो तरिकाले धम्की दिएको खड्काले बताए । आफुलाई आएको सो धम्कीका बारे शनिबार फिल्मीखबरलाई जानकारी गराउदै खड्काले 'चलचित्र 'दशगजा' को बिषयमा बुझ्नु छ भन्दै १० बजे बिहान भारतीय राजदुतावासमा आफुलाई उपस्थित हुन आग्रह गरिएको' बताए ।

आफुलाई आएको सो धम्की भारतीय राजदुतावासबाटै हो की अन्य निकायबाट हो भन्नेमा भने खड्का अनभिज्ञ रहेका छन् । धम्की दिएको सो नम्बर आफ्नो मोबाईलमा नदेखिएको भन्दै उनले यसबारे आफु दावा भने गर्न नसक्ने बताए । तर धम्की दिएको व्यक्तिको बोली भने पूर्ण रूपमा हिन्दी रहेको खड्काले जानकारी दिए । कुनै समस्या उत्पन्न हुन्छ भन्ने हेयले एक महिना वितिसक्दा पनि धम्कीका बारे प्रहरीलाई कुनै जानकारी नदिएका खड्काले अन्तत् फिल्मीखबर सामु आफुलाई त्यस्तो धम्की आएको खुलाशा गरेका हुन ।


राम्रोसंग हिन्दी बोल्न नजान्ने खड्काले जवाफमा 'चलचित्रको बारे बुझ्न छ भने मेरै कार्यालय आई बुझ्नु भनी प्रतिक्रिया दिएको' बताए । नेपालका विभिन्न स्थानमा भारतले मिचेको सिमानका विषयमा नवलले चलचित्र 'दशगजा' मा बेजोडका साथ प्रस्तुत गरिदिएपछी भारतीयपक्षले उनलाई नकारात्मक रूपमा हेर्दै आएको छ । दयाराम दाहालको निर्देशनमा आफ्नै देशको सिमानमा रहेर पनि नेपाली हुन नपाएका व्यक्तिहरूको कथा र भारतद्धारा देशका विभिन्न स्थानमा मिचिएको सिमानको यथार्थ कथालाई समेटेर निर्माण गरिएको उक्त चलचित्र राम्रो भएको भन्दै धेरै संघसस्थाहरूले च्यारिटी शो मार्फत देखाइ रहेका छन् । सिमाना मिचिएको बिषय विभिन्न पत्रपत्रिका, समाचार तथा लेखहरूमा आएको तथ्यहरूलाई आधारमा बनाएर गोल्डेन आई मुभिजको ब्यानरमा निर्माण भई झण्डै ३० स्थानमा सेन्सर पास भएर प्रदर्शनको तयारीमा जुटेको 'दशगजा' प्रत्येक नेपाललीले एकपटक हेर्ने पर्ने चलचित्र बनेको निर्माता तथा नायक खड्काले बताए ।

भुनिया अब नायीका


चर्चित हास्य टेलिश्रृखला मेरीबास्यैमा भुनियाको चरित्रमा अभिनय गरेर चर्चा कमाएकी कलाकार हरिशा बानिया भोजपुरी चलचित्रमा नायीकाका रुपमा देख्न पाइने भएको छ । उनले नायीकाका रुपमा अभिनय सुरु गरेको भोजपुरी चलचित्र बौछार को आइतबार सुनसरीको झुम्कामा शुभमुहुर्त गरिएको छ । नायक श्याम कटुवाल, खलनायक मुन्ना अन्सारी रहेको सो चलचित्र पश्चिमि नेपालमा रहेको कमैयाप्रथालाई विषय बस्तु बनाइएको छ ।

करिव तीन दर्जन टेलिचलचित्र र केहि नेपाली चलचित्रमा अभिनय गरिसकेकी नायीका हरिशाले आफ्नो रुचि भोजपुरी भाषामा भएकाले आफ्नो अभिनयमा जिवन्तता प्रस्तुत गर्न बताइन् । मेरिबास्यैमा भोजपुरी भाषाको चरित्र भएकी भुनियाको अभिनय गरेकी हरिशाले भनिन्, 'मैले पहिले पनि भोजपुरी भाषाको चरित्रमा अभिनय गरिसकेकी छु । भोजपुरी भाषा प्रतिको रुचिकै कारण म २०६५ मा भोजपुरी नृत्यमा पूर्वाञ्चल टप पनि भएकी थिएँ । त्यसैले पनि मैले यो चरित्रलाई न्याय गर्न सक्छु जस्तो लागेको छ ।'नायक श्याम कटुवाल पनि पहिलो पटक भोजपुरी भाषाको चलचित्रमा नायकको भुमिका निभाउँदैछन् । केहि नेपाली चलचित्रमा अभिनय गरिसकेका कटुवाललाई भने भोजपुरी भाषाको चलचित्रमा अभिनय गर्दा फरक अनुभव हुने ठहर छ । उनि भन्छन्, 'भाषामा समस्या भए पनि अभिनय त उस्तै हो नी । भाषाले गर्दा अभिनयमा पनि केहि फरक पन त पक्कै आउँछ ।'

मोरङ र सुनसरीका विभिन्न ठाउँमा छायाङ्कन गरिने चलचित्रमा स्थानिय कलाकारको बाहुल्यता रहेको निर्देशक शिव ओम अधिकारीले बताए । उनले पश्चमी नेपालका तराइसंग मोरङ र सुनसरीको भौगोलिक अवस्था मिल्ने भएकाले छायाङ्कन गरिएको बताए । अधिकारीले नेपाली चलचित्र भन्दा भोजपुरी चलचित्रकॊ बजार ठुलो भएकाले पुर्ण ब्यवसायीक चलचित्रको निमार्ण थालेको बताए । उनले भोजपुरी चलचित्रको ठुलो बजार भारतमा रहेको बताए । ३० दिनमा छायाङ्कन सकेर दशै तिहारको विचका चलचित्र प्रर्दशनमा ल्याउने उनको भनाइ थियो ।

रेखा बिरामी


नायिका रेखा थापा अहिले बिरामी छिन् । उनलाई अहिले ज्वरो आउनुको साथै रूघाखोकीले पनि सताएको छ । शनिबार सुन्दरीजलमा चलचित्र 'खुसी' को छायाँकनका बेला पानीमा भिजे पछि उनलाई ज्वरोको साथमा रूघाखोकी लागेको हो ।
बिरामी भएकै कारणले गर्दा आईतबार सो चलचित्रको छायाँकन हुन नसकेको रेखाले फिल्मीखबरलाई बताईन् । आईतबारको छायाँकन अबरूद्व भए पनि उनी सोमबार भने चलचित्र छायाँकनको लागी पोखरा जाँदै छिन् । लामो समय देखी पानी यलर्जीको शिकार बन्दै आएकी रेखा पानी छोयो की बिरामी हुने गर्छिन् ।

नायिका सञ्चिताको घरमा चोरी


नायिका सञ्चिता लुईटेलको घरमा चोरी भएको छ । बिहान साढे ११ बजे देखि २:३० बजेको समयमा ट्याक्सीमा आएका लुटेराहरूको एक समूहले घरको माथिल्लो तलामा पसी १६ तोला सुन र २० हजार नगद चोरी गरेको महानगरीय प्रहरी प्रभाग गौशालाले फिल्मीखबरलाई जानकारी दियो ।
पुरानो बानेश्वरको बत्तिसपुतली स्थित बिजय चोकमा रहेको नायिकाको घरमा उनकी आमा र बहिनी बस्दै आएका छन् भने नायिका सञ्चिता नायक निखिल उप्रेती सँग मुम्बईमा बस्दै आएकी छिन् । उनी केहि दिन अगाडी मात्र नेपाल आएकी थिईन् । नायिका सञ्चिताको घर करिब डेढ बर्ष अगाडी मात्र बनेको हो । चाडपर्व नजिकिंदै गर्दा अहिले राजधानीमा धनमाल चोरी हुने क्रम बढ्न थालेको छ ।

कोही मेरो


आज शुक्रबार काठमाडौं उपत्यकालगायत नेपालभर एकसाथ सार्वजनिक हुन लागेको चलचित्र 'कोही मेरो'का निर्देशक आलोक नेम्वाङ हुन् । म्युजिक भिडियो निर्देशनपछि दुई वर्षअघि चलचित्र 'सानो संसार'मार्फत चलचित्र निर्देशन क्षेत्रमा आएका आलोकको निर्देशनको यो दोस्रो चलचित्र हो । चलचित्रमा चार जना साथी छन् अभी, आश्ना, प्रयास र दिव्या । आश्ना र प्रयासबीच पुरानो चिनाजान हुन्छ, तर अभीकै कारण उनीहरू अलग हुन्छन् । अभी एउटा यस्तो चरित्र हुन्छ, जो मित्रतामा पनि महत्त्वकांक्षा रोज्छ । समयचक्रसँगै एउटा यस्तो अवस्थाको सिर्जना हुन्छ, प्रेम पाउन उसलाई मित्रताकै सहारा चाहिन्छ । आश्ना भने परिवार र समाजले सही मानेको कार्य गर्न रुचाउँछिन् । प्रेम भन्ने कुरा परिवार र समाजभन्दा माथिल्लो दर्जामा हुन्छ भन्ने कुरा उनलाई बुझाउनुपर्ने हुन्छ । प्रेमले त्याग माग्छ, चलचित्रको रिल घुम्दै जाँदा यो कुरा यी चारै जनाले थाहा पाउँछन् । जोमसोम, चितवन, पोखरा तथा काठमाडौंका दृश्यलाई मनमोहक ढंगबाट खिचिएको एवं नयाँ पुस्ताले रुचाउने प्रविधि अपनाइएकाले पनि यो चलचित्रलाई बहुप्रतिक्षित चलचित्र मानिएको छ ।

मुभिज डटकमको निर्माणमा राजेश बंशल प्रस्तुतकर्ता रहेको चलचित्र 'कोही मेरो'मा सुरेश अधिकारी, वसन्त सापकोटा तथा सुरेश राईको संगीत सुन्न पाइन्छ । आर्यन सिग्देल, झरना बज्राचार्य, सुवास थापा, सञ्चिता लुइूटेल, दिनेश शर्मा, राधा लम्साल 'भावु', तृप्ति नाडकर आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेको यो चलचित्रमा राजुविक्रम थापाले छायांकन, प्रवीण अधिकारीले कथा-पटकथा लेखन तथा सुबोध श्रेष्ठ र प्रकाश तुलाधरले सम्पादन कार्य गरेका छन् । चलचित्रका निर्माता सुरज वंशल 'जितु' हुन् ।

फिल्मी खबर


जीवन र ऋचा दर्शकसँगै हलमा

चलचित्र 'नाइँ नभन्नु ल' देशभरका १८ वटा हलमा एकसाथ प्रदर्शन भैरहेका बेला उक्त चलचित्रका नायक, नायिका एवं निर्माता विराटनगरका दर्शकसँगै बसेर चलचित्र हेर्दै थिए । गएको शुक्रबार विराटनगरको हिमालय सिनेमा हालमा नायक जीवन लुइँटेल, नायिका ऋचासिंह ठकुरी तथा निर्माता रमेशजंग रायामाझीले दर्शकसँगै बसेर 'नाइँ नभन्नु ल' हेरेका हुन् । दर्शकमाझ बसेर चलचित्र हेरिसकेपछि नायक लुइँटेलले भने- 'वियोगान्त उपन्यासभित्रको संयोगान्त चलचित्र हो यो ।' आफूले अभिनय गरेका नौवटा चलचित्रमध्ये 'नाइँ नभन्नु ल' सबैभन्दा मन परेको र चित्त बुझेको बताउँदै उनले भने- 'यो मनले हेर्ने चलचित्र हो ।' नायिका ऋचाले पनि आफूले अभिनय गरेको पहिलो चलचित्रबाट पूर्ण सन्तुष्ट रहेको बताइन् ।

चलचित्रको पि्रमियर शोमा मोरङ कांग्रेसका सभापति अमृत अर्याल, मोरङ एमालेका अध्यक्ष विनोद ढकाल आदि नेता पनि उपस्थित थिए । हाल देशभरका १८ वटा चलचित्र हलबाट प्रदर्शन भैरहेको र बढाएर २६ वटा हलबाट एकसाथ प्रदर्शन गरिने पनि रायामाझीले जानकारी दिए ।

-कमल रिमाल

१८ मा दासढुंगा

चलचित्र विकास बोर्डबाट उत्कृष्ट चलचित्रको दर्जा पाएको चलचित्र 'दासढुंगा' यही भदौ १८ गते सार्वजनिक हुँदैछ । ०५०मा मुग्लिन तथा नारायणघाट सडकखण्डमा पर्ने दासढुंगामा जीप नदिमा खस्दा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी तथा नेता जीवराज आश्रतिको देहावसानको रहस्यको खोजीमा केन्दि्रत यो चलचित्रका निर्देशक मनोज पण्डित हुन् । अपिल विष्टले निर्माण गरेको यो चलचित्रमा अनुप बराल, सञ्चिता लुइँटेल, दयाहाङ राई आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रका लागि हालै सत्यराज आचार्यको स्वरमा एउटा प्रोमोसनल गीत पनि तयार पारिएको छ ।

खुसी हुँदै

गोपीकृष्ण मुमिजका लागि उद्धव पौडेलको प्रस्तुति एवं ज्ञानेन्द्र देउजाको निर्देशनमा चलचित्र 'खुसी'को काठमाडौं उपत्यका तथा वरपर छायांकन सम्पन्न भएको छ । रेखा थापाका साथ सुमन सिंह र आयुष रिजालले नायकको भूमिका निवार् ह गरेको चलचित्र 'खुसी' को बाँकी छायांकनका लागि सुटिङ युनिट यसै साता पोखरातर्फ लागेको छ । चलचित्रमा आलोकश्रीको संगीत, वसन्त श्रेष्ठको नृत्य तथा हिमाल केसीको द्वन्द्व निर्देशन हेर्न-सुन्न पाइनेछ । चलचित्रलाई आगामी तिहारसम्ममा सार्वजनिक गर्ने लक्ष्य लिइएको निर्देशक देउजाले बताए ।

२५ गते पलपलमा

वयस्क चलचित्रको दर्जा पाएको संगीतमय चलचित्र 'पलपलमा'को प्रदर्शन मिति भदौको १८ गतेबाट २५ गतेलाई सारिएको छ । उकेश दाहालको निर्देशनमा निर्माण भएको यो चलचित्रमा प्रेमलाई नयाँ कोणबाट व्याख्या गरिएको निर्देशक दाहालले बताए । दिलीप रायमाझी, रमित ढुंगाना, सुमन सिंह, विक्रान्त बस्नेत, उषा पौडेल, रूपा राना, सुजाता सिटौला, शशी खड्का आदि कलाकारले अभिनय गरेका छन् ।

श्रीमान्-श्रीमती

गत वर्षको सफल व्यावसायिक चलचित्र 'आफ्नो मान्छे आफ्नै हुन्छ'का निर्माता मुनाल घिमिरेले उक्त चलचित्रका निर्देशक ऋषि लामिछानेलाई लिएर अर्को चलचित्रको निर्माण प्रारम्भ गरेका छन् । यसै साता मुहूर्त भै छायांकन थालिएको उक्त चलचित्रको शीर्षक 'श्रीमान्-श्रीमती' राखिएको छ । चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, श्वेता खड्का, सरिता लामिछाने, मुकेश ढकाल, सुनिल थापा, निर्मल शर्मा, राजाराम पौडेल, मञ्जु श्रेष्ठ आदिले अभिनय गर्दैछन् । लक्ष्मण पौडेल र प्रकाश घिमिरेको समेत लगानी रहने यो चलचित्रमा विपिन आचार्यको संगीत, वसन्त श्रेष्ठ, गोविन्द राई र पूनम राईको नृत्य तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ । चलचित्र छायांकन यसै साता प्रारम्भ हुने निर्माण नियन्त्रण सुवास काफ्लेले बताए ।

उत्ताउलो लुगा लाउदिनन् झरना


सेक्सी भनेर चिनिने नायिका झरना बज्रचार्यले कुनै पनि सार्वजनिक कार्याक्रममा उत्ताउलो र भडकिलो लुगाको प्रयोग गरेको देखिदैन् ।लामो समयपछी चलचित्र'कोही मेरो' मा अभिनय गरेकी नायिका बज्रचार्य प्राय सधै कुर्ता सलवारमा भेटिएकी हुन्छिन् ।

चलचित्र कोही मेरोको प्रिमियर पूर्व गएको साउन ४ गते सुन्धारा स्थित बेकरी क्याफेमा आयोजित अडियो लन्च कार्यक्रममा उनी सेतो बुट्टे कुर्तामा उपस्थित भएकी थिइन् भने गएको सोमबार नयाँ बानेश्वरमा आयोजित प्रेस मिट कार्याक्रममा पनि उनी रातो कुर्तामा सजिएकी थिइन् । यस्तै शुक्रबार बिहान आयोजित प्रिमियर समारोहमा पुन उनी निलो कुर्ताको साथमा आफुलाई सञ्चारकर्मीसंग परिचय गराउदै थिइन् ।

केही बर्षअघि बलिउडमा करिअर बनाउन मुम्बई हानिएकी झरनाले त्यतीबेला एउटा हिन्दी चलचित्र "लभ इन नेपाल" मा पेन्टी र सर्ट लगाएर नृत्य गरेको बिषय नेपालमा ठूलो समाचार बनेको थियो । सन् १९९७ मा मिस नेपाल समेत भईसकेकी नायिका भरनाले फिल्मीखबरसंग कुरा गर्दै 'सिनेमामा एउटा क्यारेक्टर भएर अन्य लुगा लगाइएतापनि बास्तविक जीवनमा भने त्यस्तो नलगाएको' बताईन् । शुक्रबार कोही मोरोको प्रिमियर समारोहमा भेटिएकी बज्रचार्यले कोही मेरो हिट भएको खण्डमा त्यसको पाटीमा भने पक्का आफु ग्ल्यामर ड्रेसमा उपस्थित बाचा कसिन ।

रिलिज भएनन् विदेशी


नेपाली सिनेमा घरहरुमा शुक्रवार कुनैपनि विदेशी चलचित्रहरु रिलिज भएनन् । यसको प्रत्यक्ष व्यवसायिक फाइदा स्वदेशी चलचित्रहरुलाई परेको छ । यसबाट आफ्नो फिल्म प्रदर्शन गरिरहेका नेपाली चलचित्रका निर्माताहरु हर्षित भएका छन् ।

विदेशी चलचित्र प्रदर्शन गर्न होडवाजी गर्ने राजधानीका मल्टिप्लेक्सहरुले पनि गतसाता नै रिलिज भएका हिन्दी चलचित्रको प्रदर्शनलाई निरन्तरता दिएका छन् । प्रायः हिन्दी चलचित्र प्रदर्शन गर्ने उपत्यका तथा मोफसलका सिनेमा घरहरुले यो साता नेपाली चलचित्र प्रदर्शन गरिरहेका छन् । भारतीय लगानीको बिग सिनेमाले पनि नयाँ फिल्म रिलिज गरेको छैन ।

क्वेस्टको जयनेपालमा पनि नेपाली चलचित्र 'कोही…मेरो'को प्रदर्शन सुरु भएको छ । यो साता बलिउडमा 'हेल्लो डार्लिङ' र हलिउडमा 'टेकस्र' रिलिज त भए तर नेपालमा प्रदर्शन गरिएन । सम्बन्धित हलहरुको व्यवसायिक रिसर्चमा ती फिल्म अटाएनन् । 'यसबाट प्रत्यक्ष फाइदा नेपाली चलचित्रहरुलाई नै हुन्छ' वितरक तथा निर्माता नरेन्द्र महर्जनले भने 'बल्ल नेपाली फिल्महरुले स्वतन्त्रता र प्रतिस्पर्धाको वातावरण पाउँछन् ।'

'कोही…मेरो'का निर्माता सुरज वंशल पनि यो साता विदेशी चलचित्र रिलिज नभएपछि आफ्नो चलचित्रले व्यवसायिक पिकअप गर्नेमा आशावादी छन् । 'हाम्रो मुख्य प्रतिस्पर्धा भनेको स्वदेशीभन्दा विदेशीसँग नै हुन्छ तर हामी थिचोमिचोमा परिरहेका हुन्छौं' वंशल भन्छन् 'सिनेमा कल्चरमा हुर्किरहेकाहरुले यसो भएमा नेपाली चलचित्र हेर्नैपर्ने बाध्यता हुन्छ ।'

ओपनिङ सन्तोषजनक


चलचित्र 'कोही…मेरो'ले ओपनिङ सन्तोषजनक गरेको छ । तथ्यांक केलाउँदा यो चलचित्रलाई मल्टिप्लेक्स दर्शकहरुले रुचाएको पाइयो । सिङ्गल स्क्रिनहरुमा 'कोही…मेरो'को ओपनिङ मल्टिप्लेक्सको भन्दा कम छ । मल्टिप्लेक्समा त दर्शकहरुले अगि्रम बुकिङ नै गरेका थिए ।

जयनेपालका तीनैवटा सोमा शुक्रवार चलचित्रले उत्साहजनक ओपनिङ गर्यो । क्वेस्ट इन्टरटेनमेन्टकी मार्केटिङ चिफ सगिना मानन्धर 'कोही…मेरो'को ओपनिङलाई आफ्ना तीनै सोका लागि ८० प्रतिशत अंक दिन्छिन् । 'दिउँसोको सो ठीकै रह्यो तर बेलुकीको सो हाउसफूल भयो' सगिना भन्छिन् 'रिभ्यू राम्रो छ तर ओपनिङलाई म ८० प्रतिशत दिन्छु ।'

गोपीकृष्णमा पनि ओपनिङ उत्साहजनक रह्यो । ओपनिङको तीनैवटा सोमा फिल्मले ६५ प्रतिशत पिकअप गर् यो । ललितपुर गुणको मल्टिप्लेक्समा पनि 'कोही…मेरो'ले राम्रो ओपनिङ गर्यो । गुणको तीनैवटा सोमा फिल्मले ७० प्रतिशत पिकअप गर्यो । अष्टनारायणमा ओपनिङ ८५ प्रतिशत रह्यो ।

पोखराका सिङ्गल स्क्रिनहरुमा फिल्मले औषत पिकअप गर्यो । शुक्रवार कुनैपनि विदेशी फिल्म रिलिज नभएकाले पनि यसको फाइदा 'कोही…मेरो'ले बटुल्यो । चलचित्र संचालकहरुका अनुसार ओपनिङका दर्शकहरुमध्ये ८० प्रतिशत सहरी क्षेत्रका थिए । तीमध्ये पनि अधिकांश युवापुस्ता ।

समिक्षा : 'कोही…मेरो '


चलचित्र : कोही…मेरो
कलाकार : आर्यन सिग्देल, झरना बज्राचार्य, सुवास थापा, सन्चिता लुइँटेल, दिनेश शर्मा, राधा लम्साल, तृप्ति नाड्कर
निर्देशक : आलोक नेम्वाङ
निर्माता : सुरज वंशल
छायांकन : राजुविक्रम थापा
पटकथा : प्रवीण अधिकारी
कथा : आलोक नेम्वाङप्रवीण अधिकारी
संगीत : सुरेश अधिकारी, बसन्त सापकोटा र सुरेश राई
अवधि : २ घण्टा १० मिनेट
सर्टिफिकेट : यू/नेपाल
लगानी : ८० लाख
भाषा : नेपाली

निर्देशक आलोक नेम्वाङले पहिल्यै भनेका थिए 'मेरो फिल्म साधारण फिल्म हो, जहाँ हल्ला र कोलाहल छैन ।' हुनपनि फिल्मको सुरुआतदेखि अन्त्यसम्म कुनै हिरो उडेर पिट्न आएको छैन । यस्तो लाग्छ : म्युजिक भिडियो निर्देशनमा आलोकको बेग्लै छवि बनेको थियो र त्यो छविले 'सानो संसार'बाट निर्देशकको रुपमा उनलाई पब्लिसिटी दिलायो पनि । 'कोही…मेरो'को ओपनिङसम्म आइपुग्दा आलोकलाई विगतको त्यही छवि र क्रेजले पछ्याएको हुनुपर्छ । आलोकप्रति पछिल्ला दर्शकको आमधारणा के बनिरहेको छ भने उनी जुन प्रोजेक्टमा काम गर्छन् त्यहाँ प्रेम र भावनाको स्थान धेरै हुन्छ र मसला कम् । अर्को शब्दमा भौतिक द्धन्द्धभन्दा पनि आलोकको निर्देशकीय तत्वमा मानसिक अन्र्तद्धन्द्ध ज्यादा हुन्छन् । फिल्मले मन छुनुपर्छ भन्ने उनको मान्यता 'कोही…मेरो'मा पनि देखियो ।

'कोही…मेरो' उनका लागि दोस्रो परिक्षा पनि थियो । दोस्रो मिहेनतमा पनि आलोकले फिल्मलाई अफविट र मोर्डन रुप दिन भरपुर प्रयत्न गरेका छन् । प्रविधि, छायांकन, दृश्य र ध्वनीका विधाहरुमा फिल्मलाई स्तरोन्नती त गरेका छन् आलोकले तर चलचित्रको मेरुदण्ड 'कथा'लाई नयाँ फ्लेवरमा पस्कन सकेका छैनन् । चलचित्रमा उही त्रिकोणीय प्रेमको कथा बुनिएको छ जसको प्रस्तुतीकरणमा केही क्लिष्टता देखा पर्छ । जस्तै : कथालाई फ्ल्यासब्याकमा प्रस्तुत गराउँदा इन्टरभलपछि स्वयम दर्शकहरु केही मात्रामा कन्फ्युज बन्न बाध्य हुन्छन् । पटकथाको यो अवरोधले दर्शकहरुले पात्रहरुप्रति उति संवेदना (सिम्प्याथी) पोख्न सक्तैनन् न त पात्रको जीवन नजिक पुग्छन् दर्शकहरु । त्यो अवरोधलाई 'एड्जस्ट' गर्दै फिल्मलाई चलाखीपूर्वक बिट् मारिदिएका छन् ।

कथा : अभि (आर्यन सिग्देल), आश्ना (सन्चिता लुइँटेल), प्रयास (सुवास थापा) र दिब्या (झरना बज्राचार्य) एकापसमा मिल्ने साथी हुन् र उल्लासपूर्ण मायाको खोजीमा हुन्छन् । आश्ना र प्रयासबीच पुरानो परिचय छ तर अभीकै कारण उनीहरु अलग भएका हुन्छन् । अभी एउटा यस्तो चरित्र हो जो मित्रतामा पनि महत्वाकाङ्क्षा रोज्छ । अभी र प्रयास दुवैले आश्नालाई चाहन्छन् । तर, आश्ना भने अभीलाई हृदयदेखि प्रेम गरिरहेकी हुन्छे भन्न सक्तिने । केहीवर्षपछि अभी र दिब्याबीच भेट हुन्छ । दिब्या पनि अभीलाई चाहन्छे । तर, आश्ना र अभी दुवैले एकर्कालाई हृदयदेखि प्रेम गर्छन् भन्ने कुरा थाहा पाएपछि उसले सम्बन्धलाई साथीका रुपमा सीमित राख्छे । आश्ना र प्रयासबीच इन्गेजमेन्ट हुने दिन आश्ना भागेर अभीलाई भेट्न जान्छे । दुवैले दुवैलाई प्रेम त गर्छन् तर स्वीकार्न सकिरहेका हुँदैनन् । आश्ना र प्रयासबीच अन्ततः इन्गेजमेन्ट हुन सक्दैन । अभी र आश्नाबीच विहे हुन्छ । चलचित्रमा आश्ना परिवार र समाजले राम्रो मानेको कुरा गर्न रुचाउँछिन् । अन्त्यमा चारैजनाले प्रेमले त्याग माग्छ कुरा बुझ्छन् ।

अभिनय : चलचित्रको अधिकांश दृश्य र अभिनयमा आर्यन हावी छन् । तर, यथार्थ पनि के हो भने आर्यन स्क्रिनमा नदेखिँदा दर्शकले उत्साह अनुभूति गर्दैनन् । 'कोही…मेरो'ले के पुष्टि गरेको छ भने आलोक सिरियस र कमेडी दुवै प्यार्टनमा आफूलाई दौडाउन माहिर छन् । आर्यनको कमेडी शैली प्रशंसायोग्य छ । सन्चिता भावुक पात्र हुन् । सन्चिताको भूमिका राम्रो छ । सुवासले नायकका रुपमा आफ्नो रंगमंचको अनुभवलाई पस्केका छन् । झरनाको भूमिका मीठो छ । राधा लम्सालको कमेडी एक्टिङलाई तारिफ गर्नैपर्छ । तृप्ती नाड्करको भूमिका आमाको रुपमा सुहाएको छ ।

निर्देशन : निर्देशकका रुपमा आलोक अपग्रेडिङ छन् । 'सानो संसार'को तुलनामा 'कोही…मेरो'मा आलोकको निर्देशन खारिएको छ । छोटा र प्राकृतिक संवाद, कथाको तीव्र गति, युवाले मनपार्ने छोटा दृश्यांशलाई आलोकले टपक्क टिपेका छन् । इन्टरभलअघि फिल्मको पेस मध्यम तर ठीकै छ । इन्टरभलपछि केही मिनेटसम्म पटकथाले लय गुमाएको जस्तो प्रतीत हुन्छ । जसका कारण केहीछिन् दर्शकहरु कन्फ्युज हुन्छन् । आलोकले बठ्याइँ गर्दै त्यो कन्फ्युजलाई हटाएका छन् र फिल्मलाई 'सेफल्यान्डिङ' गरेका छन् । राजुविक्रमको छायांकन निकै राम्रो छ । जोमसोम र चितवनका रमणीय लोकेसनले दर्शकलाई मुग्ध त तुल्याउँछन् नै चलचित्रका केही कमजोरीलाई पनि ती लोकेसनको सौन्दर्यले ढाकिदिएको छ ।

संगीत : रिलिज अगावै चलचित्रका केही गीतहरु निकै कर्णपि्रय भैसकेका थिए । संगीतकारका रुपमा सुरेश अधिकारीले आफूलाई न्याय गरेका छन् । मुख्य कुरा त 'बेनीको बजार' 'माछी मारन हो..' र 'सरर..'जस्ता मौलिक गीतहरुले धौलागिरिको जनजीवन र दर्शकलाई बाँध्न सकेको छ । नृत्य निर्देशन पनि भस्रटाइल लाग्छ । मुस्ताङको सौन्दय, गीत र नृत्यको संयोजन मिलेको छ ।

किन हेर्नुपर्छ ?: जोमसोम, चितवनको रमणीय दृश्य नेपाली चलचित्रको स्तरोन्नती थाहा पाउन हल पुग्नुपर्छ । युवापुस्ता र प्रौढका लागि पनि चलचित्र उपयुक्त छ । नेपाली चलचित्रलाई आलोचना गर्नेहरुले यो फिल्म हेर्नैपर्ने हुन्छ । अर्कोतर्फ नेपाली फिल्मको क्रमशः विकास र सुदृढ प्यार्टनलाई बुझ्न पनि यो फिल्म हेर्नुपर्ने हुन्छ । धमाधम विदेशमा फिल्म सुटिङ गर्ने वर्तमानको फिल्मी ट्रेन्ड विपरित आलोकले आफ्नै देशका रमणीय स्थान जुन पर्दापछाडि छन् ती स्थानमा सुटिङ गरेर सकरात्मक सुरुवात गरेका छन् । मुख्यतः आलोक नेम्वाङको निर्देशकीय पक्षलाई एकपटक हेर्न र आत्मसात गर्न हलसम्म पुग्नैपर्ने हुन्छ ।

होल्डओभर गिरेन दुवैको

चलचित्र 'कानुन' र 'नाइँ नभन्नु ल'ले उपत्यकाका कुनैपनि हलहरुमा होल्डओभर गिर्न दिएनन् र दोस्रो साता पनि प्रदर्शनको मौका पाए । ठूला ब्यानरका फिल्मको तुलनामा कमजोर आँकिएको 'कानुन'ले पृथ्वीबाहेक अन्य सबै एघार हलहरुमा होल्डओभर बचायो । शुक्रवारदेखि दुवै फिल्म दोस्रो सातामा चलिरहेका छन् ।'कानुन' अहिले विश्वज्योति, गंगाको सिगल स्क्रिनदेखि गोपीकृष्ण, अष्टनारायणको मल्टिप्लेक्समा समेत चलिरहेको छ । 'कानुन'ले पहिलो सातामा १८ लाख ग्रस कलेक्सन गरेको छ । अघिल्लोपटक मोफसलमा प्रदर्शन हुँदा 'कानुन'को कलेक्सन ३५ लाख थियो । राजेश हमाल, निखिल उप्रेतीजस्ता 'स्टार कास्ट'का कारणले 'कानुन' सिगल स्क्रिनहरुमा पिकअप राम्रो गरिरहेको छ ।
रमेशजङ रायमाझीको 'नाइँ नभन्नु ल' अहिले मुलुकका २७ सिनेमा घरमा चलिरहेको छ । यो चलचित्रले औषत व्यापार गरिरहेको छ । वितरक सुनिल मानन्धरका अनुसार उपत्यकाका सात र मोफसलका २० हलमा चलिरहेको 'नाइँ नभन्नु ल'ले पहिलो सातामा ३५ लाख ग्रस कलेक्सन गरेको छ । उक्त कलेक्सनबाट १५ लाख निर्माताको हातमा पुगेको छ ।'कानुन'का निर्देशक उदय सुब्बा भन्छन् 'ठूला ब्यानरका चलचित्रसँग पनि हाम्रो फिल्मले व्यवसायिक प्रतिस्पर्धा गरिरहेको छ ।'

रेखा थापाले माओवादी कमान्डरको भूमिका निर्वाह गर्ने


माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को हातबाट टीका लगाएर माओवादीमा प्रवेश गरेको एक वर्षपुगेको बेला अभिनेत्री रेखा थापाले माओवादी कमान्डरको भूमिका निर्वाह गर्ने भएकी छन् । यसमा रेखाको जोडीका रूपमा नायक आयुश रिजालले अभिनय गर्दैछन् । 'हिफाजत' मा काम गरेपछि आयुश र रेखा प्रायः साथ-साथ अभिनय गर्दै आएका छन् । आयुशको भूमिकाबारे रेखाले भनिन्, 'यसमा पनि आयुश मेरो पछि लाग्छन् ।' तर, आयुशसँग काम गरेपछि जोडी जम्नेमा ढुक्क छिन्, रेखा । त्यसो त आयुश पनि मख्ख छन्, रेखासँग फेरि काम गर्न पाएकोमा आफ्नो भूमिका प्रस्टयाँउदै आयुशले भने, 'यो चलचित्रमा जलजलाको निर्दोषपनाले मलाई उनीप्रति आकषिर्त बनाउँछ ।'

चलचित्र 'लालसलाम'का निर्देशक शिवजी लामिछानेको निर्देशनमा बन्ने 'जलजला'मा रेखाले मुख्य भूमिका निर्वाह गर्ने भएकी छन् । बुधबार राजधानीमा आयोजित चलचित्रको शुभमहर्ूत समारोहमा कम्ब्याट डे्रसमा भेटिएकी रेखाले भनिन्, 'माओवादी फिल्म भनेर होइन, नारीप्रधान चरित्र भएकाले अभिनय गर्न लागेकी हुँ ।' जलजलामा आफ्नो भूमिका राम्रो भएको दाबी गर्दै रेखाले भनिन्, 'यो आम नेपालीको फिल्म हो ।' अखिल नेपाल जनसांस्कृतिक महासंघको निर्माणमा बन्न लागेको यस चलचित्रमा रेखा र आयुशको अतिरिक्त अन्य कलाकारहरूले पनि अभिनय गर्नेछन् । तर, महासंघले बनाएका अघिल्ला चलचित्रले आम दर्शकले मन पराएका थिएनन् ।

एड्भान्स बुकिङ सुरु


रिलिजको दुईदिन पहिल्यैदेखि नेपाली चलचित्र 'कोही…मेरो'को एड्भान्स बुकिङ सुरु भएको छ । राजधानीको जयनेपाल सिनेमा घरमा बुधबारदेखि दर्शकहरुले टिकटको अगि्रम बुकिङ थालेका छन् । आलोक नेम्वाङ निर्देशित यो चलचित्र शुक्रवारदेखि देशब्यापी रिलिज हुँदैछ । 'दर्शकहरुले आजबाटै एड्भान्स बुकिङ गर्न थाल्नुभएको छ' क्वेस्ट इन्टरटेनमेन्टकी मार्केटिङ चिफ सगिना मानन्धरले भनिन् 'पछिल्लो समय दर्शकहरुबीच फस्ट डे-फस्ट सोको ट्रेन्ड सुरु भएको छ ।' चलचित्रका निर्माता जितु वंशलले पनि केही मल्टिप्लेक्सहरुमा एड्भान्स बुकिङ सुरु भैसकेको बताए । 'फिल्मले राम्रो व्यवसाय गर्नेमा म ढुक्क छु' उनले भने ।

'कोही…मेरो'ले आफ्नो पि्रमियर पनि जयनेपालबाटै थाल्दैछ । रोचक कुरा त भाकल पुरा गर्न मुक्तिनाथ जान नपाएका निर्देशक नेम्वाङ विहिबार दक्षिणकाली र कार्यविनायक जाँदैछन् । उनले त्यहाँ गीतको सिडी चढाउनेछन् । मल्टिस्टारर यो फिल्म युवापुस्ताको त्रिकोणीय प्रेममा आधारित छ ।

आलोक आमासँग दक्षिणकाली


आफू निर्देशित फिल्म 'कोही…मेरो' रिलिज हुन केही घण्टामात्र बाँकी रहँदा निर्देशक आलोक नेम्वाङको धार्मिक शक्तिपीठको दौडधुप निकै बढेको छ । विहिबार उनी भगवानको आशिर्वाद लिन फिल्म निर्माता राजेश वंशल र आमा सुनन्दालाई लिएर दक्षिणकाली पुगे । त्यसअघि उनले विहान बुङ्मतिस्थित कार्यविनायक मन्दिरमा पनि पूजा गरे ।

दक्षिणकालीमा उनले अडियो सीडी र फिल्मको हार्डडिस्क पनि चढाए । यसअघि आफू जान नपाएपनि मुस्ताङको मुक्तिनाथमा उनले भाकल गरिसकेका छन् । 'फिल्मको सुरुको पूजा पनि दक्षिणकालीमा गरेकाले अन्तिम पूजा पनि यहिँ गर्न आएको हुँ' मेरो सिनेमासँग आलोकले भने 'किनभने मैले जे गरिरहेको छु भगवानको आशिर्वादमा गरिरहेको छु ।'

आलोकको दोस्रो फिल्म 'कोही…मेरो' शुक्रवारदेखि देशब्यापी रिलिज हुँदैछ । रिलिजको दिन विहान राजधानीको हात्तीसारस्थित जयनेपाल चित्रघरमा पि्रमियर कार्यक्रम छ ।

टङकिस छैन 'पलपलमा'


सेन्सर बोर्डले 'एडल्ट सर्टिफिकेट' दिएपछि चलचित्र 'पलपलमा'प्रतिको जनचासो ह्ववात्तै बढेको छ । यौन चलचित्र भन्ने वित्तिकै के-के न होला भन्ने ठानेका दर्शकले उक्त फिल्ममा 'टङ्किस' स्वभाविक होला भन्ने पनि बुझेका होलान् । तर चलचित्रका निर्देशक उकेश दाहाल भन्छन् 'मेरो चलचित्रमा एउटा पनि टङकिस छैन ।'

चुम्बनभन्दा माथिको गहकिलो विषय यौनका बारेमा फिल्म बनाएका उकेशलाई यस्तै जनचासो मेटाउन अहिले हम्मे परिरहेको छ । जसले भेटेपनि उकेशलाई टङ्किस त होला है भनेर सोधेर हैरान तुल्याउँछन् । 'मानिसहरुले चुम्बन दिएका फिल्मका बारेमा त कडा प्रतिकि्रया दिन थालेभने यौनका विषयमा बनेको फिल्म भएकाले बजारमा फिल्मको जनचासो बढेको छ' उनी भन्छन् ।

उकेश भन्छन् 'सुरुमा म यौनको विषयमा बनेको फिल्म भन्थें र एडल्ट सर्टिफिकेट पाउँदा पनि खुशि हुन्थें तर अहिले खुशि हुनुपर्ने कारण छैन किनभने चुम्बन यौनजस्ता कुराहरु बाहिर यसैपनि बदनाम थिए अब पर्दामा समेत बदनाम हुन थालेछन् ।' जे होस उनको यो फिल्ममा किस चाहिँ नभएको होइन गालामा हिरो-हिरोइनको किस भने देख्न पाइन्छ ।

भुवन दम्पतीको निर्णय


होम प्रोडक्सनको फिल्म 'साथी म तिम्रो'मा छोरा अनमोललाई 'गेष्ट अपिरिएन्स' दिलाएका बाबु हिरो भुवन अब अर्कै निर्णयमा पुगेका छन्- तीनवर्षसम्म छोरालाई कुनै फिल्ममा नखेलाउने । पत्नी सुस्मिताको सल्लाहमा छोरालाई तीनवर्ष फिल्मबाट टाढै राख्ने निर्णय एक्टस्र दम्पत्तिको छ । भुवन भन्छन् 'मैले उसको पढाइलाई ध्यानमा राखेर यो निर्णय लिएको हुँ ।'

भुवन र सुस्मिताको यो निर्णयपछि अब अनमोल केही वर्षसम्म कुनै फिल्ममा देखिनेछैनन् । 'उसलाई थुप्रै फिल्म खेल्न प्रपोज आइरहेका थिए मैले रोकिदिएँ' भुवनले भने 'अबको तीनवर्षसम्म अनमोलले कुनै फिल्म खेल्नेछैन ।' 'साथी म तिम्रो'मा छोटो भूमिकामा खेलेका अनमोलले प्लस टु पुस्तामा भिन्न क्रेज नै स्थापित गरेका छन् ।

छोरालाई चलचित्रमा स्थापित गराउन भुवनले पछिल्लो फिल्ममा छोटो भूमिका दिएका थिए । 'यतिले मात्र अहिले पुग्यो उसलाई' भन्छन् 'अब केहीवर्षपछि मात्र अनमोललाई फिल्ममा खेलाउनेनखेलाउने बारे सोच्नुपर्ला ।'

नायक भए हवल्दार


आलोक नेम्वाङ्गले निर्देशन गरेको पहिलो चलचित्र सानो संसार तपाईले हेर्नु भएको छ कि छैन ? हेर्नु भएको छ भने पनि सायद एक चिज ख्याल गर्नु भएन होला !

सो चलचित्रमा प्रहरी निरिक्षक बनेका अभिनेता नीर शाहको सहयोगीको रूपमा रहेका दुई साहयक हवल्दार मध्येका एक व्यक्ति नायक बनेका छन् । पहिलो चलचित्रमा हवल्दार अभिनय गर्न पाएका ती भाग्यमानी कलाकार हुन् सुवास थापा । हवल्दारबाट नायक बन्न सफल नायक सुवास अहिले दर्शकको मन जित्ने तयारीमा छन् । रंगमञ्चका कुशल कलाकार समेत रहेका सुवास ११ गते देखि प्रदर्शनमा आउन लागेको चलचत्रि कोही मेरोमा नायक आर्यन सिग्देलसंगै शिर्ष भूमिकामा देखिदैछन् । तीन बर्षअगाडी चलचित्र सानो संसारमा प्रहरी हवल्दारको अडिसन दिएर पास भएका ३० बर्षीय सुवासको अभिनय र लुक्सले उनलाई थप उचाईमा पुर्‍याएको छ । जस अनुरूप सोही समयमा निर्देशक नेम्वाङ्गले उनलाई कर्णदासद्धारा गाइएको एक म्यूजिक भिडियोमा समेत अभिनय गर्न लगाए । यध्यपी विविध कारणले सो म्यूजिक भिडियो भने बजारमा आएको छैन् ।

"पहिले त मैले वास्ता गरिन तर निर्माता भाष्कर ढुङ्गानाले सुवास हिरो बन्न लायक छ भने पछी मैले पनि उसलाई बुझ्न थालें र उ मा हिरो बन्ने गुण देखे" निर्देशक नेम्वाङ्गले भने । सो समयमा थाहाँ नपाई राम्रो कलाकारलाई सामान्य रोल दिएकाले केही पछुतो मानेका आलोकले अन्नत: आफ्नो दोस्रो प्रोजेक्टमा उनलाई लिएका छन् । आशा गरौ हवल्दारबाट सिधै नायक भएका सुवासले सवैको मन जित्न सकुन् ।

कतारमा 'गंगाजल' र 'सिलसिला'


नेपाली चलचित्रको बजार बिस्तारको लागी चलचित्रकर्मीहरूले ग्लोबल मार्केटलाई बिशेष ध्यान दिन थालेका छन् । पछिल्लो समयमा नेपाली चलचित्रहरू बिदेशमा प्रदर्शन हुने क्रम निकै बढेको देखिन्छ ।

यहि क्रममा थुप्रै नेपालीहरू रहेको देश कतारमा पनि नेपाली चलचित्र प्रदर्शन हुँदैछ । रेड मुभिज एन्ड इन्टरटेन्मेन्ट प्रालीले कतारमा पहिलो पटक नेपाली चलचित्रको बिशेष प्रदर्शन गर्दैछ । नायिका सोभिता सिंखडा र कतारमा बस्दै आएका सञ्चारकर्मी निराजन भण्डारीको पहलमा दुई चलचित्र 'गंगाजल' र 'सिलसिला' कतारको दोहा स्थित दोहा सिटी प्लाजामा बिशेष प्रदर्शन हुँदैछ ।

चलचित्र 'सिलसिला' इदको तेस्रो दिन प्रदर्शन हुँदैछ भने 'गंगाजल' सेप्टेम्बर १७ तारिखका दिन प्रदर्शन हुँदैछ । प्रदर्शन हुन लागेका प्रस्तुत दुई चलचित्रलाई कतारबासी नेपालीहरूले मन पराईदिएमा आगामी दिनहरूमा थुप्रै राम्रा-राम्रा नेपाली चलचित्रहरू प्रदर्शन गरिने कार्यक्रम संयोजक निराजन भण्डारीले जानकारी दिए । सो कार्यक्रमको फिल्मीखबर डटकम मिडिया पार्टनर रहेको छ ।

शुक्रबार बिहान 'कोही मेरो' को प्रिमियर


आलोक नेम्वाङ्गद्धारा निर्देशित दोस्रो चलचित्र कोही मेरो भोली शुक्रबार बिहान प्रिमियर हुदैँ छ ।

राजधानीको जय नेपालहलमा बिहान ८ बजे हुन लागेको सो प्रिमियर लगत्तै र्सवसाधारणका लागि चलचित्र देखाइने छ । शुक्रबार देखि देश भरिबाट एक साथ प्रदर्शनमा आउन लागेको उक्त चलचित्र प्रति दर्शकहरूले निकै राम्रो आशा राखेका छन् ।

मुभिज डटकमको ब्यानरमा राजेश बंशल र सुरज बंशलले निर्माण गरेको उक्त चलचित्रमा नायक आर्यन सिग्देल, सुवास थापा, झरना बज्रचार्य र संचिता लुइटेलले अभिनय गरेका छन् ।

सुरेशदर्पण मलेसिया प्रस्थान

चलचित्र 'मिस यु' को छायाँकनका लागी निर्देशक सुरेशदर्पण पोखरेल शनिबार रातिको बिमानबाट मलेसिया प्रस्थान गरेका छन् । बिमानमा चड्नु अघि फिल्मीखबरसँग कुरा गर्दै निर्देशक सुरेशले आफू एक्लै मलेसिया प्रस्थान गरेको बताए ।

चलचित्रका कलाकार र प्राबिधिक भने मंगलबार मात्र मलेसिया जाने निर्देशक सुरेशले बताए । नेपालबाट क्यामेरा बाहेक अन्य सामान र धेरै प्राबिधिकहरू लान नसक्ने भएकोले ती चिजको व्यबस्थापन गर्न आफू अगाडीनै मलेसिया जानु परेको बताए । आगामी शुक्रबारबाट मलेसियाका बिभिन्न स्थानहरूमा छायाँकन हुने चलचित्र 'मिस यु' का लागी नेपालबाट निर्देशक सहित नायक दिलिप रायमाझी, नायिका नम्रता श्रेष्ठ, गायक तथा नायक बाबु बोगटी, नवनायक बरूण राणा, क्यामेरा म्यान धिरजजंग शाह, कोरियोग्राफर रेनशा राई, हेयरड्रेसर सोफीसहितको ११ जनाको टोली त्यस तर्फ प्रस्थान गर्दैछ । चलचित्रका लागी चाहिने अन्य कलाकार र प्राबिधिक भने मलेसियामै खोजिने निर्देशक पोखरेलले जानकारी दिए । करिब ४० दिनको लागी नेपाल छोडेका निर्देशक सुरेशले चलचित्रको छायाँकन ३० दिन मलेसियामा र १० दिन जति सिंगापुरमा गरेर नेपाल फर्कने बताए । नेपालमा फर्के पछी बाँकी चलचित्रको छायाँकन पोखरामा गरिने उनको भनाई छ ।

लक्की फाईभ रेखा


नायिका रेखा थापा र अकं पाँचको सम्बन्ध निकै गहिरो रहेछ । आमाको कोखबाट १० महिना नाघेर धर्तीमा जन्मिए लगत्तै पाँचको साथ पाएकी नायिका थापाको जीवनको हरेक मोडमा पाँच निकै महत्वपूर्ण बनेर बसेको छ ।

निकै व्यस्त भएकाले शनिबार चलचित्र 'खुशी' को सुटिङ्गमै आफ्नो २७औ जन्म दिन मनाउँने क्रममा थापाले नम्बर पाँच र आफ्नो जीवनको सम्बन्ध प्रस्टयाउदै पाँचौ महिना, पाँचौ बार, ५ गते र बेलुकी ५ बजे पाँचौ सन्तानको रूपमा आफुले जन्म लिएको भन्दै आफ्नो जीवनमा पाँचको महत्व धेरै रहेको बताइन् । यति मात्र हैन उनका बुवा खलकहरू पनि पाँचै जना रहेछन् । अतः उनको पाँचौ होम प्रडोक्सनको रूपमा रहेको चलचित्र 'कसले चोर्‍र्यो मेरो मन' पनि केही महिना पछि रिलिज हुदै छ । पाँच नम्बर निकै लक्की भएको भन्दै लामो हासो दिदै उनले भनिन "आशा गरौ यो चलचित्रबाट पाँच करोड कमाई होस ।" गोपी कृष्ण मुभिजको ब्यानरमा निर्माणाधिन चलचित्र 'खुशी' को सुटिङ्गमा रहेकी नायिका थापाले नायक सुमन सिहँ, निर्देशक ज्ञानेन्द्र देउजा, नित्य निर्देशक बसन्त श्रेष्ठ लगायत सो चलचित्रको टिमसंग दुई किलोको केक काट्दै आफ्नो जन्मदिन मनाईन् ।

'दसगजा हेर्न ५० हजारसम्म तिरेका छन्'


काठमाडौं/ भारतले गरिरहेको नेपालको सीमा अतिक्रमणको विषयमा निर्माण गरिएको दसगजा फिल्मको च्यारिटी-सोको एउटै टिकट ५० हजार रुपैयाँमा बिक्री भएको खुलासा फिल्मका निर्माता नवल खड्काले गरेका छन् । दसगजाको अहिलेसम्म राजधानीमा मात्रै सात र धनगढीमा एकपटक च्यारिटी-सो भइसकेको छ ।

राष्ट्रिय स्वाधीनताको आवाज बुलन्द गरिएको बताइने आफ्नो फिल्मको च्यारिटी-सोका लागि मुलुकभित्रका विभिन्न संघसंस्था, संगठन तथा व्यक्तिबाट दिनहुँ प्रस्ताव आइरहेको नवल बताउँछन् । 'च्यारिटी-सोको एउटै टिकट पाँचदेखि ५० हजार रुपैयाँसम्ममा बिक्री भएको छ । मान्छेहरू दसगजा हेर्न निकै आतुर छन् । जसकारण उनीहरू जतिसुकै मँहगोमा पनि फिल्म हेर्न चाहन्छन्,' अहिलेसम्म थप ३० ठाउँमा च्यारिटी-सो कन्र्फम भइसकेको बताउँदै उनी भन्छन्, 'केही दिनमै म्याग्दी, बाग्लुङ, पोखरा, गोर्खा, बुटवल, नारायणघाट, हेटौँडा, धरान र बनेपामा सो हुँदै छ । विदेशबाट पनि अफर आइरहेको छ ।'

मुलुक र छिमेकी राष्ट्र भारतबीचको सम्बन्धमा खलल पुग्ने अनुमानमा सेन्सर बोर्डलेे दसगजा पास गर्न अनाकानी गर्दै अड्काएको थियो । बोर्ड सदस्यहरूले चारपटकसम्म हेरेर पास गरेको दसगजा जहाँजहाँ देखाइयो, त्यहाँका मान्छे निकै राम्रो प्रतिक्रिया दिएको नवल बताउँछन् । 'फिल्म हेरेका आमदर्शकदेखि लिएर सरकारी उच्चपदस्थ अधिकारी, डाक्टर, इन्जिनियर, मन्त्रालयका सचिव, नेता, सभासद्, सीमाविद्, शिक्षक, नागरिक समाजका सदस्य तथा नेपाली फिल्म कहिल्यै नहेर्नेले समेत मुलुकले राष्ट्रवादी फिल्म पाएको प्रतिक्रिया दिए,' च्यारिटी-सोबाटै लगानी उठ्ने अनुमान गर्दै उनले भने, 'हामी नेपालीमा आफ्नो राष्ट्रप्रति कति माया छ भन्ने बुझ्ने मौका पाएँ । दुई दिन पनि नेपाली फिल्म राम्ररी चल्ने ठाउँबाट पनि च्यारिटी-सोको अनुरोध आएको छ ।'निर्माता नवल आफ्नो फिल्मले नेपाली फिल्मको व्यावसायिक क्रमभंगता गरेको बताउँछन् । 'अहिलेसम्म कुनै फिल्मको पनि यति धेरै च्यारिटी-सो भएको छैन,' उनले भने, 'आमनेपाली जनताले भोगेको पीडा र वास्तविकताको विषयमा मौलिक फिल्म बनाए चल्छ भन्ने प्रमाण हो यो ।'

किन दंग छन् उदय ?


काठमाडौं/ निर्देशक उदय सुब्बा अचेल निकै दंग छन् । उनी दंग पर्नुमा प्रमुख दुई कारण छन्- पहिलो, कानुन फिल्मले आशै नगरेको व्यापार गर्नु । दोस्रो, आफ्नो निर्देशनमा बनेका तीन फिल्म रिलिजका लागि र दुई फिल्म सुटिङका लागि तयार हुनु ।

कानुन चार वर्षअघि बनेर दुई वर्षअघि मोफसलमा रिलिज भएको थियो । राजधानीमा लामो समय पालो कुरेर हल पाएको यो फिल्मबाट उनले खासै आश गरेका थिएनन् रे । 'बाहिर उहिल्यै चलिसकेको फिल्म । त्यसमाथि वषर्ामासमा हल पायो । फिल्म हेर्न दर्शक आउलान्जस्तो लागेको थिएन,' १४ वटा हलमा प्रदर्शन भइरहेको कानुनले गरेको व्यापार देखेर आफू जिल्लिएको बताउँदै उनले भने, 'नसोचेको व्यापार गरिरहेको छ । सबै हलमा हाउसफुल छ ।' राजनीतिक विषयमा निर्माण भएको कानुनमा राजेश हमाल, निखिल उप्रेती, झरना थापा, अरुणिमा लम्साल, सुनिल थापा, अर्जुन कार्की, जेनी कुँवर, दिनेश शर्मा, रोही श्रेष्ठ, श्याम श्रेष्ठलगायतका कलाकारको भीड छ । जसमा निर्देशक उदय आफैँ पनि खुंखार भिलेनको रोलमा छन् । मल्टिस्टार कानुनअघि यस्तै राजनीतिक विषयमा उनले क्रान्तिनामक फिल्म निर्माण गरेका छन् । आफूमा राजनीतिक चेतना भएकाले जनतामाझ सही सन्देश दिनका लागि यस्ता विषयमा फिल्म बनाउने गरेको दाबी उदयको छ ।

उदय निर्देशीत मेरो प्यारो माइती घर, अमर प्रीति र बधाइ छ तिमीलाई तीन फिल्म रिलिजका लागि तयार हुँदैछन् भने उनी दुइटा नयाँ फिल्म लभ इन चाइना बोर्डर र कर्मदाताको सुटिङ सुरु गर्ने तयारी रहेको बताउँछन् । यति भएपछि उदय मात्रै होइन जो पनि दंगका साथै मख्खसमेत परिहाल्छ नि । फुकर्ंदै बोलिहाले, 'म ननस्टप फिल्म बनाउने मान्छे....।'

एक दिनमै उत्रियो फिल्म


काठमाडौं/ पछिल्ला दिनमा थुप्रै नेपाली फिल्म प्रदर्शन सुरु भएको एक हप्तामै उत्रिएका छन् । हलमा मुस्किलले एक हप्ता टिक्न नसक्नेमा मोफसलमा चलिसकेका, पुराना या त भिडियो प्रविधिका कमसल फिल्म मात्र देखिएकोमा एउटा अचम्मको खबर सुन्नु, देख्नुपरेको छ- नाइँ नभन्नु ल एक दिनमै उत्रियो । नाइँ नभन्नु ल शुक्रबारदेखि राजधानीका गोपीकृष्ण, हीरारत्न, अष्टनारायण, गुण र बाराही गरी पाँच र मोफसलमा पोखरा, विराटनगर र सुर्खेतका हलमा एकैसाथ प्रदर्शन सुरु भएको हो । विकास आचार्य निर्देशित यो फिल्म राजधानीको हीरारत्न हलमा प्रदर्शन सुरु भएको पहिलो दिनमै उत्रिएको छ । हीरारत्न हल स्रोतले बताएअनुसार नाइँ नभन्नु ल हेर्न दर्शक नआएकाले शुक्रबार नै उतारिएको हो । 'फिल्म हेर्न दर्शक नै आएनन्,' हलका एक कर्मचारीले भने, 'घाटामा चलाउने कुरा भएन । उतार्नुपर्‍यो ।'

नाइँ नभन्नु ल एक दिनमै उत्रिएपछि शनिबारदेखि हीरारत्नमा हिन्दी फिल्म लफंगे परिन्दे प्रदर्शन भइरहेको छ । नाइँ नभन्नु ल गोपीकृष्ण मुभिजले वितरण गरेको फिल्म हो भने हीरारत्न हल पनि गोपीकृष्ण मुभिजकै व्यवस्थापनमा केही महिनादेखि पुनः सञ्चालनमा आएको हो । नाइँ नभन्नु ल निर्माण पक्षले आफ्नो फिल्मले राम्रो व्यवसाय गरिरहेको दाबी गरे पनि एक दिनमैै फिल्म उत्रिएको भने यो नै अहिलेसम्मको पहिलो रेकर्ड भएको चर्चा फिल्मकर्मीमाझ चुलिएको छ । रमेशजंग रायमाझी निर्माता रहेको यो फिल्ममा सुमन सिंह, जीवन लुइँटेल र ऋचासिंह ठकुरी प्रमुख भूमिकामा छन् ।

नाइँ नभन्नुस्


नेपाली फिल्म र दर्शकबीचको सम्बन्ध उति राम्रो देखिँदैन । फिल्मकर्मीको आरोप छ- दर्शकले स्वदेशी फिल्मलाई माया गर्दैनन् । दर्शक भन्छन्- छेउ न टुप्पाका हुन्छन् । शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा रहेको फिल्म 'नाइँ नभन्नु ल' ले भने सकारात्मक छनक देखाएको छ । प्रेमकथामा आधारित फिल्मले दर्शकलाई नाइँ नभनाउने प्रयास गरिरहेको छ । फिल्म लेखनबाट निर्देशनमा समेत हात हालेको दोस्रो प्रयासमै विकास आचार्य धेरै हदसम्म सफल देखिएका छन् ।

सानैमा बाबुआमाको मायाबाट टुहुरिएको शिशिर (जीवन लुइँटेल) ऋतु (ऋचासिंह ठकुरी) को मायाबाट पनि टाढिने हो कि भन्ने पीरको कारण बन्छ, वसन्त (सुमन सिंह) । ऋतु आफू वसन्तलाई मन पराउने भएकोले शिशिरलाई सपना नदेख्न भन्छिन् । तर ऊ भने वसन्त पछि शिशिरकै ऋतु हुने प्राकृतिक नियममा विश्वास गर्छ र प्रेमको भीख मागिरहन्छ । प्रकृतिमा ऋतुको गोलचक्कर कहिल्यै नसकिने भए पनि फिल्म कुन ऋतुमा गएर टुंगिन्छ भन्ने अन्त्यसम्मै कौतुहल जागिरहन्छ ।हिमालयन फिल्मस्को ब्यानरमा रमेशजंग रायमाझीले बनाएको फिल्म 'नाइँ नभन्नु ल' को सबल पक्ष् संवाद हो । संवादमा जीवन्तता छ । फिल्मको सार्वजनिक प्रदर्शनअगावै हिट बनेका गीतलाई कृष्णहरि बरालले फिल्मकै कथामा ढालेर लेखेकाले फिल्म सांगीतिकसमेत बनेको छ । सबै गीतमा गायक/गायिका दीपक लिम्बू र रजिना रिमालको स्वर रहेको छ भने महेश खड्काको संगीतमा मिठास छ ।

शम्भु सापकोटाका ट्रली र क्रेनमा गतिशील क्यामेराका दृश्य राम्रा छन् । विशेषगरी गीत/नृत्यमा प्रयोग गरिएका भेषभूषा सुहाउँदिला छन् । फिल्मका केही दृश्य चोटिला र मार्मिक पनि छन् । नरम स्वभावका दर्शक ती दृश्यमा आँसु झार्न पनि सक्छन् । सधैं जित्नका लागि बाजी थाप्ने दुई साथीहरू हार्नका लागि बाजी थाप्नुपर्ने परिस्थितिले दर्शकलाई भावुक बनाउन सक्छ भने फिल्मका पछिल्ला दृश्यमा जीवनले बोल्ने संवादले दर्शकको मनसम्म पुगेर छुने सामथ्र्य राख्छन् । 'म कहिले पो सुखी थिएँ र दुःखको समाचारले असर गरोस्' सधैं अरूलाई जादू देखाएर रमाइलो गर्ने जीवन (शिशिर) आफैं दुःखी बन्दा भन्छ, 'भगवान् त मभन्दा पनि ठूलो जादुगर रहेछ, जिन्दगीको सारा खुसी नै लुट्यो ।'झन्डै साढे दुई घन्टाको फिल्ममा मिथिला शर्मा, मुकेश आचार्य, ममता श्रेष्ठ, श्वेता आचार्यलगायतले पनि फिल्ममा अभिनय गरेका छन् । ऋतुकी छोरी खुसीले आमाको उपन्यास 'नाइँ नभन्नु ल' को कथालाई साथीसँग भनेको आधारमा प्रस्तुत गरिएको फिल्मको दृश्य परिवर्तन कलात्मक छ । फिल्ममा हाबी देखिएका जीवनको अभिनय दमदार भएकैले पनि फिल्म राम्रो बन्न सकेको हो । यसै फिल्मबाट डेब्यु गरेकी नायिका ऋचाको सुन्दरतामा देखिएको निखार अभिनयमा आउनु जरुरी छ । फिल्ममा मुकेश र ममताको प्रेम प्रसंग र त्यसको अन्त्यमा भने दर्शकले गुनासो गर्ने ठाउँ छ । अभिनयमा जमेका भए पनि मुकेशलाई प्रेममा कमजोर रूपमा प्रस्तुत गरिँदा अन्याय भएको लाग्न सक्छ । त्यस्तै ऋतुलाई मन पराउने एक खलपात्र हिमालले उनी आपत्कालीन अवस्थामा पर्दा सहयोग गर्न खोज्ने नायकको बाटो छोक्नु तर्कसंगत लाग्दैन ।

प्रकाशित मिति: २०६७ भाद्र ७ ०९:३२

सुन्दरीको बुटिकमा सुन्दरी

बरिष्ठ अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समय सामाजिक कार्यक्रमहरुमा व्यस्त हुन थालेकी छिन् । आइतबार उनी यस्तै एउटा कार्यक्रममा देखा परिन् । पूर्व मिस नेपाल उषा खड्गीले स्थापना गरेको बुटिकलाई करिश्माले रिबन काटेर शुभारम्भ गरिन् ।आफ्नी छोरी कवितासहित करिश्मा कुपण्डोल पुगेकी थिइन् । कालो गाउनमा सेतो फूलको बुट्टामा सजिएकी करिश्मा त्यहाँ संचारकर्मीको आकर्षणको विन्दु पनि बनिन् । 'फेसन क्षेत्रमा उषाले गर्न लागेको प्रयासप्रति खुशि लागेको छ' उषा र उनकी साथी रेश्माले संयुक्त रुपमा खोलेको बुटिक उद्घाटन गर्दै करिश्माले भनिन् । करिश्मार्फत आफ्नो बुटिकको उद्घाटन गराउन पाएकोमा पनि उषाले खुशि ब्यक्त गरिन् । भनिन् 'करिश्मा दिदी मेरो आदर्श हुनुहुन्छ र आइडल पस्रन पनि ।'

'युआर स्टाइलिस बुटिक' नाम दिइएको उक्त बुटिकमा संसारका प्रचलित फेसनका डिजाइनहरु उपलब्ध हुने संचालिका समेत रहेकी उषाले मेरो सिनेमालाई बताइन् । 'बुटिक र मिडियालाई अब सँगै लैजान्छु' उषाले भनिन् 'किनभने मिडियालाई छाड्न सक्दिन मिडिया मेरो फस्टलभ हो ।'बुटिक स्थापना गर्न आफूलाई श्रीमान जीपी र परिवारबाट राम्रो सहयोग मिलेको उषाले बताइन् । उषाले यसो भनिरहँदा अतिथिहरुलाई मिलाउन लागिपरेका जीपी असिनपसिन् देखिन्थे ।

ऋचाका दुई सर्त


कुरा अभिनेत्री ऋचा घिमिरेको हो । अष्टे्लियाबाट फर्किएपछि यी हिस्सी नायिकामा धेरै कुरा परिवर्तन भएका रहेछन् । पहिलो त उनी तीन किलो मोटाएर नेपाल फर्किइन् । अर्को मुख्य कुरा उनी पहिलेभन्दा बढि नै व्यवसायिक बन्न थालेकी छिन् । मेरो सिनेमासँग कुरा गर्दै ऋचाले आफ्नो फिल्मी करियरबारे दुई महत्वपूर्ण प्रसंग कोट्याइन् । यसलाई ऋचाको सर्त भन्न सकिन्छ । आफ्नो रेट दुईलाख भएकाले त्यो भन्दा कम पारिश्रमिकमा नखेल्ने र अब दमदार रोलमा मात्र अभिनय गर्ने सर्त ऋचाका छन् ।

'अब मलाई जुन प्रोड्युसरले एप्रोच गर्नुहुन्छ उहाँले सुरुमा दुईलाख पारिश्रमिक दिन तयार हुनुपर्यो र अर्को कुरा दमदार रोलमा मात्र मलाई एप्रोच गर्नुपर्यो' ऋचाले भनिन् 'यी सर्त पुरा गर्ने हो भने मात्र म फिल्म खेल्न तयार छु । अब पहिलेजस्तो एकडेढलाखमा फिल्म खेल्दिँन ।'यदि यस्तो अवसर नपाए होम प्रोडक्सनका फिल्म मात्र खेल्ने ऋचाको भनाई छ । 'अब म पहिलेजस्तो स्पिडमा काम गर्दिन' अष्टे्रलियाबाट शनिवार स्वदेश फर्किएकी ऋचा भन्छिन् 'अभिनय भन्दैमा अब आइडम डान्स, लिडिङ रोल, गेष्ट रोल पनि गर्ने छैन ।'होम प्रोडक्सनको चलचित्र 'वीरताको चिनो' भर्खरै अष्टे्रलियामा पि्रमियर गरेर फर्किएकी ऋचा आउँदो सेप्टेम्बर १ मा लन्डन हानिदैंछिन् । लन्डनबाट फर्किएपछि 'तुलसी'को अवरुद्ध सुटिङ गर्ने योजना छ ऋचाको ।

पछि हट्यो 'पलपलमा'


अन्ततः रस्साकस्सी लामो समय टिकेन । र चलचित्र 'पलपलमा' पछि हटेको छ । भदौ १८ गते रिलिजका लागि 'पलपलमा'ले विशेष अवार्ड प्राप्त चलचित्र 'दासढुंगा'लाई मैदान खाली गरिदिएको छ ।

'दासढुंगा' भदौ १८ मै रिलिज हुने छ भने 'पलपलमा' भदौ २५ मा । 'हो हामी पछि हटेका छौं' पलपलको रिलिज मिति सरेको जानकारी दिँदै निर्देशक उकेश दाहालले भने 'दासढुंगा प्रदर्शनका लागि हामीले रिलिज सारेका छौं ।'
भदौ २५ मा पलपलमा सहित अन्य तीन चलचित्र दीपशिखा, हिम्मत-टु र सिन्दुर रिलिज हुँदैछन् । पलपलमाको रिलिज सरेपछि 'दासढुंगा'लाई व्यवसायिक रुपमा सहज भएको छ । भदौ २५ मा रिलिज हुने चारै चलचित्रबीच व्यवसायिक रुपमा पनि प्रतिस्पर्धा हुने देखिएको छ । चलचित्र 'दासढुंगा' जयनेपाल र विश्वज्योतिसहित उपत्यकाका सबै र देशब्यापी रिलिज हुनेछ । रिलिजको पूर्वसन्ध्यामा गरिने भव्य पि्रमियरको तयारी भैरहेको 'दासढुंगा' निर्माता अपिल विष्टले मेरो सिनेमालाई जानकारी दिए ।

झरना र झरी


झरना र झरी एक अर्काका पर्याय झैं लाग्छन् । केहि वर्षअघि बसन्त चौधरीको शब्द गरु कि मिठो भूल... गीतको म्युजिक भिडियोमा भिजेका झरनाका अधरले अहिले पनि मानिसलाई कुत्कुत्याउँछ । पहिरन, भाव र भंगिमामा लठ्याउन सक्ने झरनाका अभिनयमध्ये त्यो उत्कृष्ट अभिनय थियो । अहिले त्यसैलाई विर्साउने गरी झरनाको नयाँ गीत आएको छ । आगामी साता सार्वजनिक हुने चलचित्र 'कोही...मेरो' को गीत 'धेरै दिन भयो...'को अभिनयका क्रममा सेसन गरिएको यो फोटोले झरनाको ग्लामर छवि फेरी एक पटक उत्कर्षमा पुगेको छ । निर्देशक आलोक नेम्वाङको निर्देशनमा प्रदर्शोन्मुख चलचित्र 'केही...मेरो' मा झरना बज्राचार्य साधारण युवतीको भूमिकामा छिन् । चलचित्र 'कोही...मेरो' बाट धेरैपछि नायिका झरना बज्राचार्यको नेपाली चलचित्रमा पुनरागमन भएको छ त्यसैले पनि उनी निकै 'एक्साइटेड' छिन् । 'कोही...मेरो' मा उनी प्रेममा परेकी युवतीको फरक ढंगको भूमिकामा छिन् । उनका नायक छन् आर्यन सिग्देल र सुवास थापा । मन मिल्ने साथी आलोकको निर्देशनमा काम गर्न पाएकोमा खुसी भएकी झरना भन्छिन्, 'विगतमा मैले अभिनय गरेका चलचित्रहरूभन्दा फरक छ यो चलचित्र । यही चलचित्रपछि नेपाली चलचित्रमा मेरो भविष्य निर्धारण हुनेछ ।

हास्यव्यंग्यका लागि गाइजात्रा नै कुर्नुपर्छ र ?


कुर्नैपर्ने औचित्य समाप्त भैसक्यो । पहिले गाईजात्राका अवसरमा गाईजात्रे कार्यक्रम गरिने बानेश्वरको हलमा अहिले ३ सय ६५ दिन नै गाईजात्रा भैरहेको छ । पहिलेका शासक कडा थिए र मनको असन्तुष्टि पोख्न गाइजात्रा कुर्नुपथ्र्यो । अहिलेका त शासक नै गाईजात्रा गर्दैछन् । बरु हामीलाई पो अप्ठेरोमा पारेका छन् ।

केदार घिमिरे माग्नेबूढा’ -हास्यकलाकार)

पर्दैन, अब कुर्नै पर्दैन । राजा, राणा र नेताले गाईजात्रा सिकाएका हुन् । राजा जगतप्रकाश मल्लले गाईजात्राको चलन चलाए । राणाले एक दिन भए पनि छुट दिए । अब त नेताहरूले नै हास्यअभिनेतालाई वास्तवमा कसरी गाईजात्रा गर्ने भनेर ३ सय ६५ दिन नै सिकाइरहेका छन् । त्यसैले हाम्रो नेपालमा जहिले पनि गाईजात्रा हेर्न पाइएको छ ।

दीपेन्द्र खनियाँ -सञ्चालक, रेडियो अडियो)

देशको स्थिति देख्दा रुनु न हाँस्नु भैसक्यो । हाँस्नलाई गाईजात्रा कुर्नुपर्दैन । नेताहरूको क्रियाकलाप हेरेर पेट मिचीमिची हाँस्न सकिन्छ । पुगेन भने टेलिभिजन च्यानलहरूमा दैनिक एउटा न एउटा हास्यव्यंग्य कार्यक्रम आएकै हुन्छ । अझ त्यतिले पनि पुगेन भने समाचार हेरेर हाँस्दा पनि हुन्छ ।

अंशु महर्जन -हास्यअभिनेत्री)

किन कुर्नुपर्‍यो र ? देश चलाउनेहरूको गाईजात्रे तालले देशको उपनाम नै गाईजात्रे हुन लागिसक्यो । पहिले गाईजात्रे कार्यक्रम हुने स्थानमा त्यस्ता गाईजात्रे नाटक दिनहुँ चलिरहेकै छ । जनताले दिएको तलब खाएर जनतालाई झुक्याउने नाटक गरिरहेका नेताहरूको नौटंकी हेरेर त्यत्तिकै हाँसो उठ्छ । त्यसका अघिल्तिर गाईजात्रे हास्यव्यंग्य पनि फिक्का हुन्छ ।

राजकुमार शाह -अभिनेता)

हामीजस्ता हास्यकलाकारहरूले त कुरेकै हुन्छौं । किनभने गाईजात्रामा जस्तो गरी मन फुकाएर व्यंग्य गर्न अरू बेला मज्जा आउँदैन । गाईजात्राका बेला एक साताभरि सधैं प्रहसन गरेर हँसाइरहन पाइन्छ । बाह्रै महिना विभिन्न प्रहसन गरेर हँसाइरहेका र टेलिभिजनमा कार्यक्रमबाट दैनिक हँसाउने कलाकारहरूका लागि गाईजात्रा महोत्सव नै हो । त्यसैले अरूले कुरुन् कि नकुरुन्, म त कुर्छु बा ।
पल्पसा डंगोल -हास्यअभिनेत्री)

ईश्वरसँग मेरो ठूलो गुनासो छ ( अन्तर्वाता)


महको नाम लिनेबित्तिकै मुख रसाउँछ। हास्यव्यंग्यमा मदनकृष्ण र हरिवंश यही रसिला स्वादका कारण चर्चित छन्। ३१ वर्ष लामो सहकार्यमा हजारौं व्यङ्ग्यात्मक प्रस्तुति दिइसकेको महजोडी एक-अर्काबिना अपुरो मानिन्छ। यो जोडीमा उमेरले मदनकृष्ण ठूलो भएकाले हरिवंश मदनलाई महत्त्व दिन्छन्। मदनकृष्ण भने आफूभन्दा बढी प्रतिभा भएको भन्दै हरिवंशलाई महत्त्व दिन्छन्। यी दुईबीच बेला-बेलामा सहकार्य तोडिने चर्चा चले पनि दर्शकहरूले उनीहरूको जोडीलाई छुटि्टन दिएका छैनन्। तत्कालीन पञ्चायती व्यवस्थाको विरोध गरेयता उनीहरू लगातार लोकतान्त्रिक आन्दोलनमा सक्रिय छन्। विभिन्न सर्वेक्षणले महको जोडीलाई नेपालका सबैभन्दा लोकपि्रय कलाकार मानेको छ। ३१ वर्षअघि गाईजात्राको अवसर पारेर राष्ट्रिय बैंकको कार्यक्रममा प्रहसन देखाएपछि उनीहरूले लगातार गाईजात्रे कार्यक्रम देखाए। त्यसैले जब-जब गाईजात्रा आउँछ, उनीहरूको कार्यक्रम हेर्न दर्शकहरू मरिहत्ते गर्छन्। यही मेसोमा यसपटक बुढानिलकण्ठस्थित उनीहरूको स्टुडियोमा पुगेर साप्ताहिकले हरिवंश आचार्यसँग लामो कुराकानी गर्‍यो।

राई इज किङका किङ


पाश्र्वगायनका नम्बर एक गायक राजेश पायल राई अब नायक बन्ने भएका छन् । करिब २ सय ५० चलचित्रमा गीत गाइसकेका गायक राईले एकै पटक तीनवटा चलचित्रमा नायकका रूपमा अभिनय गर्ने अवसर पाएका हुन् । चलचित्र गायनमा पहिलो रोजाइका यी गायकको अभिनययात्राले उनलाई कति साथ देला, त्यो त भविष्यमै थाहा पाइनेछ, तर एकैपटक तीनवटा चलचित्रमा काम गर्ने अवसर पाउनुलाई भने राम्रै उपलब्धि मान्न सकिन्छ । 'शारीरिक दृष्टिकोणले हिरोका लागि म एकदमै फिट छु भन्दिनँ,' दर्शन नमस्ते गीतका गायक राईले साप्ताहिकसँग भने- 'तर आफ्नो नायकीय छविलाई दर्शकमाझ स्थापित गर्न मेरो अथक मेहनतले काम गर्ने विश्वास लिएको छु ।' नायक बन्ने भएपछि आजभोलि राजेश अभिनय, नृत्य कतथा द्वन्द्वको अभ्यास गरिरहेका छन् । म्युजिक भिडियोका लागि गरेको अभिनयको अनुभवसँगै उनले चलचित्रमा अझ परिष्कृत अभिनय गर्ने बताए ।

दशैंअघि राई इज किङ गीतिसंग्रह श्रोतामाझ ल्याउने तयारी गरिरहेकै बखत राजेश गोकुल राईको निर्देशनमा निर्माण हुने रुद्राक्ष तथा उदय सुब्बाको निर्देशनमा निर्माण हुने लभ इन चाइना बोर्डरमा नायकका रूपमा अनुबन्ध भएका हुन् । राजेशले यी दुई चलचित्रमार्फत पृथक् कथामा काम गर्ने बताए । यस्तै राजेशको जीवन र किराँत संस्कृतिमा आधारित रहेर बजारमा आउन लागेको उनको गीतिसंग्रह 'राई इज किङ' कै शीर्षकमा पनि चलचित्र निर्माण हुने भएको छ । उक्त चलचित्रमा पनि राजेश नै नायक हुनेछन् । आरडीए फिल्म रिसर्चको ब्यानरमा बन्न लागेको चलचित्र राई इज किङको कथा राजन मुकारुङले लेखेका हुन् जसको निर्देशन राम गुरुङले गर्दैछन्

कानुन


निर्माण : मदनकुमार इङनाम, रामप्रसाद चोङ्बाङ र भीम चोङ्बाङ
निर्देशन/कथा : उदय सुब्बा
कलाकार : राजेश हमाल, निखिल उप्रेती, दीलिप रायमाझी, झरना थापा, अरुणिमा लम्साल, सुनिल थापा, दिनेश शर्मा
ब्यानर : जयश्री बुढासुब्बा फिल्म्स
संगीत : राजेशपायल राई
द्वन्द्व : एनबी महर्जन
नृत्य : दिनेश पाखि्रन
श्रेणी : एक्सन र ड्रामा
अवधि : २ घण्टा १८ मिनेट
बजेट : ३८ लाख

चलचित्रको शीर्षकबाटै स्पष्ट हुन्छ शुक्रवारदेखि उपत्यकामा रिलिज भएको नेपाली चलचित्र 'कानुन'मा कानुनकै कुरा गरिएको छ । यो चलचित्रमा कानुनको पालना गर्ने तथा कानुन उल्लघंन गर्नेबीचको द्वन्द्व छ । फिल्मले जनमुखि कानुनको वकालत पनि गरेको छ । करिब दुईवर्षअघि निर्माण भएको यो चलचित्रले ०६४ सालमा मोफसलमा प्रदर्शन भै झन्डै २५ लाख कलेक्सन गरिसकेको छ । कानुनबाहेक अस्थिर राजनीति र बेरोजगारीले मुलुकमा उत्पन्न गर्ने परिस्थितीबारे फिल्म बोलेको छ । विश्वज्योति, गंगा, अष्टनारायण लगायतका १४ सिनेमा घरहरुमा 'कानुन'को प्रदर्शन सुरु भएको छ ।

चलचित्रमा राजेश र निखिलको मुख्य भूमिका भएपछि दर्शकले द्वन्द्वका दृश्य अवश्य नै हेर्न चाहन्छन् । यो कुरा बुझेकाले होला एनबी महर्जनले द्धन्द्धका दृश्य पस्कन निकै मिहेनत गरेका छन् । चलचित्रमा राजेश हमाल कैदीका रुपमा छन् । चलचित्रमा एउटा नेताले एउटा सोझो युवालाई कसरी आतंककारी बन्न बाध्य तुल्याउँछ भन्ने यथार्थलाई पनि चित्रण गरिएको छ । चलचित्रमा राजनीतिक दाउपेचसँगै प्रेमप्रसंगहरु पनि जोडिएका छन् । निर्देशक उदय सुब्बाको यो पाँचौं फिल्म हो । यसअघि उनले 'तिम्रै लागि, लेखान्त, क्रान्ति, गुण्डाराज र क्यारेङ ग्याङ- २' निर्देशन गरिसकेका छन् ।

ऋचालाई फ्यानको प्रपोज


हिरोइन बनेपछि ऋचासिंह ठकुरीका फ्यानहरु निकै बढेका छन् । आफ्नो पहिलो चलचित्र 'नाइँ नभन्नु ल'ले यी काली नायिकाको चर्चा बढाइदिएको छ । कतिसम्म भने एकजना फ्यानले त ऋचालाई लभ प्रपोज नै गरेछन् ।'प्रपोज गर्नेहरु त धेरै थिए तर' फिल्म प्रमोसनका लागि शुक्रवार विराटनगर पुगेकी नायिकाले भनिन् 'एकजना फ्यानले त प्रपोज नै गर्नुभयो । जसलाई मैले प्रशंसकको सद्भाव र मायाको रुपमा स्वीकार गरें ।' ती फ्यानले नाइँ नभन्नु ल भन्दै प्रपोज गरे । प्रतिकि्रयामा ऋचा मुस्कुराइन मात्र ।

विराटनगर पुगेका ऋचा र हिरो जीवनलाई दर्शकले फूलमालाले स्वागत नै गरे । दर्शकहरुले चलचित्रको नाम नै उच्चारण गरेर ऋचासँग कुरा गर्दा रहेछन् । 'आग्रह नाइँ पनि भन्न नसकिने र टार्न पनि नसकिने हुँदो रहेछ' ऋचाले भनिन् 'त्यस्तो अवस्था मलाई नै पर्यो ।'
यतिबेला चलचित्रको प्रमोसनको दौडाहामा निस्किएकी ऋचा विराटनगरबाटै पोखरा, नारायणघाट, चितवन, पोखरा पुग्नेछिन् ।

नेताहरूको माझ 'नाई नभन्नु ल' को प्रिमियर


प्रदर्शन अगावै निकै चर्चा कमाउन सफल चलचित्र "नाई नभन्नु ल" को दोस्रो पटक प्रिमियर नेताहरू माझ गरिएको छ ।
बिहिबार बेलुकी चाबहिल स्थित गोपीकृष्ण हलमा काग्रेस नेताहरू डा. प्रकाश शरण महत, अर्जुननरसिह केसी साथै विभिन्न चलचित्रकर्मी तथा कालकारहरू माझ चलचित्रको रेड कार्पेट प्रिमियर गरियो । यस अघि गएको अप्रिलमा अस्ट्रेलियामा समेत रेड कार्पेट प्रिमियर भएको उक्त चलचित्र हेरेपछी अधिकाशं दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका थिए ।

हिमालयन फिल्सको ब्यानरमा रमेशजंग रायामाझीद्धारा निर्मित उक्त चलचित्रलाई विकास आचार्यले निर्देशन गरेका हुन । त्रिकोणात्मक तर वियोगान्त सो चलचित्रमा नायक जीवन लुइटेल, सुमन सिहँ तथा नायिका ऋचासिह ठकुरी मुख्य भूमिका देखिएका छन् ।
हिमाल केसीको द्धन्द्ध, कविराज गहताराको नृत्य, तथा शम्भु सापकोटाको छायाकंन रहेको सो चलचित्रमा गायक दिपक लिम्बु र रजिना रिमालको स्वरमा महेश खडकाले संगीत भरेका छन् ।