सातामै असी लाख


चलचित्र 'फस्टलभ'ले प्रदर्शनको पहिलो सातामै असी लाख रुपैंया कलेक्सन गरेको छ । निर्माणपक्षका अनुसार यो कलेक्सन नेपाली चलचित्रको व्यवसायिक इतिहासमा पहिलो हो ।
'पहिलो सातामै असी लाख कलेक्सन भएको छ' निर्माता तथा वितरक नरेन्द्र महर्जनले भने 'आगामी साता पनि फिल्मले कलेक्सनलाई पिकअप गर्नेछ ।' देशभरका चालिस हलमा अहिले 'फस्टलभ' प्रदर्शन भैरहेको छ ।
कूल ६० लाखमा फिल्म निर्माण गरिएको थियो ।यही गतिमा व्यवसायले पिकअप गर्ने हो भने लगानी उठ्ने बिन्दू टाढा छैन ।'होल्डओभर'लाई सजिलै आत्मसात गरेको 'फस्टलभ'ले दोस्रो हप्तामा पनि उत्साहजनक व्यापार गर्ने आशा गरिएको छ ।

नेपाली फिल्मको अर्थ-बजारमा बलिउडका एकाध फिल्मलाई व्यवसायिक चुनौति दिइरहेको 'फस्टलभ'ले तेस्रो साताबाट आलोक नेम्वाङको 'कोही मेरो' र विकास आचार्यको 'नाइँ नभन्नु ल'सँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
समर फिल्महरु फ्लप भैसकेकाले 'फस्टलभ'ले चलचित्रको ऋणात्मक बजारलाई उकास्ने आशा धेरैको छ । प्रायशः हिन्दी र अंग्रेजी फिल्म प्रदर्शन हुने क्वेस्टको मल्टिप्लेक्समा समेत 'फस्टलभ'ले राम्रो कलेक्सन गरिरहेको छ । 'फिल्मको रिभ्यू त राम्रो थियो आर्थिक रिभ्यू झनै राम्रो छ' अर्का निर्माता माधव वाग्लेले भने ।
'फस्टलभ'को सफलातित् ब्यापारको प्रभाव निर्माता तथा निर्देशकलाई मात्र परेन कि त्यसका कलाकार पनि यसबाट अछुतो रहेनन् । फिल्म पनि भटाभट रिलिज हुने र 'फस्टलभ'ले धनात्मक ब्यापार गरेपछि हिरो आर्यन सिग्देलले त आफ्नो मूल्य नै बढाइदिए । अन्य कलाकारलाई पनि फिल्मका लागि प्रस्ताव आइरहेको छ ।
फिल्मबाहेक 'फस्टलभ'को अडियो सिडीको व्यापार पनि राम्रो छ । झन्डै सातहजारभन्दा बढीले सीआरबीटी डाउनलोड गरिसकेका छन्

0 comments:

Post a Comment