आधुनिक माया-प्रेम


एक अनुसन्धानअनुसार ३० वर्षभन्दा कम उमेरका विवाहित मानिसहरू आफ्नो विवाहित जोडीसँग भन्दा बाहिर यौनसम्बन्ध राख्ने चाहना गर्छन् । यस्तो चाहना राख्नुको कारण विवाहको लामो समय वा उमेरको हद के हो भन्ने कुरा भने अझ प्रष्ट भएको छैन तर पनि सधै प्रश्न उठिरहने 'सात वर्षे पीडा' एउटा काल्पनिक तथा आफैभित्र भएको आफ्नै कथा जस्तो हो । यो सात वर्षे पीडा १९५५ मा बनेको एउटा चलचित्रको शीर्षक हो, जसमा मानिसले विवाहको सात वर्षपछि पनि अनौठो खालको शारीरिक सम्बन्धको चाहना राख्छन् भन्ने कुरालाई पुष्टि गरिएको छ । उक्त चलचित्र १९५२ भन्दा अघि प्रदर्शित फराकिलो बाटो शीर्षकको नाटकमा आधारित छ जसमा सात वर्षे पीडाको नामकरण लुतो भनेर गरिएको छ । उक्त नाटकमा प्रेम र यौनलाई लुतोसँग दाँजिएको छ ।

तथ्यांकअनुसार अमेरिकामा करिब ३-४ प्रतिशत विवाहित मानिसले आफ्नो जोडी बाहेक अरूसँग शारीरिक सम्पर्क राखेको बताए पनि करिब १६ प्रतिशतले यसलाई सकारात्मक भनी स्वीकार गरेका छन् । मनो वैज्ञानिक न्जामिन कार्नीका अनुसार सामान्यतया विवाहको प्रारम्भिक समय नै शारीरिक सम्बन्धका लागि अति उत्तम समय हो । त्यसपछि सम्बन्धमा मधुरता बढाउन साह्रै गाह्रो हुन्छ । त्यति बेला यो विचार खो टपूर्ण मानिएको थियो । किनभने त्यो सीमित जोडीको जीवनको केही समयमा मात्र आधारित निष्कर्ष थियो । लामो समयसम्म वैवाहिक बन्धनमा बाँधिएका जोडीहरू सफल प्रेमी र साँचो माया दिने भएर सफल भएका छन् ।

अनुसन्धानकर्ताहरूले विवाहित जोडीहरूलाई लामो समयसम्म नियाले, तिनीहरूको सन्तुष्टि यु आकारमा गएको पाइएन । साँच्चै भन्नुपर्दा यो एक दिनमै तल झर्‍यो र कहिल्यै त्यसभन्दा माथि जान सकेन । प्रायः विवाहित जोडीको सबैभन्दा गहिरो प्रेम जिन्दगीको सुरुमा र अन्तिममा देखापर्‍यो, यसलाई प्रेमको राम्रो पक्ष भन्नुपर्छ, यो झराइ सन्तुष्टिको माथिल्लो भागको साँघुरो ठाउँमा हुन्छ । यसमा १ देखि २० स्केलसम्म उल्लेख गरिएको छ जसमा २० धेरै सन्तुष्टिका लागि राखिएको छ, जोडीहरू १९ बाट सुरु हुन्छन् र १६ मा गएर अन्त्य हुन्छन् ।

राम्रो भाषा र सिष्ट बोलीचालीले माया बढ्छ । सम्बन्ध राम्रो बनाउने, राम्रो व्यवहारका साथ प्रस्तुत हुने र समस्याहरू एक-आपसमा खुला दिलले राख्नाले साधारण समस्याहरू छिटो र सहज रूपमा सुल्झन्छन् । यस्तो किसिमको सम्बन्धमा माया धमिलो हुन पाउँदैन भन्ने कुरा अर्का यौन विशेषज्ञ बार्टेल बताउँछन् ।

मस्तिष्कको रक्तकणमा पाइने सेरोटानिन पदार्थको कमीले गर्दा विभिन्न खालका रोग देखापर्छन् र वैज्ञानिकहरूका अनुसार किसेरोटानिन ले नै यस्तो खालको प्रेम रोग लाग्छ । प्रेमजालमा फस्नुको कारण पनि मानिसमा हुने हार्मोनको परिवर्तन हो । इटालीका अनुसन्धाकर्ताहरूले रक्तकणमा पाइने पदार्थ र प्रेम सम्बन्धको असरका सम्बन्धमा तुलनात्मक अध्ययन गरे र उनीहरूले मानिसहरूमा भएको हार्मोनको मात्रा हेरे जो भर्खरै प्रेममा परेका थिए अथवा जो लामो समयसम्मको सम्बन्धमा थिए र केही एक्लै थिए । तिनीहरूले के पाए भने महिलाहरू जो भर्खरै प्रेममा परेका थिए तिनीहरूमा टेस्टोस्टेरोन हार्मोनको मात्रा पुरुषमा भन्दा बढी थियो । पुरुष र महिला जो भर्खरै प्रेममा परेका थिए तिनीहरूमा धेरै मात्रामा मस्तिष्कको बाहिरी भागमा रहने हार्मोनको दबाब बढी पाइयो । अनुसन्धानकर्ताहरूले यिनै व्यक्तिहरूलाई दुई वर्षपछि जाँच गर्दा उनीहरूको हार्मोनको मात्रामा केही फरक देखिएन ।

बार्टेल भन्छन्- प्रेम सम्बन्धमा प्रेम भन्ने खण्ड विशेषगरी ६ देखि ८ महिनासम्म र कहिलेकाहँ ३ वर्ष लामो पनि हुन सक्छ तर पनि यो कुनै विन्दुमा गएर घट्छ । जसरी कुनै पनि मस्तिष्क धमिल्याउने औषधीले मानिसलाई घुमाउँछ ठीक त्यसैगरी मानिसमा पनि प्रेममा त्यस्तै किसिमको शक्ति प्राप्त हुन्छ । जसका कारण प्रेमको मात्रा घट्ने क्रम बढ्दै जान्छ ।

अरूसँग मिल्न सघाउने हार्मोनहरू

संवेदना सकिएपछि पनि त्यस्तो चीज बाँकी रहन्छ जसले मानिसलाई एक-अर्कासँग जोडिराख्छ । कुनै पनि विन्दुमा गएर त्यस्तो अनुराग निकटतामा परिवर्तन हुन्छ । त्यसपछि के कुरा भन्न सकिंदैन भने त्यहाँ कुनै प्रेम सम्बन्ध रहँदैन । मानिसहरू एक-अर्कालाई प्रेम गरिनै रहन्छन्, कुनै नयाँ तरिकाबाट तिनीहरू शारीरिक सम्बन्ध पनि राखिरहन्छन् । हार्मोनहरू नै सम्बन्ध नजिक बनाउन उत्तरदायी छन् जसलाई मनोवै ज्ञानिकहरू संलग्नता भन्छन् । अनुसन्धानले भन्छ, अक्सिटोसिन नामक हार्मोन तथा रक्तचाप बढाउने एक प्रकारको तत्त्वले न्यानोपन प्रदान गर्छ । यिनै हार्मोनहरूले आमा र शिशुको सम्बन्ध स्थायी राख्न प्रमुख भूमिका खेलिरहेको हुन्छ ।

सम्बन्धमा चिसोपन

यदि मानिसहरू साधारण जीव हुन्थे भने हार्मोनको प्रक्रियाले लामो समयसम्म भावुक सम्बन्धका सबै प्रसंगलाई बलियो राख्थ्यो । मानिस अब साधारण प्राणी रहेन र त्यस्ता जोडीहरू जो पहिले स्थायी थिए अब तिनीहरू टुक्रिन र अरू नयाँ व्यक्तिहरूको खोजी गर्न थालिसकेका छन् । प्रेमबाट सुरु भएका सम्बन्धहरू टुट्न पनि सक्छन् । प्रेममा चिसोपन आउने मुख्य कारण प्रेमीहरू आफ्नो मायालुका कुनै पनि भूल सुन्न र मान्न तयार हुँदैनन् र तिनीहरू माफी पनि दिन सक्दैनन् । फलस्वरूप प्रेममा विश्वास हराउँदै जान्छ, उनीहरू एक-अर्काबाट टाढा हुँदै जान्छन् अनि प्रेमको रौनक पनि समाप्त हुन्छ ।

0 comments:

Post a Comment