राजेश हमाल र कोमल वली सदभावना राजदूत


काठमाडौं, श्रावण २३ - नायक राजेश हमाल र गायिका कोमल ओलीलाई एयर एम्बुलेन्स र खाद्य बैंकको स्थापनार्थ सदभावना राजदूत घोषणा गरिएको छ ।

स्वास्थ्यका लागि खाद्यान्न नेपाल र प्राकृतिक प्रकोप राहत कोष नामक गैरसरकारी संस्थाले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नायक राजेश र गायिका कोमललाई संस्थाकी अध्यक्ष पार्वती केसीले सद्भावना राजदूत घोषणा गरेकी हुन् ।

प्राकृतिक प्रकोपमा परेका मानिसलाई त्ात्काल उद्धार गर्नका लागि एयर एम्बुलेन्स र खाद्य बैंकको स्थापनाको लागि सहयोग जुटाउन उत्प्रेरित गर्न कलाकारद्वयलाई संस्थाले सद्भावना राजदूत घोषणा गरेको अध्यक्ष केसीले बताइन् ।

सो अवसरमा गायिका कोमलले प्राकृतिक प्रकोपमा परेका मानिसको उद्वारका लागि राज्यको प्रभावकारी भूमिका नदेखिएको उल्लेख गर्दै सप्तकोशी पीडितका लागि गरिएको चन्दा सङ्कलनसमेत सरकारले पारदर्शी तरिकाले वितरण गर्न नसकेको बताइन् ।

प्राकृतिक प्रकोपमा परेका मानिसलाई तत्काल उद्धार गर्न लागि २०६६ भदौ १७ गतेदेखि यो अभियान सञ्चालन हुँदै आएको छ ।

0 comments:

Post a Comment