कमल कृष्णले गरे निखिलको डबिङ


काठमाडौं/ नेपाली फिल्मप्रेमी दर्शकले नायक निखिल उप्रेतीको मुखबाट संगीतकार तथा अभिनेता कमल कृष्णको स्वर सुन्न पाउने भएका छन् । सुमन दाहालको निर्देशनमा निर्माणाधीन फिल्म मन परेपछिमा निखिलको डबिङ कमल कृष्णले गरेका हुन् ।

नायिका सञ्चिता लुईंटेलसँग दोस्रो बिहे गरी मुम्बई बसेकाले निखिल नेपाल आउन नमान्ने र उनलाई भेट्न मुम्बई गए पनि अनेक बहाना बनाएर समय नदिएकाले मन परेपछि युनिटले बाध्य भएर उनको डबिङ कमलकृष्णबाट गराएको हो । यो फिल्मका निर्माता आफ्नो फिल्मका नायक निखिलको स्वरमै डबिङ गराउनका लागि प्रयत्नरत थियो । 'हामी निखिलजीलाई भेट्न कहिले मुम्बई पुग्याँै त कहिले

सिक्किम । तर, अनुकूल वातावरण नै मिलेन,' निखिलकै स्वरमा डबिङ गर्न चार महिना प्रयास गरेको बताउँदै फिल्मका निर्देशक सुमनले भने, 'चार महिनासम्म उनकै स्वरमा डबिङ गर्नका लागि अनेक प्रयास गर्‍याँै । तर, सफल भएनौँ । अन्ततः फिल्म अड्काइराख्नुभन्दा काम सिध्याउनु उचित लागेर उनको स्वर म्याच हुने मान्छे खोजेर डबिङ गर्‍याँै ।'

निर्देशक सुमनले नायक निखिल र संगीतकार-अभिनेता कमल कृष्णको बोलीमा भारतीय लवज आउने भएकाले 'उस्तै लागेर' डबिङ गराएको बताए । उनले भने, 'डबिङ म्याच छ । कुनै कुनै संवादमा फरक लाग्न सक्छ, तर दर्शकलाई यो कुरा हेक्का हुँदैन ।' कमल कृष्णबाट निखिलको डबिङ गराउन झन्डै १६ घन्टा लागेको उनले बताए ।

निखिलको डबिङ गराउनका लागि फिल्म निर्माण युनिट सदस्य उनलाई भेट्न मुम्बईसम्म पुगेका थिए । पछि निखिलले आफू कसम फिल्मको सुटिङका लागि सिक्किम आउने भएकाले 'त्यही डबिङ गराँैला' भनेकाले निर्माता दीपक रमण हार्ड डिस्क बोकेर सिक्किम नै पुगेका थिए । तर, त्यहाँ पनि उनको डबिङ गराउने अनुकूलता नमिलेपछि उनीहरू फेरि मुम्बई नै पुग्ने योजनामा थिए । निखिलले पटक-पटक कुरा फेर्न थालेपछि निर्माणपक्ष निखिलको विकल्प खोज्न बाध्य भएको थियो ।

जसोतसो 'निखिलको डबिङ' सिध्याए पनि निर्देशक सुमन तनाबमुक्त भने हुन सकेका छैनन् । हाल अमेरिकामा रहेका अर्का नायक रमित ढुंगानाको डबिङ कसरी

गर्ने ? भन्ने तनाब कायमै छ । 'रमितसँग फोन सम्पर्क भइरहेको छ । हरेक वार्तामा अर्काे साता आउँछु, भन्छन् । यस्तो भन्न थालेको धेरै भयो,' दिक्दारी पोख्दै सुमनले भने, 'अर्काे सातासम्म पनि रमित आएनन् भने अरू नै कोही कलाकारबाट उनको डबिङ गराउनुपर्ला । अब धेरै कुर्न सकिन्न ।'


'निखिल आउँछन्’

काठमाडांै/ कहाँ छौ कहाँका निर्माता तथा नायक गोविन्द शाहीले आफ्नो नयाँ फिल्म संसार आफ्नैमा खेल्नका लागि नायक निखिल उप्रेती १४ भदौमा काठमाडांै आउने दाबी गरेका छन् ।

७ भदौबाट सुटिङ सुरु हुने बताइएको संसार आफ्नै रञ्जित रानाको निर्देशनमा बन्दै छ । 'नेपालमा हिरोको अभाव भयो । निखिलजस्तो प्रतिभाशाली कलाकार पलायन हुनु हुन्न,' निर्माता गोविन्दले भने, 'उनीसँग मेरो कुरा भएको छ । मेरो फिल्म खेल्न उनी आउँछन् । हामीले सबै तयारी गरेका छाँै ।'

आफ्नो निजी जिन्दगीमा निखिलले जे गरे पनि नेपाली फिल्म उद्योगका लागि उनी हितकार रहेको निर्माता गोविन्दको ठम्याइ छ । 'यहाँ नायकको अभाव भएको छ । दर्शकले चिन्न पनि हम्मे-हम्मे पर्ने नयाँ आएका भाइ हिरोहरूले समेेत छोइनसक्नुको पारिश्रमिक माग्न थालेका छन् । निखिलजस्तो नायक त्यसै हराउनु हुन्न । त्यसैले उनलाई लिएको हुँ,' उनको भनाइ छ ।

निखिल केही साताअघि पूर्वको झापामा कसम फिल्मको सुटिङ गरेर पुनः मुम्बई फर्किएका थिए । नेपाल फर्किएर पुनः पहिलाजस्तै फिल्म खेल्न चाहेको भए पनि नायिका सञ्चिता लुईंटेलसँगको दोस्रो बिहे र त्यसबाट उत्पन्न पारिवारिक झमेलाका कारण उनी काठमाडांै आउन हिच्किचाइरहेका छन् 

0 comments:

Post a Comment