'फस्ट लभ' मा पनि हिन्दी चलचित्रको गन्ध


नेपाली चलचित्रमा बिदेशी चलचित्रको गन्ध आएन भने त्यो चलचित्र पूर्ण नहुने पक्का पक्की जस्तै भएको छ । नेपाली चलचित्रको नाम, कथाबस्तु, गीतसंगीत, प्रस्तुती सबैमा बिदेशी चलचित्रको गन्ध आउँछ । पछिल्लो समयमा युवाबर्गले निकै आश गरेको चलचित्र 'फस्ट लभ' पनि त्यो गन्धबाट अछुतो रहन सकेन ।

'फस्ट लभ' का कोरियोग्राफर शंकर बिसीले लाजै पचाएर हिन्दी चलचित्र 'जाने तु या जानेना' को 'नजरे मिलाना'''' बोलको गीतको कोरियोग्राफीलाई आफ्नो चलचित्रमा स्थान दिएका छन् । 'फस्ट लभ' को 'बाइरोडको बाटोमा...' को कोरियोग्राफी 'जाने तु या जानेना' को 'नजरे मिलाना...' बोलको गीतको कोरियोग्राफीसँग मिलेको छ । यद्दपि चलचित्रका पटकथाकार प्रचण्ड श्रेष्ठले भने यसलाई एउटा संयोग मात्र भएको दाबी गरेका छन् । चलचित्रका निर्माता माधव वाग्लेले पनि आफ्नो चलचित्र बिशुद्व नेपाली चलचित्र भनेर पन्छिन खोजे ।
यता चलचित्रका नायक कर्मले 'फस्ट लभ' को आफ्नो भुमिका नेपाली चलचित्र 'सानो संसार' मा गरेको भुमिकासँग केही हदसम्म मिल्न गएको खुलासा गरेका छन् । यस चलचित्रमा कर्म आफूलाई मन परेको केटीलाई प्रेम प्रस्ताव राख्न नसक्ने युवकको चरित्र निर्वाह गरेका छन् । यस अघि नै उनी आलोक नेम्वाङले निर्देशन गरेको चलचित्र 'सानो संसार' मा सोही चरित्रमा प्रस्तुत भईसकेका छन् ।
यसरी आश गरिएका चलचित्रहरूमा पनि बिदेशी चलचित्रको गन्ध आउन थालेपछि नेपाली चलचित्र प्रेमी दर्शकहरूले कहिले राम्रो र शुद्व नेपाली चलचित्र हेर्न पाउने ?

0 comments:

Post a Comment