रिजर्भ चाहन्छन् आर्यन


एकाएक नम्बर वन हिरो बन्न थालेपछि आर्यनले 'रिजर्भ' जीवनशैली अपनाउन थालेका छन् । नेपाली चलचित्रमा बरिष्ठ अभिनेता राजेश हमाल 'रिजर्भ' शैली अपनाउने नायकका रुपमा चिनिन्छन् । त्यो शैली अब आर्यनतिर 'ट्रान्सफर' भएको छ ।रिजर्भ बन्न चाहेको कुरालाई आर्यन स्वयमले पनि स्वीकारे । 'रिजर्भ' बन्नु त सेलिव्रेटीको आवश्यकता नै हो' आर्यन भन्छन् 'मेरो आफ्नै दुनियाँ छ र मैले खोजेको पनि यही हो ।' यी महङ्गा नायक रिजर्भ बन्न लागेका संकेतहरु पहिल्यैदेखि देखिन थालेका थिए । जस्तो : उनी पछिल्लो समय कमै सामाजिक हुन थालेका छन् । सकभर फोन रिसिभ गर्दैनन् । औपचारिक कार्यक्रममा जाँदैनन् । आफूले अभिनय गरेका फिल्मको प्रमोसनमा पनि उनको उपस्थिती हुँदैन । बढि नै अन्तर्मुखी हुन थालेका छन् ।
एकाएक महंगा हिरो बनेपछि आर्यनको रिजर्भ बढेको छ । खास समारोह तथा पि्रमियरबाहेक आर्यनलाई भेटाउन मिडियाले पनि सक्दैनन् । नायिकाहरुमा 'रिजर्भ' प्रवृत्ति नभएपनि एकाध हिरोहरुमा यो व्यक्तिगत टे्रन्डको सुरुवात हुन थालेको छ

0 comments:

Post a Comment