हृयाप्पी बर्थडे अरूणिमा


नायिका अरूणिमा लम्साल आज देखी २९ बर्षकी भएकी छिन् । २०३८ साल भदौ ४ गते बिराटनगरको कोशी अञ्चल अस्पतालमा जन्मिएकी नायिका लम्साल आफ्नो जन्म दिन मनाउन आज काठमाण्डौ र्फकदै छिन् ।
चलचित्र 'बजार' को सुटिङको लागि ९ दिन अघि जोमसोम पुगेकी नायिका लम्साल शुक्रबार बिहान १० बजेको समयमा पोखरामा थिइन् । टेलिफोनबाट जानकारी दिदै लम्सालले भनिन् "अबको केही समयपछी काठमाण्डौ आउँदै छौ ।"

बर्थडेको मनाउने त्यस्तो कुनै तयारीमा नरहेको भन्दै लम्सालले काठमाण्डौ आईपुगेपछी भने सायद सेलिब्रेट गर्न सकिने सम्भावना रहेको बताईन् । बर्थडेको लागि त्यस्तो केही नसोचिएको भन्दै उनले 'पहिला काठमाण्डौ पुगौ अनि त्यसपछी सेलिब्रेट गर्न कति बेर लाग्छ र' भन्दै जवाफ दिइन् ।
यदि तपाई नायिका अरूणिमा लम्साललाई जन्मदिनको शुभकामना दिन चाहानु हुन्छ भने तलको कमेन्ट बक्समा गएर शुभकामना दिन सक्नु हुन्छ । नायिका अरूणिमा लम्साललाई द नेपाल~रोमानिया डटकमको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना

0 comments:

Post a Comment